Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सिमी नै भयो परिवार पाल्ने मुख्य आधार

\"Simiजाजरकोट, यहाँको एक परिवारले सिमी खेतीबाट आप्नो दैनिक जीविका चलाउने गरेको छ । मकै, धान, गहुँ उत्पादन कम हुने ठाउँमा सिमी खेती गरेर फाइदा भएपछि रोकायगाउँ– १, पहाडा मुल्सामका नरबहादुर रोकायको दैनिकी फेरिएको छ । सधैं परम्परागत खेती मात्र गर्ने यहाँका स्थानीयहरुलाई नरबहादुरले नै उत्पादन हुने बालीको छनोट गरी खेती गर्न सुझाव समेत दिन थालेका छन् । यो क्षेत्र जुम्लाको सीमानामा रहेको छ । चिसो मौसम, ओसिलो जमिन, हिमाली क्षेत्र भएका कारण यहाँ मकै, धान, गहुँ कम उत्पादन हुने गर्दछ । यहाँ सिचाई सुविधा समेत नभएका कारण आकाशे पानीको भरमा वर्षेवाली मात्र यहाँका किसानहरुले लगाउने गर्दछन् । यही मौसम संगै मिल्दो सिमीको खेत्ती गरी नरवहादुर रोकायले आङ्खनो घरपरिवार पाल्ने गतिलो आधार तयार पारेका छन् । उनलाई माटो सुवाउदो सिमीको खेत्ती गर्ने तरिका र विउ पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना (उपाप)ले उपलव्ध गराएको थियो । यही सिप र विउवाट  रोकायले व्यवसायीक रुपमा थालेको सिमी खेत्तीवाट सफलता हात परेको हो । उनको सवै वारीमा वर्षे सिमीको लगाएर खेत्ती गरिन थालेको छ । पहिले उनको जमिनमा मुस्किलले ५० के जी सम्मा उत्पादन हुने सिमी अहिले सोही जमिनमा ४ देखी ५ क्वीन्टल उत्पादन हात पर्ने  गरेको रोकाय वताउछन् । उनी भन्छन् “मैले उत्पादन गरेको ५ क्वीन्टल सिमी वाट १० क्वीन्टल चामल साटफेर गरेको गर्दछु ,मेरो ३ परिवारलाई अहिले खाना पुग्छ, पनि छोरा  पढाउन पाएको छु”।  रोकायको यहि लगनसिलताका कारण अहिले गाउँमा निकै चर्चा छ । \"IMG_1885-640\"रोकायको घरमा सिमीको विउ किन्ने देखी खेत्ती गर्ने तरिका सम्मा वुझन स्थानियहरु थालेका छन् । रोकाय भन्छन “ सिप सिकेर अहिले राम्रो नै उत्पादन हुने गरेको छ तर विकट गाउँ भएका कारण यहाँका स्थानियलाई तराकारी खेत्तीमा लाग्ने विभिन्न रोगहरुको औषधी दिएमा झनै राम्रो हुने थियो ”। गाउँ नजिकै पानीको खोला वगेको छ  हामी संगै पाईप छैन कसरी सिचाई गर्नु  रोकायले भने । दुर्गम वस्तीमा कसैले सिचाईको व्यवस्था गरीदिएको भए राम्रो हिउद याममा वाँझो जमिनमा अन्य खेत्ती गर्ने रोकायको ईच्छा रहेको छ । कृषि व्यवसाय स्वतन्त्र भएपनि सवै पक्षले सहयोग गरेमा अझ प्रभावकारी हुने रोकायको भनाई छ ।  मेहनत गर्ने वाँनी हराउदै गएको समयमा रोकायले गरेको यो मेहनतवाट सवैले पाठ सिक्नु र सहयोग गर्नु जरुरी छ । (पहारा मुलसामबाट फर्केपछि)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending