Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

वार्ता हुन सक्छ : ३० दल

एकीकृत माओवादीको ३० दलीय मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाले दोस्रोपटक गरेको वार्ता आव्हानलाई सकारात्मक भनेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ–अनौपचारिक वार्तामार्फत् औपचारिक वार्ताको वातारण बनाउन सकिने जनाउ दिएको छ । ३० दलीय मोर्चाको शनिबारको बैठकले प्रधानमन्त्रीको आव्हानले सार्थक र औपचारिक वार्ताको वातावरण नबनाए पनि सत्तारुढ दलसँग अनौपचारिक संवादको वातावरण बनेको निष्कर्ष निकालेको हो । यस अघि एमाओवादीसहित मधेसी मोर्चाके नाम नलिइकन वार्ताको आव्हान गरे पनि प्रधानमन्त्रीले शुक्रबार नाम उल्लेख गर्दै विज्ञप्तीमार्फत वार्ताको आव्हान गरेका थिए । ‘केही समय अगाडि प्रधानमन्त्रीले वक्तव्यमार्फत गर्नुभएको वार्ताको पहललाई सकारात्मक रुपमा लिएका थियौं । अहिले बहुमतीय प्रक्रियालाई अगाडि बढाउने संविधानसभाको बैठकलाई केही समय स्थगित गरी प्रधानमन्त्रीले पुनः आन्दोलनकारी शक्तिलाई वार्ताको लागि आव्हान गर्नुभएको छ । यसलाई हामीले थप सकारात्मक रुपमा लिएका छौं ।’ मोर्चाद्धारी विज्ञप्तीमा भनिएको छ, ‘तर, अझै पनि शीर्ष तहको औपचारिक वार्ताको लागि उपयुक्त वातावरण पूर्ण रुपमा निर्माण भइसकेको छैन । त्यसैले हामी अहिलेको सकारात्मक प्रक्रियालाई अझ अगाडि बढाउन र कुनै न कुनै तह एवं रुपमा वार्तालाई निरन्तरता दिई शीर्ष तहमै औपचारिक वार्ताको वातावरण बनाउन आव्हान गर्दछौं ।’ २५ माघमा प्रधानमन्त्रीले लिखित वक्तव्यमार्फत वार्ताको लागि आव्हान गरेका थिए । तर, १२ बुँदे, शान्ति सम्झौता, अन्तरिम संविधान र विभिन्न आन्दोनपछि भएका सहमतिका आधारमा नभई प्रक्रियाका आधारमा संविधान बनाउन खोजिएको भन्दै विपक्षी दल आन्दोलनमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: