पौष २९ गते, २०७५ आइतवार 13th January, 2019 Sun०६:४५:५६ मा प्रकाशित
काठमाडाैं । कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरूले सदस्यहरूलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ । पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २० लाख मात्रै थपिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - ‘हामीले सुरुमा १ करोड खर्चको आकलन गरेका थियौँ । बैठक तीन दिन लम्बिए पनि २० लाख मात्रै बढी खर्च भएको प्रारम्भिक हिसाब छ,’ कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले भने, ‘नेताहरूले व्यक्तिगत रूपमा खाना खुवाउँदा पार्टी कोषको ७० लाख ४० हजारभन्दा बढी जोगिएको छ ।’
सात शीर्ष नेताहरूले निजी खर्चमा हरेक दिन पालैपालो रात्रिभोज गरेका थिए । कांग्रेसले महासमिति सुरु हुनुअघि नै सदस्यहरूलाई बिहानको खाना मात्रै खुवाउने सूचना गरेको थियो । बेलुकाको खानाको व्यवस्था आफैँ गर्नुपर्ने भनिएको थियो । तर, नेताहरूले व्यवस्था गरेपछि सदस्यहरूलाई सजिलो भयो । केही नेताहरूले पार्टीमा प्रभाव र शक्ति देखाउन नेताहरूले व्यक्तिगत खर्चमा खाना खुवाएको भन्दै असन्तुष्टि जनाए, बहिस्कारसमेत गरे । झन्डै एक हजार ६ सय सहभागी बैठक २८ मंसिरमा सुरु भई ६ पुसमा सकिएको थियो । २९ मंसिरदेखि ४ पुससम्म पार्टी प्यालेसमा र ५ पुसदेखि ८ पुससम्म पार्टी कार्यालय सानेपामा बैठक चलेको थियो ।
यी हुन् रात्रिभोज दिने सात नेता
सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन भएको दिन २९ मंसिरमा रात्रिभोज दिएका थिए । देउवापछि व्यक्तिगत खर्चमा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता गोपालमान श्रेष्ठले पालैपालो सदस्यहरूलाई भोज दिए ।
खानामा मात्रै पार्टीको ७० लाख खर्च, प्लेटको साढे ५ सय
महासमिति बैठकमा पार्टीले खुवाएको बिहानको एकछाक खानामा मात्रै ७० लाखभन्दा बढी खर्च भएको कार्यालय सचिव प्रेम केसीले बताए । प्रतिप्लेट ५ सय ५० रुपैयाँको खाना खुवाइएको थियो । उनका अनुसार पार्टी कोषबाट सबैभन्दा धेरै खर्च भएको पनि खानामै हो । मञ्च सजावट, पार्टी प्यालेसको भाडा, बैठकमा दुईवटा डिजिटल डिस्प्लेका लागि दिनको ८० हजार लागेको थियो । मोटामोटी खर्च निस्कए पनि शीर्षकअनुसार पूरै विवरण तयार भइनसकेको केसीले बताए ।
सदस्यबाट उठेको थियो १४ लाख
महासमितिमा भाग लिन आएका सदस्यसँग एक हजारका दरले शुल्क लिएको थियो । १६ सय सहभागीबाट करिब १४ लाख उठेको थियो । यही पैसाबाट नगद कारोबार गरेको कांग्रेसले अरू खर्च पार्टी कोषबाट गरेको केसीले बताए । ‘हामीले सुरुमा पाँच दिनका लागि १ करोड रुपैयाँ खर्च हुने आँकलन गरेका थियौं’ केसीले भने, ‘तर, बैठक ८ दिनसम्म चले पनि २० लाख मात्रै बढी खर्च भएको प्रारम्भिक हिसाब निकालेका छौं । यसमा दुई चार लाख मात्रै तलमाथि हुन सक्छ तर, यो भन्दा बढी खर्च भएको छैन ।’ महासमिति बैठकमा सहभागी झण्डै एक हजार ६ सय जनलाई पार्टीका ८ शीर्ष नेताले रात्रीभोज दिएपछि पनि खर्च कम भएको जानकारी उनले दिए ।
यी हुन् ८ दिनसम्म चलेको महसमितिमा रात्रीभोज दिने नेताहरू
सभापति शेरबहादुर देउवाले २९ मंसिरमा उद्घाटन कार्यक्रम सकिएको रात रात्रीभोज दिएका थिए । देउवा जस्तै गरी आफ्नै व्यक्तिगत पैसामा नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता गोपालमान श्रेष्ठ गरी ७ नेताले रात्रीभोज दिएका हुन् । तर केही नेताहरूले पार्टीमा प्रभाव र शक्ति देखाउन नेताहरूले व्यक्तिगत रुपमा खाना ख्वाएको विषयलाई रुचाएनन् । केही नेताहरूले व्यक्तिगत रुपमा ख्वाइएको खानाभन्दै बहिष्कार पनि गरेका थिए ।
पार्टीको एकछाकमात्रै
कांग्रेसले महासमिति अगावै सदस्यरुलाई बिहानको खानामात्रै ख्वाउने भन्दै बस्ने प्रबन्ध आफैं गर्नुपर्ने निर्णय गरेको थियो । यस्तोमा महासमितिको दौरान ८ दिन बिहान पार्टीले र बेलुका नेताहरूले व्यक्तिगत खर्चमा रात्रीभोज दिएपछि कांग्रेसको खर्च अनुमान गरेकोभन्दा निक्कै कम भएको सचिव केसीले बताए । कांग्रेसले प्रतिप्लेट ५ सय ५० मा खाना ख्वाएको थियो । महासमिति सदस्यहरूले राती बास बस्ने व्यवस्था पनि आफैं गर्नुपर्ने थियो । बैठक लम्बिंदा पनि सदस्यहरू निक्कै पातलिएक थिए । सदस्य घटेपछि खानाको अर्डर पनि कम गरिएको थियो ।
१६ सयबाट १३ देखि १४ लाख
कांग्रेसले महासमितिमा भाग लिन आउँने सदस्यसँग एक हजारका दरले शुल्क लिएको थियो यसरी १६ सय सहभागी भनिएको बैठकमा १४ लाख हाराहारी पैसा उठेको थियो । यही पैसाबाट नगद कारोवार गरेको कांग्रेसले अरु खर्च पार्टी कोषबाट गर्दै गरेको जानकारी केसीले दिए ।
के–केमा भयो मुख्य खर्च
कांग्रेस केन्द्रीय कार्यालयले निकालेको प्रारम्भिक खर्च एक करोड २० लाखमा खानामा सबैभन्दा धेरै खर्च भएको छ । खानामा ७० लाखभन्दा बढी खर्च भएको छ । त्यसपछि विधानका मस्यौदा, राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, समग्र आर्थिक नीति, कोषाध्यक्षको आर्थिक प्रतिवेदन छपाइमा बढी खर्च लागेको छ । त्यस्तै, मञ्च सजावट, पार्टी प्यालेसको भाडा, बैठकमा दुईवटा डिजिटल डिस्प्लेका लागि दिनको ८० हजार रुपैयाँ लागेको केसीले बताए । तर, मोटामोटी खर्च निकाले पनि कुन शीर्षकमा कति खर्च भयो भन्ने पूरै विवरण भने तयार हुन बाँकी रहेको जानकारी केसीले दिए । २९ मंसिरदेखि ४ पुससम्म सिंहदबारअगाडि यलम्बर पार्टी प्यालेसमा उद्घाटन र बन्दसत्रको कार्यक्रम भएको थियो । त्यसपछि ५ देखि ८ पुसमा समापनसम्मको कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा ग¥यो ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: