Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

जन्मगाउँका भूकम्पपीडितलाई प्रवासीकाे २६ लाख

फलेवास (पर्वत), रोजगारीकाे सिलसिलामा लामो समयदेखि प्रवासमा रहेका यहाँका एक प्रवासीले आफ्नो जन्मगाउँलाई सम्झेर २६ लाख रूपियाँ पठाएका छन् । विनाशकारी भूकम्पले आफू जन्मेहुर्केको गाउँ तहसनहस पारेको खबर पाएपछि पर्वतको ठूलीपोखरी गाविस– १ का भवानीशङ्कर सापकोटाले नगद २६ लाख पठाएका हुन् ।

विगत डेढ दशक अघिदेखि अमेरिकामा रहेका सापकोटा र उनकी श्रीमती स्विना सापकोटाले आफूले कमाएको र अमेरिकामा रहेका गाउँवासी दाजुभाइ–दिदीबहिनीको सहयोगमा रकम सङ्कल गरी पठाएका हुन् ।

उनले टेलिफोनमार्फत सहायता रकम सबै पीडितसमक्ष समान रुपले वितरण गर्न आग्रह गरेका छन् । सापकोटाले पठाएको उक्त रकम ठूलीपोखरी गाविसका १ सय ७० परिवार, छ वटा विद्यालय र एक मन्दिरलाई प्रदान गरिएको छ । त्यस्तै, वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाएका गाविसका दुई जना मृतकका परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरिएको छ ।

भूकम्पमा परी ज्यान गुमाएका ठूलीपोखरी– १ का नायब सुब्बा भाष्कर सापकोटा र ठूलीपोखरी– ८ का प्रहरी नायब निरीक्षक गोपाल पौडेलको परिवारलाई नगद दुई लाख ५० हजारको दरले राहत वितरण गरिएको छ । पौडेल प्रहरी नायब निरीक्षक पदमा कार्यरत थिए ।

सापकोटाले बाल्यकालमा अध्ययन गरेको ठूलीपोखरी– १ मा रहेको भूकम्पले क्षतिग्रस्त त्रिभुवन निम्न माध्यमिक विद्यालयको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि पाँच लाख रूपियाँ समेत प्रदान गरेका छन् ।

यसैबीच, पर्वतको बाजुङका भूकम्पपीडितलाई विभिन्न संस्थाले नगद र जस्तापाता सहयोग गरेका छन् । मिलन फाउन्डेसन पर्वत, पर्वत बाजुङ सेवा समिति दोहा कतार र बाजुङ्ग –पोखरा सम्पर्क समितिले दुई दर्जन पीडित परिवारलाई नगद र जस्तापाता सहयोग गरेका हुन् । तीन वटा संस्थाले बाजुङ गाविसका २४ भूकम्पपीडित परिवारलाई जस्तापाता र १० परिवारलाई ९ हजारका दरमा नगद सहयोग गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending