Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव-राष्ट्रपति भण्डारी

धरान । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गरिन् । महायज्ञको उद्घाटन कार्यक्रममा उनले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताइन् । उनले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सक्रियतामा भएको महायज्ञ कार्यक्रमले यहाँको गरिमा बढाएको समेत बताइन् । \'यहाँ जडिबुटी प्रशोधन केन्द्र बनाएर नेपाललाई चाहिने औषधी आफैँ बनाउन सकिन्छ \', राष्ट्रपति भण्डारीले भनिन् । त्यससँगै उनले यज्ञ मण्डपको पूजा अर्चना, अवलोकन गरिन् । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बराहक्षेत्र प्रदेश नं १ को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकोले यसका लागि प्रदेश सरकारले पनि लगानी गर्न लागेको बताइन् । महायज्ञमा शुक्रबार नै भारतको अयोध्या र उत्तरकाशी लगायतका स्थानबाट सात जना जगद्गुरु, पीठाधीस र महामण्डलेश्वर चतराधाम आएको आयोजनकले जनाएको छ । १४ करोडको लागतमा आयोजना भइरहेको महायज्ञको समापन यज्ञ पूर्णहुति फागुन ७ गते हुने जनाइएको छ । रामानन्द सेवापीठका पिठाधिस महायोगी डा कृष्णदास महाराजका अनुसार हिन्दू अध्यात्मअनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह महायज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताले जप गर्ने गर्दथे । पछि पृथ्वी जगतको कल्याणका लागि ठूला महाराजाले यो यज्ञ लगाउने गरेका थिए । यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट एक पटकमा १०८ प्रकारका ‘साइकोन’ उत्पन्न हुने र त्यसले वायुमण्डललाई शुद्ध बनाउने काम गर्दछ । डा कृष्ण दासका अनुसार तारकब्रम्ह यज्ञ नेपालमा पहिलो पटक र विश्वमा ७०५ वर्षपछि हुन लागेको हो । आयोजकले यहाँको हुनमान मन्दिर परिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गरेको छ । हवनका लागि विभिन्न १०८ प्रकारका हवनकुण्ड बनाइएका छन् । यही कुण्डमा एक हजार २०० साधकले १६ करोड हवानाचार्यसहित एक अर्ब ६० करोड पटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्ने छन् । उक्त महायज्ञमा देश विदेशका प्रकाण्ड आत्यात्मिक विद्वानसहित योग साधकदेखि सयौँ योगाचार्य र धार्मिक प्रवक्ताको सहभागिता हुने डा दासले जानकारी दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending