Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

खानापछि नियमित मुटुको औषधि खानुपर्ने डा. केसीकाे स्वास्थ्य अवस्था शिथिल

काठमाडाैं । प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएलगत्तै डा. केसी भर्ना भएका थिए, मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोका डाक्टरले औषधि दिएका छन् अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - डा. गोविन्द केसीलाई नियमित औषधि खानुपर्ने गरी मुटुको समस्या छ । तर, अहिले उनी अनशनमा छन् । प्रधानमन्त्री केपी ओली मनमोहन कार्डियो अस्पतालबाट फर्किएलगत्तै ३ मंसिरमा डा. केसी सोही अस्पतालमा भर्ना भएका थिए । उनलाई अस्पताल पुर्‍याउँदा पनि थाम्नै नसक्ने पीडा थियो । सिसियूमा राखेर परीक्षण गरेपछि डाक्टरहरूको टिमको निष्कर्ष थियो, ‘मायोकार्डिअल ब्रिजको समस्या हो ।’ रगत बग्ने नसाहरू च्यापिएर साँघुरिँदा यस्तो समस्या हुन्छ । पटकपटक अनशन बसेको र मुटुमा दबाब पर्दा यस्तो समस्या आएको डाक्टरहरूको निष्कर्ष छ । उनलाई नियमित सेवन गर्ने औषधि दिएर अस्पतालबाट बिदा गरिएको थियो । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले डा. केसीको स्वास्थ्य समस्याबारे विस्तृत बताउन चाहेनन् । उनले यति मात्र भने, ‘उहाँलाई मुटुमा समस्या छ, खानापछि नियमित खानुपर्ने औषधि दिएका छौँ । उहाँले आफ्नो मुटुको धेरै ख्याल गर्नुपर्ने अवस्था छ ।’ शिथिल भए डा. केसी शिक्षा तथा स्वास्थ्य संसदीय समितिले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउँदै १६औँ पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेकोे छ । इलामको फूलगाछीस्थित एक स्थानीय नागरिकको घरमा चार दिनदेखि अनशनरत डा. केसीको शरीरमा ग्लुकोजको मात्रा कम भएको र रक्तचाप पनि असामान्य देखिएको चिकित्सकले बताएका छन् । ‘डाक्टर सा’बको शरीरमा ग्लुकोज घटेको छ, रक्तचाप पनि सामान्य छैन,’ उनको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका डा. रामकृष्ण आचार्यले भने, ‘मौसम पनि खराब छ, भोको बसेपछि अरू समस्या देखिन्छन् ।’ तर, केसीले सलाइन चढाउन नमानेको उनले बताए । डा.केसी अनशन बसेको भोलिपल्टैबाट उनको जीवनरक्षा र माग सम्बोधनको आग्रह गर्दै स्थानीयले र्‍याली गर्दै आएका छन् । विधेयकको पक्षमा इलामकै एक युवक अनशनमा संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयक संसद्बाट हुबहु पारित गर्नुपर्ने माग राख्दै इलाममै एक युवक दुई दिनदेखि अनशनमा छन् । खोटाङ घर भएका विजय थापा शुक्रबारदेखि अनशन बसेका हुन् । उनी इलाम बजारको मुख्य चोकमा रहेको लाकुरी चौतारोमा अनशन बसेका छन् । तर, उनले आफ्नो अनशन केसीविरुद्ध नभएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय जगत्मा सरकारको गरिमा गुम्यो : चिकित्सक संघ चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीलाई चिढ्याउँदा सरकार अन्तर्राष्ट्रिय जगत्मा बदनाम हुन पुगेको चिकित्सकहरूले बताएका छन् । नेपाल चिकित्सक संघले केसी अनशनको चौथो दिन विज्ञप्ति जारी गर्दै केसीका माग सम्बोधन गर्नुको सट्टा चिढ्याएर अन्तर्राष्ट्रिय रूपमा गलत सन्देश प्रवाह गरेको बताएको हो । ‘१५औँपटकसम्म सम्झौता गर्ने, तर कार्यान्वयन गर्नुको सट्टा डा.केसीलाई नै चिढ्याउने गतिविधिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाल सरकारको गरिमा र प्रतिष्ठामाथि नै आँच पुग्ने काम भएको छ,’ संघले भनेको छ । महासचिव डा.लोचन कार्कीले डा.केसीको माग उचित भएको भन्दै सम्झौता कार्यान्वयन गर्दै अनशन सदाका लागि अन्त्य गर्न सरकारलाई सुझाब दिएका छन् । माइतीघरमा विरोध र्‍याली केसीका समर्थकले माइतीघरमा विरोध प्रदर्शनसमेत गरेका छन् । आन्दोलनको नेतृत्व सोलिडारिटी फर डा.केसी एलायन्सले गरेको हो । प्रदर्शनकारीहरू ‘सधैँ झुक्याउने कहिलेसम्म हो, लाज पचाउने’ लेखिएका प्लेकार्ड हातमा बोकेर सडकमा निस्किएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending