Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सहमति अनुरुप प्रस्ताव बनाउन कांग्रेसले नमानेपछि १६ बुँदे सहमति धरापमा

काठमाडौं, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको ५ सदस्यिय उपसमितिमा नेपाली कांग्रेसले सोमबार राति भएको सहमतिलाई अस्विकार गरी संविधानको प्रस्तावनामा बहुलबाद भन्ने शब्द राख्नपर्ने अडान राखेका कारण आज दिनभर बैठक अवरुद्ध छ । संवाद उपसमितिले यहि कारण प्रस्ताव तयार गर्न नसक्दा दिउसो ३ बजेका लागि बोलाइएको संविधानसभा बैठक समेत सुचारु हुन सकेको छैन । गए सोमबार भएको सहमतिमा पनि कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशिल कोइरालाले यहि अडान लिएका कारण सहमति हुन मध्यरातसम्म कुर्न परेको थियो । पछी एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्झाएपछि मात्रै हस्ताक्षर गरेका कोइरालाले आज सोही शब्दमा अडान लिन आफ्ना प्रतिनिधिलाई भनेपछि उपसमितिले प्रस्ताव तयार गर्न सकेको छैन । सिहंदरबारस्थित संवाद समितिको कार्यालयमा जारी बैठकमा नेपाली कांग्रेसले १६ बुँदे सहमति विपरित ‘बहुलबाद’ भन्ने शब्द नराखी बैठक अगाडी बढ्न नसक्ने बताएपछि अहिले तिन ठूला पार्टी नेपाली कांग्रेस, एमाले र एमाओवादीका शिर्ष नेताहरु तथा दोस्रो तहका नेताहरुबिच बैठक चलिरहेको छ । यहि विवादका कारण १६ बुँदे सहमति समेत धरापमा पर्नसक्ने बताइएको छ । अपडेट: पछिल्लो समाचार अनुसार सहमति नजुटेपछि वहुलवादबारे संक्रमणकालीन व्यवस्था र संविधान संशोधनबारे निर्णय गर्दा टुङ्ग्याउने गरी अघि बढ्ने सहमति भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending