Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

आफन्तलाई सम्झँदै दरबारस्क्वायरमा बसेर भावविह्वल हुँदा सबैका आँखा रसाए

भक्तपुर, साँझ ढल्किँदै थियो, विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको दरबारस्क्वायरमा मानिस खचाखच थिए । भूकम्पमा परेर ज्यान गुमाएका भक्तपुरका ३३४ जनाको तस्बिर दरबारस्क्वायरको लामोपाटी, शिव मन्दिर र राष्ट्रियकला सङ्ग्रहालयको पेटीमा लहरै राखिएको थियो । प्रत्येक तस्बिरमा फूलको गुच्छा अर्पण गरिएको थियो भने अगाडि लहरै राखिएको दियोमा आफन्तले बत्ती बालिरहेका थिए । तस्बिरमा बत्ती बाल्दाबाल्दै कोही भक्कानिएर रुँदै थिए, कोही सम्झाउँदै । मानवीय आस्था नेपालले बुधबार साँझ भक्तपुरको दरबारस्क्वायरमा आयोजना गरेको भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि एवम् दीपप्रज्वलन कार्यक्रममा साँझपख भूकम्पमा ज्यान गुमाएकाको सम्झना गर्दै निकैले आँसु बगाए । साँझपखको त्यो क्षण आफन्त गुमाएकाको आँसु देख्दा कार्यक्रममा सहभागीको आँखा पनि उत्तिकै रसाएँ । भक्तपुर नगरपालिका–३ तचपाल मको गल्लिकी ३५ वर्षकी कञ्जन लवजुको भूकम्पमा आफ्नै घरले थिचेर ज्यान गुमाएका पति श्रीकृष्ण, १० वर्षको छोरा युनिस र दुई वर्षकी छोरी युरिकाको लहरै राखिएको तस्बिर अगाडिको दियोमा बत्ती बाल्दा आँसु थाम्नै सकिनन् । प्रेम विवाह गरेर जीवनलाई अगाडि बढाउँदै आएको परिवारलाई भूकम्पले खोसेपछि यतिखेर उनी एक्लो भएकी छिन् । काकाको घरमा बस्दै आएकी कञ्चनको आफ्नै बस्ने थलोसमेत छैन । भक्तपुर २ की एलिसा दुमरी आमा सरस्वती दुमरुको तस्बिर हेर्दै निकै रोइन् । लहरै राखिएका तस्बिर देखेर मन बुझाउने पनि थिए कतिपय । तर पनि आँखा सबैका रसाएका थिए । भक्तपुर–२ कै नानीमैया कोजू पति सीताराम र २३ वर्षको छोरा साजनलाई भूकम्पले चटक्क चुँडेर लगेपछि तस्बिर हेर्दै निकै रोइन् । जीवनको सहारा बनेको कान्छो छोरा सविनलाई आमा सम्हाल्नै निकै गाह्रो प¥यो । उन्नाइस वर्षकी छोरी सविता गुमाएकी भक्तपुर–२ की कान्छी बोहजु, सासू सर्यमाया र पाँच वर्षकी छोरी निर्वणा गुमाएकी अनिता गाम्बजार नै किन नहुन सबैका आँखा उत्तिकै रसाएका थिए । काकाकी दुईछोरी निरु र निर्मलाको तस्बिर अगाडि बसेर निकै रोइन् भक्तपुर–१३ की रामकेशरी भैल । उनलाई सम्हाल्न तीनजना छिमेकीलाई पनि निकैबेर हम्मेहम्मे प¥यो । कार्यक्रममा सहभागी उद्योग मन्त्री महेश बस्नेतले त्यो माहोल देखेर भाबुक हुँदै भने– ‘आकाश पनि रोएको आज, धुम्म छ आकाश, पानी पर्न खोज्दैछ, यो दरबारस्क्वायर पनि उत्तिकै रोएको छ, अब यो शोकलाई शक्तिमा बदल्नुपर्छ ।’ यो माहोल देखेर नायक राजेश हमालले भने, ‘यो भक्तपुरसँग मेरो पुरानो साइनो छ, चलचित्रको छायाङ्कनमा धेरै समय भक्तपुरमा रमाएको छु म, यो भक्तपुर भताभुङ्ग भएर रुदाँ आफूलाई सम्हाल्न मलाई निकै गाह्रो भएको छ ।’ लुम्बिनी विकास कोषका उपाध्यक्षसमेत रहेका भिक्षु निग्रोडदेखि कार्यक्रममा आएका स्वदेशी तथा विदेशी अतिथिलाई पनि भावविह्वल बनाएको थियो । कार्यक्रममा प्रत्येक मृतकका परिवारलाई प्रतिमृतक रु पाँच हजारका दरले सहयोग रकम प्रदान गरिएको थियो । संस्थाले भूकम्पमा ज्यान गुमाएका प्रत्येक व्यक्तिको तस्बिर बनाएर प्रदर्शनी गर्नुका साथै परिवारबाटै दीपप्रज्वलन गर्ने व्यवस्था गरेको महासचिव रवीन्द्र सापकोटाले बताए । मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जितले विभिन्न दाताबाट सङ्कलित रकमले भूकम्पपीडितलाई टहरा निर्माण गर्नेदेखि राहत रकम दिनेसम्मको सहयोग गर्दै आएको र यसलाई जारी राख्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE