कुनै बेला खानै थियो समस्या, अहिले सुपर मोडलः रोनाल्डोकी पूर्व प्रेमिकाको बयान
जेष्ठ २७ गते, २०७२ बुधवार 10th June, 2015 Wed१६:४८:०७ मा प्रकाशित
मानिसको जीवनमा भाग्य कहिले उदाउँछ, कसैलाई थाहा हुँदैन । मानिसहरुलाई धर्तीबाट आकाश र आकाशबाट धर्तीमा ल्याउन भाग्यको खेल मानिन्छ । तर यसका साथै मानिसहरुले कर्म पनि गर्न आवश्यक छ । किनभने जीवनमा सफलता पाउनाका लागि मानिसले कर्म त गर्नु नै पर्छ । सुपरमोडल इरिना शायकसँगै यस्तै भएको छ ।
इरिना शायकले कुनैबेला आफूलाई प्रतिदिन एक डलरभन्दा पनि कम तलब पाउने गरेको खुलासा गरेकी छिन् । वेबसाइट ‘फिमेलफस्र्ट डट को डट युके’ का अनुसार इरिना (२९)को बाल्यवस्था सुखद नभएको र उनले यो स्थान हाँसिल गर्नका लागि निकै संघर्ष गर्नुपरेको थियो । आज इरिनाले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएकी छिन् तर उनको भनाई अनुसार जब उनको परिवार रुसमा बस्दथ्यो तब उनको परिवारको अवस्था निकै दयनीय थियो । त्यति बेला उनको परिवारलाई खानको समेत समस्या भएको उनले बताइन् ।
इरिनाले ‘हेलो’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनको बाल्यकालको कहालीलाग्दो समयको बयान गरिन् । उनी भन्छिन्, ‘मलाई खेतमा आलू र गोलभेडा टिप्ने काम गर्नुपर्दथ्यो किनभनजे हाम्रो सानो गाउँमा पैसा कमाउने यहि एउटा माध्यम थियो । ’
‘गर्मीको समयमा मलाई ३० दिनसम्म स्थानीय अस्पतालमा रङ लगाउने काम पनि गरें । यसका लागि मलाई २० डलर दिइएको थियो ।’ उनी भन्छिन्, ‘उनीहरुले मलाई जति दिए त्यसले आफ्नो आवश्यकता पूरा गर्नु कम सुखदायी हुँदैनथ्यो ।’
यसका साथै उनले आफ्नो मोडलिङको सुरुवाती अवस्थामा आफूले भोगेको समस्याको बारेमा पनि बताएकी छिन् । उनी भन्छिन्, ‘मोडलिङको सुरुवातको क्षण सम्झदाँ मलाई पेरिसको एक घटनाको सधैं याद आउने गर्दछ । ’
‘मसँग पैसा नभएकाले कति दिनसम्म त केही पनि खाइनँ । मेरो लागि त्यो क्षण निकै नै महत्वपूर्ण मोड थियो । यति हुँदा हुँदै पनि मैले हार मानिनँ । केही नगरि घर फर्कन नसक्ने भएका कारण मैले यसको लागि धेरै मेहनत गरेँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: