Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

विद्याभूषणमा त्रिविको मनपरी

काठमाडौं । स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ। वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ। त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ। किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन्। अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - त्रिविअन्तर्गत स्‍नातकोत्तर तहमा २०७२ सालसम्म वार्षिक प्रणालीबाट मात्र पढाइ हुन्थ्यो। त्यही वर्षदेखि केही क्याम्पसमा सेमेस्टर र केहीमा वार्षिक प्रणालीबाट पढाइ भइरहेको छ। यो वर्षदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको छ। गत शैक्षिक सत्रमा भौतिक संरचना र पर्याप्त शिक्षक भएका क्याम्पसमा सेमेस्टर र संरचना पर्याप्त नभएका क्याम्पसमा वार्षिक प्रणालीबाटै पढाइ भएको थियो। पढाइको प्रकृतिअनुुुुसार यी दुई थरि विद्यार्थीको मूल्यांकन तरिका फरक छ। सेमेस्टरमा उपस्थितिलाई अनिवार्य मानिन्छ। कुल एक सय पूर्णांकमा ४० प्रतिशत अभ्यासमूलक कार्य र ६० प्रतिशत सैद्धान्तिक विषयका लागि अंक दिइन्छ। वार्षिकअन्तर्गतका विद्यार्थीको एक सय पूर्णांकमै परीक्षा लिइन्छ। सेमेस्टरमा पढेका विद्यार्थीले उच्च अंक ल्याउँछन्। अधिकतम चार जीपीएसम्म दिइन्छ। वार्षिक परीक्षाका विद्यार्थीलाई प्राप्तांकलाई प्रतिशतमा गणना गरेर नम्बर दिइन्छ। एकै कक्षमा एकै विषय पढेका विद्यार्थीमध्ये कुुनैलाई धेरै र कुुनैलाई थोरै नम्बर दिनुु अवैज्ञानिक भएको तर्कका आधारमा सेमेस्टरमा ग्रेडिङ प्रणाली लागू गरिएको हो। पदक दिने बेलामा भने अव्यवहारिक भनेर हटाइएको पूरानो प्रणाली अपनाइएको छ। ‘त्रिविको यो शैली अवैज्ञानिक र अव्यवहारिक छ’, त्रिविकै नेपाली विषयका प्राध्यापक डा.रमेशप्रसाद भट्टराईले भने। त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले पनि पदक वितरण गर्दा वार्षिक प्रणालीका विद्यार्थीलाई अन्याय भएको स्वीकार गरे। नियम नै त्यस्तै भएकाले ती विद्यार्थी समस्यामा परेको उनको तर्क छ। ‘हामीसँग एउटा विषयमा एउटा मात्र पदक दिने व्यवस्था छ। एक विषयमा एकमात्र विद्यार्थी छान्नुपर्ने भएकोले वार्षिक र सेमेस्टर प्रणालीका विद्यार्थीको प्राप्तांकलाई भिडाएका हौं’, जोशीले भने, ‘यसरी विद्यार्थी छान्दा स्वभाविक रूपमा सेमेस्टरका विद्यार्थी नै छानिन्छन्।’ त्रिवि स्‍नातकोत्तर कार्यक्रममा प्रत्येक संकायको प्रत्येक विषयमा उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई राष्ट्रपति कार्यालयले ‘नेपाल विद्याभूषण ख’ पदक प्रदान गर्दै आएको छ। त्यसबाहेक विभिन्न संस्थाले पनि विषयगत उत्कृष्ट विद्यार्थीलाई फरकफरक पुुरस्कार दिँदै आएका छन्। सेमेस्टर र वार्षिक प्रणालीमा पढ्नेलाई एउटै तरिकाले मूल्यांकन गर्दा पदकजति सेमेस्टर पढ्नेले पाउँछन्।वार्षिक प्रणालीका विद्यार्थी मर्कामा पर्छन्। गत वर्ष मानविकी संकायअन्तर्गत नेपाली विषयमा स्‍नातकोत्तर तहमा ६८ प्रतिशत ल्याएकी संगीतादेवी शर्माले भनिन्, ‘वार्षिक र सेमेस्टर प्रणालीबाट उत्तीर्ण भएकालाई एकै तरिकाले मूल्यांकन गर्ने चलन नै गलत छ। कुन प्रणालीका विद्यार्थी को कस्तो जाँच्न छाडेर दुवै प्रणालीका विद्यार्थीलाई पुरस्कार र पदकका लागि सिफारिस गर्नुपर्छ।’ दुवै प्रणालीका विद्यार्थीलाई एकै तरिकाबाट छान्दा आफूहरू समस्यामा परेको भन्दै त्रिविमा थुपै्र गुनासा आएका छन्। जोशीले भने, ‘यो विषय जटिल छ। विश्वविद्यालयका पदाधिकारी बसेर मात्र मिलाउन सकिन्छ। हाम्रा तहबाट हुँदैन।’ जोशीका अनुसार त्रिविले स्‍नातकोत्तर तहमा २७ वटा विषयका उत्कृष्ट विद्यार्थीलाई विद्याभूषण पदक सिफारिस गर्छ। सेमेस्टर र वार्षिक प्रणालीका विद्यार्थीलाई नै पदक दिने हो भने ५४ वटा दिनुपर्छ। यसले ठूलो आर्थिक बोझ पार्ने उनको भनाइ छ। ‘उदाहरणका लागि कुलपति पदक पाउने विद्यार्थीको मेडलमा मात्रै तीन तोला सुन हुन्छ। अन्य खर्च पनि हुन्छ’, जोशीले भने, ‘दुवैथरी विद्यार्थीलाई पदक दिने हो भने खर्च दोब्बर हुन्छ। नदिने हो भने विश्वविद्यालय टप गरेका विद्यार्थी रित्तो हात बस्नुपर्ने अवस्था छ।’ कुलपति पदक स्‍नातकोत्तर तहको परीक्षामा प्रथम श्रेणीमा प्रथम हुनेलाई दिइन्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending