Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

भूकम्पकाे धक्का अझै तीन महिनासम्म आउँछन्ः भूकम्पविद्

चितवन, गत वैशाख १२ गते गएको भूकम्पपछि आइरहेका पराकम्पन अझै डेढ महिनासम्म आइरहने भूकम्पविद् प्रा डा हरिहर पौडेलले बताएका छन् । नेपालको भूकम्पीयता विषयमा विद्यावारिधि गर्ने पहिलो भूकम्पविद् पौडेलले वैशाख १२ गतेपछि वैशाख २९ गते ‘ट्रिगर पराकम्पन’ आएको भएपनि अरू सबै पराकम्पन भएको बताए । ठूलो भूकम्प आएपछि लामो समयसम्म पराकम्पन आइरहने र यसपटकको ७।६ रेक्टरको भूकम्पले कम्तीमा पनि तीन महिना पराकम्पन ल्याउने बताए । भूकम्पभन्दा ठूलो पराकम्पन आउन नसक्ने बताउँदै उनले सोही क्षेत्रमा साना पराकम्पनहरु मात्र आइरहने उल्लेख गरे । उनले पराकम्पन भूकम्पको क्षमताभन्दा एक रेक्टरभन्दा कमका मात्रै हुने बताए । ठूलो भूकम्पपछि वैशाख २९ गते ट्रिगर पराकम्पन आउनुको पछाडि त्यस क्षेत्रका जमिन धेरै चिरिएको र भूकम्पले थप हलचल मच्चिनु प्रमुख कारण भएको उनले बताए । यसअघि सन् १८९० को अगस्त २६ मा गोरखा नै केन्द्रबिन्दु भएको ७।६ रेक्टर स्केलको भूकम्प जाँदा गोरखादेखि काठमाडौँ हुँदै सिन्धुपाल्चोकसम्म ठूलो क्षति पु¥याएको बेलायती गजेटमा उल्लेख भएको बताउँदै उनले जसका कारण तीन महिनासम्म पराकम्पन आएको बताए । अहिलेको भूकम्प पनि सोही स्केलको भएकाले तीन महिनासम्म नै पराकम्पन जाने उनले बताए। त्यस्तै, विसं १९९० साल माघ २ गते उदयपुरमा केन्द्र भएर गएको ८.४ रेक्टरस्केलको भूकम्पले काठमाडौँदेखि भारतको दरभङ्गा, मोतिहारीसम्म ठूलो क्षति पु¥याएको बताउँदै भूकम्पविद् पौडेलले त्यसपछि एक वर्षसम्म पराकम्पन आएको बताए । त्यस्तै, २०४५ साल भदौ ५ गते उदयपुर नै केन्द्र बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पपछि ३९ दिनसम्म चार रेक्टरभन्दा माथिका पराकम्पन गएको उनले बताए । नेपालको मध्य र पूर्वी क्षेत्रमा भूकम्प, ट्रिगर कम्पन र पराकम्पनले शक्ति घटाइरहेको भए पनि मध्य नेपालदेखि पश्चिम भागमा २०० वर्षयता ठूला भूकम्प नगएको हुँदा शक्ति सञ्चय बढी भएकाले त्यस क्षेत्रमा भने बढी जोखिम देखिएको बताए । हिमालय क्षेत्र भूकम्पका हिसाबले बढी जोखिम भएको बताउँदै पौडेलले हिमालय क्षेत्रको दुई हजार ५०० किलोमिटरमध्ये ८०० किलोमिटर नेपालमा पर्ने र सो क्षेत्रमा भारतीय र तिब्बती प्लेट ठोक्किइरहेको हुँदा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending