Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणको लागि रेडक्रसको कार्ययोजना मस्यौदा

काठमाडौँ, मानवीय सहायतामा कार्यरत नेपाल रेडक्रस सोसाइटीले स्थानीय स्रोत साधनलाई नै अधिकतम उपयोग गरी भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनामा सघाउने नीति अगाडि सारेको छ । भूकम्पको खोज, उद्धार तथा पहिलो चरणको राहत कार्य सम्पन्न भइसकेको भन्दै उसले आगामी दिनमा स्थानीय स्रोत साधनलाई उपयोग गर्ने गरी पुनःनिर्माणका कार्ययोजना अगाडि सारेको हो । कार्ययोजनालाई अन्तिम रुप दिन शुक्रवार आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले दिएको जानकारीअनुसार कार्ययोजनाले बासस्थान निर्माण, प्राथमिक उपचार, खानेपानी, सरसफाइ, आयआर्जनका क्षेत्रमा सहयोग पु¥याउने छ । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी महासङ्घको आर्थिक एवम् प्राविधिक सहयोगमा सोसाइटीले ती कार्य तत्काल सुरु गर्ने जनाएको छ । ती दिनका भूकम्पले हालसम्म आठ हजार ७७३ जनाको मृत्यु, पाँच लाख ४२ हजार ६३० घर पूर्ण क्षति, तीन लाख आठ हजार ११७ घर आंशिक क्षति तथा करिब दश अर्ब बराबरको भौतिक क्षति पुगेको आँकडा छ । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले स्थानीय स्रोत, सीप साधनलाई नै अधिकतम उपयोग गरी पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको बताए । उनले भूकम्पको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि आर्थिक एवम् प्राविधक सहयोग जुटाउन आगामी असार १० गते आयोजना हुने दाता सम्मेलनको तयारी तीव्ररुपमा भइरहेको जानकारी दिँदै सरकारले अहिले राहत वितरणका साथ पुनःनिर्माणका लागि क्षति आँकलन गरिराखेको बताए । संयुक्त राष्ट्र सङ्घका आवासीय समन्वयकर्ता जेमी म्याक्गोल्डरिकले मानवीय सहायता कार्यक्रमअन्तर्गत भूकम्पपीडितलाई तत्काल खाद्य तथा गैरखाद्य सामग्री अन्तर्राष्ट्रिय सहयोगस्वरुप प्राप्त भइराखेको चर्चा गर्दै पुनःनिर्माण तथा पुनःस्थापनामा पनि सहयोग प्राप्त हुने जानकारी दिए । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको एसिया प्रशान्त क्षेत्रका निर्देशक जगन चापागार्इंले समुदायमा आधारित रही भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन हुने जानकारी दिए । सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले सोसाइटीले पहिलो चरणमा भूकम्पपीडितका लागि राहत वितरण सम्पन्न गरेको जानकारी दिए । दुईदिने सो बैठकमा सोसाइटीले तय गरेको कार्य योजनाका बारेमा पुनःनिर्माण तथा पुनःस्थापना विज्ञहरुले छलफल गर्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending