Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

तरुलमा पनि परनिर्भर

काठमाडौं । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँको) सिम्मल (तराई जातको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ । अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - ‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठूलो परिमाणमा उत्पादन हुन थालेकाले आयात दर घटेको छ ।’ महासंघका अनुसार यो वर्षको ६ दिन (पुस २५ गतेदेखि ३० गतेसम्म) मा करिब दुई हजार पाँच सय टन विभिन्न प्रकारका तरुलको कारोबार भएको छ । ‘गत वर्षभन्दा ४० प्रतिशतले कारोबार बढ्यो,’ अध्यक्ष घिमिरेले भने, ‘अघिल्लो वर्ष सीमित बजारबाट १३ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो । तर यो वर्ष बजार थपिएको छ ।’ उनका अनुसार तरुलको मुख्य कारोबार हुने स्थल कालिमाटी तरकारी बजार हो । यो बजारमार्फत ६ दिनमा साढे १० करोड मूल्यको तरुल बिक्री भएको छ । गत वर्ष कालिमाटी बजारमा सात सय टनका हाराहारीमा तरुल कारोबार भएको थियो। बाँकी बल्खु बजारबाट पाँच सय ५०, बानेश्वर बजारबाट ८०, जडिबुटी बजारबाट ६०, बालाजु बजारबाट सय र टुकुचा बजारबाट ८० टनको हाराहारीमा तरुलको कारोबार भएको छ । ‘व्यवसायीले बाहिरबाट ल्याएको सबै तरुल सोमबार साँझसम्म बिक्री भएको छ,’ अध्यक्ष घिमिरेले भने,‘मंगलबार बिहान त एकादुई व्यवसायीसँग मात्र तरुल बाँकी हुन्छ ।’ उनका अनुसार पछिल्लो ४–५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ । पहिले खान नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने तरुलका परिकारमा पल्केका छन्। उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ । बाँकी २० प्रतिशतमा भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले हिस्सा ओगटेको छ । कालिमाटी तरकारी बजारका तरुलको थोक बिक्रेता भगवान उप्रेतीका अनुसार पुस २५ देखि ३० गतेभित्रमा सबैभन्दा बढी तरुलको कारोबार हुन्छ । थोक बिक्रेताले आयात गरेको कूल तरुलको परिमाणमध्ये करिब ९५ प्रतिशत यही अवधिमा खुद्रा बिक्रेता र उपभोक्ताले खरिद गर्छन् । बाँकी पाँच प्रतिशत तरुलको व्यापार मंगलबार हुन्छ । यो वर्ष पनि धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, ललितपुरलगायतका जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भिœयाइएको छ । बजारमा अत्यधिक महँगो मानिएको वन तरुलसहित घर तरुल, हात्ती पाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुल, तराई तरुल नामका तरुलको कारोबार भइरहेको छ। ‘हामीजस्ता ठूला थोक बिक्रेतासँग तरुलको मौज्दात सकिएको छ,’ उप्रेतीले भने, ‘खुद्रा व्यापारीकहाँ पनि निकै कम तरुल बाँकी छ । मंगलबार साँझसम्म करिब त्यो पनि सकिन्छ ।’ व्यवसायीहरुका अनुसार बजारमा अहिले सर्लाहीको तरुल प्रतिकिलो ४० देखि ४५, धरान र पाल्पाबाट आएको हात्तीपाइले ८० देखि ९०, नवलपरासीबाट आएको रातो लामो तरुल सय देखि एक सय २०, धादिङ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा र ललितपुरबाट आएको घर तरुल ४० देखि ५० तथा धादिङ, सिन्धुपाल्चोक र मकवानपुरबाट आएको वन तरुल एक सय ५० देखि दुई सय रुपैयाँमा बिक्री भएको छ । बहुगुणी तरुल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णका अनुसार तरुल निकै पोषिलो र बहुउपयोगी खाद्य पदार्थ हो । तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, खनिज र भिटामिन पाइन्छ । तरुललाई खानाकै रुपमा खान सकिने कर्णको भनाइ छ । ‘खानाको रुपमा प्रयोग गरिने चामलभन्दा तरुलमा बढी पोषक तत्व हुन्छ,’ कर्णले भने, ‘यो अत्यन्त उपयोगी छ । तर, सर्वसाधारणमा कम जानकारी भएकाले तरुलको भरपुर उपयोग हुन सकेको छैन ।’ तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ । उसिनेर नुन र खुर्सानीसँग चोपेर खाजाको रुपमा खान सकिन्छ । यस्तै तरकारी र अचारको रुपमा पनि उपभोग गर्न सकिन्छ । कर्णका अनुसार तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ । यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE