Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यमराजले पनि खोस्न सकेन जीवन, थाहा पाउनुस् मृत्युमाथि विजय पाउने १० व्यक्ति

कोही पनि बच्ने आशा नगरेको घटनामा कोही न कोही चामत्कारीक ढङ्गले बाँचेको घटना त हामीमध्ये धेरैले देखेका वा सुनेका छौँ । प्राकृतिक वा मानवसिर्जित यस्ता भयानक दुर्घटनामा लाखौं मानिसहरु मर्ने आशंका गरिए पनि कसैलाई भने सानो चोट पनि लागेको हुँदैन । यस्तो अवस्थाबाट बाँचेका मानिसहरुलाई धेरै मानिसहरुले थुप्रै टिका–टिप्पणी गर्ने गर्दछन् । कसैले त्यस्ता व्यक्तिहरु भाग्यमानी भएका कारण बाँचेको भन्छन् भने कोही भने भगवानले पुकार सुनेका कारण मृत्युको मुखबाट बचेको भन्न पछि पर्दैनन् । आज हामी तपाईंलाई यस्तै १० व्यक्तिको बारेमा बताउँदै छौं जो मृत्युको मुखबाट बच्न सफल भएका छन् । \"2१. रोय सी सुलीवेनमाथि सातपटक बज्रिएको थियो चट्याङः रोय सी सुलीवेन संसारका एकमात्र व्यक्ति हुन् जसले एकपटक होइन, सातपटक मृत्युमाथि विजय प्राप्त गरे । सुलीवेनलाई सन् १९४२ देखि १९७७ को बीचमा सातपटक चट्याङ लागेको थियो । तर ती सातै पटक उनलाई केही पनि भएन । सुलीवेनको नाममा सबैभन्दा बढि चट्याङ लागेको मानिसको रुपमा विश्व रेकर्ड कायम छ । \"3२. वेस्ना वुलोविक ३३ हजार फिटको उचाईबाट खसिन्ः मानिसहरु २० फिटको उचाईबाट खस्दा बाँच्ने सम्भावना कम हुन्छ तर वेस्ना ३३ हजार फिटको उचाईमा रहेको विमानबाट खस्दा पनि बच्न सफल भएकी थिइन् । हवाईजहाजकी फ्लाइट अटेन्डेन्ट २२ वर्षीया वेस्नाको विमान सन् १९७२ मा ३३ हजार फिटको उचाईमा दुर्घटनाग्रस्त भयो । प्लेनमा सवार सबै व्यक्तिहरुको आकाशमा नै मृत्यु भयो तर वेस्ना धर्तीमा खसिन् । यो दुर्घटनामा उनको दुबै खुट्टा भाँच्चियो, टाउकाको हड्डी पनि भाँच्चियो । मेरुदण्ड तीन टुक्रा भयो । उपचारको क्रममा उनको कम्मर मुनीको पूरा भाग पक्षघात भयो तर बाँच्न भने सफल भइन् । वेस्नाको नाममा संसारको सबैभन्दा अग्लो उचाईको फ्रिफलको विश्व रेकर्ड छ । \"4३. मलाला यूसफजईको टाउकोमा लागेको थियो गोलीः मानिसको शरिरको कुनै पनि भागमा गोली लाग्दा पनि मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ तर पाकिस्तानकी मलालाको टाउकोमा गोली लाग्दासमेत मृत्युले उनको केही बिगार्न सकेन । सन् २०१२ मा विद्यालय गइरहेकी मलालालाई तालिबानी आतंककारीले टाउकोमा गोली हानेका थिए तर उनी बाँच्न सफल भइन् । महिला शिक्षालाई बढावा दिनुपर्छ भन्दै वकालत गर्दै हिँडेकी मलालाको यो कदम तालिबानी आतंककारीलाई मन परेन जसका कारण उनीहरुले मलालमाथि गोली प्रहार गरे । \"5४. रश्मा बेगम १७ दिनपछि भग्नावशेषबाट जिउँदै निकालिइन्ः ढाकाको एक कारखानामा काम गर्ने रश्मा वेगम मृत्युमाथि विजय प्राप्त गर्ने महिलामध्येकी एक हुन् । राना प्लाजा नामक एक कारखानामा १९ वर्षीया रश्मासमेत हज्जारौं मानिसहरु काम गर्दथे । एक दिन अचानक कारखानाको भवन ढल्यो जसमा ११ सय मानिसहरुको मृत्यु भयो । रेस्क्यु अपरेसनको क्रममा १७ दिन पछि भग्नावशेष हटाउने क्रममा रश्मा बेगमलाई जिउँदै निकाल्दा त्यहाँ उपस्थित सबै चकित भए । \"6५. जोस सल्वाडोर १३ महिनासम्म अन्जान समुन्द्रमा तैरिरहेः सल्वाडोर सन् २०१४ को जनवरीमा मार्शल आइसल्याण्डमा डुङ्गासहित हराएका थिए । हराएको महिनौं दिनसम्म सम्पर्कमा नआएपछि उनलाई परिवार र आफन्तजनले मृत सम्झिए तर चमत्कार त्यतिबेला भयो जब त्यसको १३ महिनापछि उनी जिउँदै फर्किए । सल्वाडोर आइसल्याण्डमा माछा मारिरहेका थिए तर प्रसान्त महासागरमा आएको हावाहुरीका कारण उनको डुङ्गा दिशा परिवर्तन गरेर त्यतै हानियो । साल्वाडोर त्यहि टुटेफुटेको डुङ्गामा सवार भइरहे र ८ हजार ४७ किलोमिटर यात्रा गरेर मेक्सीकोको तटमा पुगे । त्यहाँका माझीले उनलाई देखेपछि उनको उद्धार गरे । साल्वाडोरले आफ्नो यो कठिन समयमा माछा, पंक्षी, कछुवासहित आफ्नै पिसाव, पंक्षीको रगत र आकाशको पानी पिएर आफूलाई जिउँदो राखे । \"7६. बेन कारपेन्टरलाई ७ किलोमिटरसम्म घिसारेको थियो ट्रकलेः पाउ पाउ शहरमा ह्विलचेयरमा बसेर बाटो काट्ने क्रममा उनी ट्राफिक लाइटमा रोकिए । त्यति नै बेला उनको पछाडि एक ट्रक आयो र रोकियो । आफ्नो अगाडि ह्विलचेयरमा कोही मानिस छ भन्ने ट्रकका चालकले पत्तै पाएनन् । समय भएपछि ट्रक त्यहाँबाट दौडियो । त्यसपछि जे भयो त्यो देखेर धेरै मानिसको होस् उड्यो । ८० किलोमिटर प्रतिघण्टाको गतीमा दौडिरहेको उक्त ट्रकको अगाडि ह्विलचेयरमा बसेका बेन पनि त्यहि गतीमा ७ किलोमिटरसम्म घिसारिए तर उनलाई भने केही भएन । \"8७. सुतिरहेकी एन हग्समाथि आकाशबाट खस्यो आपत्ः अन्तरिक्षबाट जब कुनै ढुङ्गा धर्तीमा खस्छ तब कुनै समयमा त्यस वरिपरिको घरसमेत ढल्ने गर्दछ । यस्तै दुर्घटना हग्समाथि बर्सियो । यो घटना सन् १९५४ को हो जब अल्बामाको सिलाकौगामा बस्ने हग्स आफ्नो घरको जुन कोठामा सुतिरहेकी थिइन् त्यहाँ अन्तरिक्षबाट ४ किलोको ढुङ्गा खस्यो । ढुङ्गाको गती यति तीव्र थियो कि यसले घरको छतलाई छेडेर काठको बक्समा राखेको रेडियोमा बज्रिँदा धुलोपिठो भयो । रेडियो र हग्स निकै कम दुरीमा थिए । घटनामा हग्सको पेटमा चोट लागेपनि उनी बाँच्न भने सफल भइन् । \"Phineas-Gage-1433567574\"८. गेगको टाउको वारपार भएको थियो फलामको डण्डीः यो घटना सन् १८४८ को सेप्टेम्बर १३ तारिकको हो । रेलवेमा कार्यरत गेगले एउटा प्वालमा गन पाउडर, फ्युज र माटो भरेर डण्डीमार्फत मर्मत गरिरहेका थिए । यही क्रममा गन पाउडरमा आगो लाग्यो र बिस्फोट भयो । बिस्फोटको क्रममा फलामको डण्डी उनको कानदेखी टाउकोको माथिल्लो भागबाट निस्कियो । उनी आफैं पनि बिस्फोटस्थलभन्दा ३० यार्डको दुरीमा फ्याँकिए । होस् आएपछि उनी आफैं अस्पताल गए जहाँ उनको टाउकोमा घुसेको डण्डी निकालियो । मृत्युलाई माथ दिने गेगको खोपडीको नमुना आज पनि बोस्टन के वारेन एनाटमिकल म्युजियममा राखिएको छ । \"9९. पीटर स्काइलबर्गले बरफमा गाडिएको कारमा बिताए ६० दिनः यो घटना स्विडेनको उत्तरी क्षेत्रको हो जहाँ सन् २०१२ मा दुई स्नोमोबाइलर्सले बरफमा गाडिएको एउटा कार देखे । तर जब उनले कारको नजिक गएर देखे तब उनीहरुको होस् उड्यो । कारमा रहेका पुरुष थिए, उनीहरुको होस् उड्नुका कारण । ती व्यक्ति पीटर थिए जो पछिल्लो ६० दिनदेखी त्यहाँ कैद थिए । \"10१०. ७ वर्षकी एलेक्सिसलाई ७ गोलीः डेटायटको एक विद्यालयमा पढ्ने एलेक्सिस जब ७ वर्षकी थिइन् तब उनीमाथि जुन घटना भयो त्यसले धेरै मानिसको आङ सिरिङ्ग बनाउँछ । एकदिन उनकी आमाका पूर्वप्रेमीले उनलाई र उनकी आमालाई बन्दुक देखाएर एउटा कारमा बसाले । त्यसपछि एलेक्सिसकी आमालाई हातमा र टाउकोमा गोली ठोके । यो देखेर एलेम्सिस हमला गर्ने व्यक्तिमाथि झम्टिँदै आमाको अगाडि आइपुगिन् । यसै क्रममा ती व्यक्तिले उनलाई ७ गोली हाने र भागे । यद्यपी यति हुँदा हुँदै पनि एलेक्सिस र उनकी आमाको ज्यान बाँच्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies