Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

पहिलो प्रेम प्रस्तावक नै बलात्कारीको नाइके भएपछि ........

बल्ल खोजेको केटो भेटियो’ मनमा कुरा खेल्न सुरु भएको केही दिनमै उनी सामूहिक बलात्कारको सिकार भइन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाकी १९ वर्षीया उनको पहिलो प्रेम प्रस्तावक नै त्यसका नाइके भएको खुल्यो पुग्यो । फोनबाट पहिलो सम्पर्क बढाएका छिमेकी गाउँ विकास बस्तीका गोविन्द रानाले महिना दिनअघि स्थानीय बजारमा उनीसँग पहिलोपटक भेटे । आफ्नो वास्तविक परिचय लुकाएर उनी राजेशको नामबाट परिचित भएका हुन् । ‘धनगढीमा घर र व्यापार गर्छु भनेको थियो, यता विकास बस्तीमा आफन्तको घरमा आउँछु भन्थ्यो’ सेती अञ्चल अस्पतालमा उपचाररत पीडित युवतीले भन्छिन्, \'८र१० दिनपछि भएको दोस्रो भेटमा उसले प्रेम प्रस्ताव राख्यो, मैले कुनै जवाफ फर्काएकी थिइनँ ।’ त्यतिबेलासम्म निकै हँसिलो र फूर्तिलो जीउडालको गोविन्दप्रति उनी आकषिर्त भइसकेकी थिइन् । ‘आइतबार बिहान नजिकैको विवाहको घरमा गएकी थिएँ । ब्यान्ड टोलीका सदस्यमा उसलाई देखें, खुसी लागेको थियो । बिहे सकिएपछि साँझ नाचगान चल्यो, सबै रमाइरहेका थियौं । राति करिब ११ बजेतिर उसले काम छ भन्दै नजिकैको बाटोमा बोलायो ।’ आँसु झार्दै उनी भन्छिन्, ‘म पनि सँगै रहेकी साथीलाई छाडेर गएँ, एक्लै जानु नै महाभूल भयो ।’ बाटोमा पुगेपछि अलिअलि भन्दै नजिकैको उखुबारीमा पुर्‍याएर जबर्जस्ती गरेको उनले बताइन् । ‘त्यसपछि डराएँ तर उम्किन सकिनँ, अरू केटाहरू पनि आए, पहिल्यै अरू उखुबारीमा लुकेर बसेका रहेछन्, ४ जनासम्म याद छ, त्यसपछि बेहोस भएँ’ घटनाको विवरण सुनाउँदै उनले भनिन् ।
सँगै रहेकी साथीलाई छाडेर गएँ, एक्लै जानु नै महाभूल भयो
‘घटना राति ११ बजेतिर सुरु भयो, मेरो होस बिहान ४ बजे खुल्यो । शरीरका लुगा च्यातिएका थिए । असाध्यै डर लाग्यो । अनि दौडेर घरतिर आउन खोजें । घरभित्र पस्न डर लाग्यो । घरभन्दा यता काकाको घर थियो । उनको ढोका ढक्ढक्याएँ । उनीहरूले खोले । सोधपुछ गरे । मैले केही भन्न सकिनँ, रोइरहें ।’ युवकमाथि झट्ट विश्वास गर्दा यो परिणति भोगेको उनले बताइन् । तीन दिनपछि मात्रै रक्तस्राव रोकिएको थियो । पेट र शरीरका अन्य अंग दुखिरहेको उनले बताइन् । उपचारमा संलग्न डाक्टर सुजन सापकोटाले उनलाई अझै केही दिन अस्पतालमा राख्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy