Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

पिक एन्ड ड्रप : ट्राफिक जाममा कमी यात्रुलाई असहज

काठमाडौं । महानगरपालिकाले राजधानीका केही सवारी रुटमा ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको छ । महानगरको सो नियमलाई ट्राफिक प्रहरीले कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । विगतमा काठमाडौंका सडकमा जहाँ मन लाग्यो, त्यहीँ यात्रु टिप्ने र गाडी चढ्ने प्रवृत्तिमा कमी आएको छ । महानगरको यस्तो नियमले सास्ती व्यहोर्नुपरेको भन्दै तीन–चार दिन भृकुटीमण्डपको सडकमा यात्रु र ट्राफिक प्रहरीबीच झडपसमेत भयो । तर, ट्राफिक प्रहरीले यो नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याएकाले अहिले यात्रुहरू निश्चित ठाउँमा बसेर गाडी चढ्ने गरेका छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - ‘पिक एन्ड ड्रप’ले यात्रुलाई केही असहज भए पनि निजी तथा अन्य सवारीसाधन चलाउनेलाई भने सहज भएको छ । ट्राफिक जाम केही कम भएकाले अलि चाँडै गन्तव्यमा पुग्न थालेका छन् । अस्पताल जाने बिरामी मर्कामा कान्ति बाल अस्पतालबाट छोरीको स्वास्थ्य जाँच गरी रत्नपार्क हुँदै चाबहिल जान हिँडेकी चितवनकी शान्ति चौधरीलाई बसले सुन्धारामा ओरालिदियो । सदाझैँ रत्नपार्कमा ओर्लेर भृकुटीमण्डपबाट बस चढेर चाबहिल जाने सोच बनाएकी उनले सुन्धाराबाट भृकुटीमण्डपसम्म बच्चा बोकेर हिँडेर आउनुप-यो । पाठेघरसम्बन्धी समस्याबाट पीडित उनी ओम अस्पताल जान लागेकी थिइन् । ‘पाउनसम्म दुःख पाइयो । किन यसरी हिँडाएको होला ?’ थकित देखिएकी उनी भन्दै थिइन् । सिंहदरबारबाट लैनचौर जान हिँडेका श्याम नेपालीले भृकुटीमण्डपमा आधा घन्टा बस कुरे । त्यो रुटका कुनै बस पनि त्यहाँ नरोकिएपछि जब उनले ट्राफिक प्रहरीसँग बुझे, तब मात्र थाहा पाए, बस चढ्न सुन्धारा पुग्नुपर्छ । यी त प्रतिनिधि पात्र मात्रै हुन् । अधिकांश यात्रुले १ पुसदेखि टुँडिखेलआसपासका क्षेत्रमा लागू भएको ‘पिक एन्ड ड्रप’का कारण सास्ती भोग्दै आइरहेका छन् । सार्वजनिक सवारीले टुँडिखेलआसपास यात्रु पर्खन नपाउने गरी ओराल्ने र चढाउने ‘पिक एन्ड ड्रप’ नियमले यात्रुले सास्ती व्यहोर्नुपरेको छ । एउटा सवारीसाधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएको र इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस्ता समस्यामा कम गर्न भन्दै काठमाडौं महानगरपालिकाले यो व्यवस्था लागू गरेको हो । पहिलो चरणमा हाल विभिन्न ११ वटा रुटमा यो व्यवस्था लागू भएको छ । जसअनुसार एक सवारीसाधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । यो व्यवस्था अब सबै रूटमा लागू गर्ने तयारीसमेत भइरहेको छ । जाममा गाडी चढ्ने होड गाडी चढ्न हिँड्नुपर्ने बाध्यता भएपछि यात्रुले जाममै गाडी चढ्ने गरेका छन् । यो व्यवस्था लागू भएको रुटमा जाम परेको अवस्थामा दौडिएर गाडी चढ्ने होड नै चल्ने गरेको छ । हिँड्नुभन्दा जाममा बस चढ्नु निको भन्दै यात्रुमा यस्तो होड देखिएको छ । जाममा गाडी चढ्न सडकबार नै नाघेर जाने अवस्थासमेत निम्तिएको छ । जसले दुर्घटनाको सम्भावना बढाएको छ । तर, ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त भने यो व्यवस्थाका कारण जाम कम भएकाले त्यो सम्भावना नरहेको बताउँछन् । जाम घटेको दाबी ‘पिक एन्ड ड्रप’ लागू भएपछि सडकको भद्रगोल जाम कम भएको ट्राफिक प्रहरीको दाबी छ । ‘जाम घटाएको छ । सबै गाडी प्रतिस्पर्धा गर्दै एकै ठाउँमा आएर रोक्ने, यात्रु पर्खने कारण जाम हुने र दुर्घटनाको सम्भावना बढी थियो । अहिले त्यो कम भएको छ,’ पन्तले भने । यसले गर्दा सडक अनुशासन कायम भएको उनको भनाइ छ । प्रचार–प्रसारको कमी प्रचार–प्रसारको अभावमा धेरैले सास्ती व्यहोर्नुपरेको छ । खासगरी बालक, वृद्ध र अपांगता भएकालाई समस्या बढी हुने गरेको छ । ‘प्रचार–प्रसारको कमी देखिएको छ । अशक्तहरूलाई हामीले सबै ठाउँमा चढ्न सक्ने व्यवस्था गरेका छौँ,’ पन्तले भने, ‘सबैमा घरअघि नै गाडी चढ्न पाउनुपर्छ भन्ने मान्यता छ । सोही कारण सास्ती भयो भनिएको हो ।’ महानगरपालिकालाई ‘पिक एन्ड ड्रप’ लागू भएकोबारे ठूलो बोर्ड राख्न ट्राफिक प्रहरीले आग्रह गरिरहेको छ । एसएसपी वसन्त पन्त प्रमुख, ट्राफिक प्रहरी महाशाखा ‘पिक एन्ड ड्रप’ लागू भएपछि सडकको भद्रगोल जाम कम भएको छ । सबै गाडी प्रतिस्पर्धा गर्दै एकै ठाउँमा आएर रोक्ने, यात्रु पर्खने कारण जाम हुने र दुर्घटनाको सम्भावना बढी थियो । अहिले त्यो कम भएको छ । सास्ती होइन, सुविधा : काठमाडौं महानगर यो व्यवस्थाले यात्रुलाई सास्ती नभएर सुविधा दिएको महानगरपालिकाले जनाएको छ । ‘सुविधा दिनकै लागि यो व्यवस्था लागू गरेका हौँ । लामो जाममा पर्नुभन्दा केही मिनेट हिँडेर गाडी चढ्न पाउनु पनि सुविधा नै हो,’ काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘वाकिङ डिस्ट्यान्स बढीमा १५ मिनेट छ, जुन धेरै होइन ।’ जहाँ पायो त्यहीँ गाडी रोक्ने समस्याले भद्रगोल अवस्था रहेको र त्यो अहिले अन्त्य भएको महानगरको दाबी छ । ‘सुरुमा यसले सास्ती भयो होला । बानी लागेपछि भने यसले सबैलाई सुविधा नै पु-याउँछ,’ उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending