Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रचण्ड र सिके राउतको तुलना गरेपछि यसरी चित्त दुखाए बाबुरामले

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डसँग सिके राउतको तलना गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। गत फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई सिके राउतसँग तुलना गरेको विषयमा डा. भट्टराईले असन्तुष्टि जाहेर गरेका हुन्।

उनले भने, ‘प्रचण्ड र हामी अहिले अलग ठाउँमा छौं । तर, प्रचण्ड भनेका जनयुद्धको नेतृत्व गरेर आएका मान्छे हुन् । हामीले सम्झौता गरेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको बिन्दुमा पुर्याएका हुन् । प्रचण्ड र सीके राउत उस्तै हुन् भन्ने हो ?’ उनले भने, ‘राउतले पृथकतावाद छाडेका हुन् भने आत्मसमर्पण गरेका हुन् । प्रचण्ड र बाबुरामले आत्मसमर्पण गरेका होइनन् । हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हुन् भन्दिने ?’

भट्टराईले प्रधानमन्त्रीले एकल निर्णयले सेना परिचालन गर्न सक्ने व्यवस्थाले सैन्य ‘कू’लाई आमन्त्रण भएको बताएका छन्। उनले यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकउन्मुख सोचको परिचायक मात्र भएको टिप्पणी गरेका छन्। उनले यो प्रयास निरंकुश शासक बन्ने बाटो भएको गम्भीर आरोप लगाए।

‘संसारभर कहीँ पनि यस्तो चलन छैन। सुरक्षा परिषदमार्फत नै सेना परिचालन गर्ने संसारभरिको प्रचलन छ’ सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले बनाइएको विधेयकमा सुरक्षा परिषद्को बैठक बस्न नसक्ने अवस्थामा प्रधानमन्त्री आफैंले सेना परिचालन गर्न सक्ने प्रावधान राखिएको छ। सुरक्षा परिषद्को पनि बैठक बस्न नसक्ने कस्तो परिस्थितिको परिकल्पना गरिएको हो ? यो सिधै सेनालाई लथालिंग पार्ने र आफूलाई मन परेको मान्छे टिप र ’कू’ गर भन्ने अर्थ लाग्छ।’

अहिले प्रधानमन्त्री ओलीले चाहेजस्तो आवश्यकता पर्न गएको हो भने शासकीय स्वरुपमा परिवर्तन गरी व्यवस्था गर्नुपर्ने भट्टराईले माग गरेका छन् । ‘यदि यस्तो आवश्यकता पर्न गएको हो भने शासकीय स्वरुप परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्न तयार हुनुपर्दछ’ भट्टराईले भने, ‘अन्यथा यस्तो कार्य प्रधानमन्त्रीको व्यक्तिगत महत्वाकांक्षा, स्वेच्छाचारिता र अधिनायकउन्मुख सोचको परिचायक मात्र हो।’

यस्तै, भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु सरकारको हतारोमा गरिएको अराजनीतिक र अपरिपक्व निर्णयको संज्ञा दिए। उनले भने, ‘विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध गरेर सरकारले गल्ती गर्‍यो।’

टीकापुर घटना राजनीतिक विद्रोह हो भन्दै यसलाई आपराधिक घटनाका रुपमा ब्यवहार गर्नु अन्यायपूर्ण भएको नयाँ शक्तिको भनाइ छ । ‘अतः टीकापुर विद्रोहलाई राजनीतिक रुपले नै संबोधन गरिनुपर्छ र मानीय रेशम चौधरीलगायत सबै अविलम्ब रिहा हुनुपर्छ’ नयाँ शक्ति पार्टीले भनेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending