Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

मूल्य नपाएपछि, आलु किसान चिन्तित

महोत्तरी। लागत अनुसारको बजार मूल्य नपाएपछि महोत्तरीका आलु किसान चिन्तित भएका छन् ।

दश कठ्ठामा आलुखेती गरेका गौशाला नगरपालिका– ३ का बेचन महतोले बजारमा आलुको मूल्य ओरालो लागेका कारण लगानीअनुसारको प्रतिफल नपाएपछि उनले चिन्ता व्यक्त गरे ।

भने, \'एक कठ्ठा आलु रोप्नका लागि सबै मिलाएर पाँच हजारको हाराहारीमा खर्च भएको छ । अझ आफ्नो मेहनेत र लगानीको फाइदा त परै जाओस् ।\' \'स्थानीय बजार पनि व्यवस्थित छैन्, उनले भने, \'बाहिरबाट व्यापारीले ल्याएको आलुले गर्दा स्थानीय आलुको उपयुक्त मूल्य पाउन सकेको छैन ।\'हाल प्रति कठ्ठा आलुको उत्पादन सातदेखि आठ क्विन्टल हाराहारीमा रहेको अर्का किसान रामसेवक सदाले बताए ।

\'अन्य तरकारी मौसममा बिक्री नगर्दा खेर जाने डर हुन्छन्\', उनले भने, \'आलुलाई बचाएर राख्ने हो भने यसलाई वर्षभरि नै बिक्री गरेर आम्दानी गर्न सकिन्छ । तर यहाँ शीत भण्डार छैन जसकारण आलुलाई बचाउनका लागि निकै नै मुश्किल परेको छ ।\'

यता सोही बजारमा टायर गाडामा आलु बेच्न आएकी गौशाला नगरपालिका–८ बेलगाछीकी रोजिना खड्काले भने, \'अहिले बजारमा आलुको राम्रो भाउ नै छैन, प्रतिकठ्ठा पाँच हजार उत्पादन खर्च लागेको आलु अहिले बजारको मूल्य अनुसार बिक्री गर्दा त्यसको आधामात्रै असुल हुने देखिन्छ ।\' उखुखेतीलगायतका अन्य बालीभन्दा तरकारीखेतीबाट भने मगन्य आम्दानी गर्न सकिन्छ तर यसका लागि उचित बजारीकरणको व्यवस्थापन हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

किसानले आलुलाई जोगाउन सकेपछि राम्रै आम्दानी गर्न सकिन्छ तर यहाँ आलु जोगाउनका लागि शीत भण्डारको अभाव छ । स्थानीय बजारमा अहिले आलुको थोक बिक्री मूल्य प्रतिक्विण्टल रु एक हजार ६०० देखि एक हजार ७०० सम्म रहेका छन् ।

दैनिकी कामकाज गर्न समस्या

महोत्तरी औरहीका ४२ वर्षीय सविर अन्सारीलाई खाना खान, पानी पिउनलगायतका दैनिकी कामकाज गर्न समस्या भएको छ ।

गत जेठमा गाउँमै आँप तोड्ने क्रममा रुखबाट खसेपछि घाइते भएका अन्सारी अहिले परनिर्भर भएका हुन् । डाढमा गम्भीर चोट लागेको उनको नशा च्यापिएको छ भने हात र खुट्टाका आँैलालेसमेत कामै गर्न छाडेका छन् । अपाङ्गता भएको अवस्थामा पुगेपछि उनकी श्रीमती लतिप्नी खातुनले उनलाई निरन्तररुपमा स्याहारसुसार गर्ने काममा व्यस्त हुन्छिन् । \'आफू सुकुम्बासी भएकै कारण जेनतेन घरपरिवार चलाउनका लागि मजदूरी गर्ने क्रममा एक दिन संयोग बिग्रियो, दुर्घटना भइयो, हातका औँलाले नै काम गर्न छाडेपछि आफू माटोको मूर्ति झैँ भइयो\', सविरले भक्कानिँदै भने ।

\'पहिलेपहिले सिलाइकटाइ गरी गाउँघरमै मजदूरी गरेर जसोतसो घरपरिवार पाल्दै आएका थिए तर अब औँलाले नै काम गर्न छाडेपछि चाहेर पनि केही गर्न नसक्ने अवस्थामा पुगेका छु\', उनले भने । अपाङ्गता परिचयपत्रका लागि फारम भरेको छ महीना बित्दासमेत अहिलेसम्म सम्बन्धित परिचयपत्र पाउन नसकेको श्रीमान्को सेवामा व्यस्त रहेकी उनकी श्रीमती लतिप्नी खातुनले बताइन् । उनले भनिन्, \'श्रीमान्को उपचारमा रु सात÷आठ लाख खर्च भयो तर उनी निको हुन सकेनन् । अब ऋण कसरी तिर्ने भन्ने चिन्ता आफूलाई सताइरहेको छ\', उनले भनिन्, \'एक त उनको यस्तो हालत, अर्को घरमा खानका लागि केही छैनन्, त्यसमाथि पनि ऋणको भार । काम गर्ने म एक्लै छु । समस्या नै समस्या छ हजुर ।\'

पहिले मजदुरी गरेर भए पनि घर परिवार चलाउँदै आएका थिए तर श्रीमान् दुर्घटनामा परेपछि घरपरिवार चलाउन निकै नै मुश्किल भएको लिप्तनी खातुनले बताइन्। उनले भनिन्, \'उनी (श्रीमान्) हिँडडुल गर्न सक्दैनन् । उनलाई एक्लै छाडेर मजदूरी गरेर पैसा आर्जन गर्ने अवस्था पनि छैन । त्यसमा पनि पाँच वर्षीय छोराको पालनपोषण र घरपरिवार कसरी चलाउने चिन्ताले आफूलाई सताइरहेको छ ।\'

औरही नगरपालिका वडा नंं २ का कार्यालयले सविर अन्सारीलाई हिँडडुल गर्न समस्या नहोस् भनेर एक थान ह्वीलचेयर प्रदान गरेका छन् । जसका कारण ऊ हाल गाउँघरमा घुमफिर गर्दै आएका छन् । वडाअध्यक्ष विनोद पञ्जियारका अनुसार यसभन्दा अगाडि पनि उनीजस्ता सुकुम्बासी घरपरिवारको हकमा वडा कार्यालयले सहयोगात्मक भूमिका निर्वाह गर्दै आएको छ । अब उनी शारीरिकरुपले असक्त रहेकाले उनलाई तत्कालका लागि एक थान ह्वीलचेयर प्रदान गरिएको र अगामी दिनमा पनि वडा कार्यालयले सहयोग गरिने वडाध्यक्ष पञ्जियारले प्रतिबद्धता जनाए। उनको पाँच वर्षीय छोरालाई चाँडै नै पठनपाठनका लागि आफू प्रयासरत रहेको वडाध्यक्ष पञ्जियारले भने ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy