Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कैलाली सडकको बीचमै भएका रूख नकाटी कालोपत्रे गर्ने तयारी

कैलाली । सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना बढ्ला भनेर स्थानीय चिन्तित छन् । सघन सहरीअन्तर्गत झन्डै दुई अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रमा २ सय ८४ वटा सानाठूला रूख छन् । यसरी औसतमा हरेक किलोमिटरमा सडकभित्र ७ रूख पर्छन् । धनगढीको रिङरोडअन्तर्गत पर्ने मनेहरा–जाखोरताल सडकमा मात्रै बीचमै दर्जनौँ रूख छन् । रिङरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङको काम सकिएको छ । अन्य केही खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको आयोजना कार्यान्वयन इकाइले जनएको छ । आयोजना कार्यान्वयन इकाइ प्रमुख सुरेशकुमार वाग्ले वन कार्यालयले रूख कटानको अनुमति नदिँदा रूखवरिपरिको केही ठाउँ छाडेर सडक कालोपत्रे गर्न लागिएको बताउँछन् । वातावरणीय प्रभाव मूल्यांकन गरी रूख कटान अनुमतिका लागि गत असारअघि नै वन मन्त्रालयमा फाइल पठाए पनि स्वीकृति नपाएको उनले बताए । रूख काट्न पाइएन, सार्न सकिएन, त्यसैले यही अवस्थामा पिच गर्दै छौँ सुरेशकुमार वाग्ले आयोजना कार्यान्वयन इकाइ प्रमुख असारअघि नै वन मन्त्रालयमा रूख काट्ने अनुमतिका लागि फाइल पठाएको हो । स्वीकृत भएको छैन । रूख यताउता सारेर पिच गर्न पनि मिलेन । सडक सार्न कतिपय ठाउँमा बाक्लो बस्ती र घना जंगल छ । अब के गर्ने त ? फागुनदेखि पिच गर्छौँ । यही अवस्थामा पिच गर्नुको विकल्प छैन । दुर्घटना हुने स्थानीयको चिन्ता स्थानीयले भने सडकमै रूख राखेर कालोपत्रे गरिँदा दुर्घटना बढ्ने चिन्ता गरेका छन् । उनीहरूले रूख काटेर मात्र कालोपत्रे गर्नुपर्ने दबाब दिएका छन् । ‘रूखमा ठोक्किएर, हाँगा खसेर दुर्घटना हुन सक्छ । त्यसैले बीचसडकमा रहेका रूख काटेर मात्र कालोपत्रे गर्नुपर्छ,’ मनेहराकी सुशीला गिरी भन्छिन् । रूखका कारण कालोपत्रे निर्माणमा अवरोध भएपछि आफैँले रूख काट्ने प्रयास गरे पनि वन कार्यालयले रोकेको मनेहराका स्थानीयले बताए । तर, रिङरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङको काम सकिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE