Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

महाभारतकी पाञ्चालीमाथि ¥याण्डमा चर्चा

\"Ryandam\"पोखरा,साहित्यकार रवीन्द्र माकाजुको उपन्यास ‘पाञ्चाली’माथि ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालमा शनिबार चर्चा गरिएको छ । महाभारतकी पात्र द्रौपदी अर्थात् पाञ्चालीमाथि लेखिएकोे उपन्यासको चर्चा गर्दै पत्रकार यज्ञप्रसाद बास्तोलाले कृतिले महभारतको पात्रलाई वर्तमान सन्दर्भसापेक्ष बनाएर लेखेकाले माकाजुले राम्रो काम गरेको बताए । नारी वर्गप्रति सहानुभूति प्रकट गर्दै पुरुषको शोषक प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको बास्तोलाले बताए । लेखकीय मन्तव्य राख्दै ४३ वटा कृतिका लेखक रवीन्द्र माकाजुले यही रुपमा हाम्रो सनातन धर्म र संस्कृतिमाथि बाह्य आक्रमण हुँदै गयो भने नेपाली अस्तित्व नै खतरामा पर्ने भन्दै सनातन धर्म संस्कृतिलाई साहित्यमार्फत् लोकप्रिय बनाउनका लागि आफूले मिथकीय पात्रहरुमाथि कृति रचना गर्दै आएको बताए । पोखरामा असल प्रकाशकको खाँचो औँल्याउँदै माकाजुले असल साहित्यको संरक्षण हुनुपर्नेमा जोड दिए । सोसाइटीकमा अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सुरेश रानाभाट, केशवशरण लामिछाने, कल्याण पन्त, अभास दुलाल, महेन्द्र रिमाललगायतले टिप्पणी गगरेका थिए । सहसचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यक्रममा फेवा फाइनान्सका अध्यक्ष दिलबहादुर गुरुङ, प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, शिक्षाविद् हेरम्बप्रसाद कोइरालालगायतले शुभकामना दिएका थिए । उपाध्यक्ष महेन्द्र रिमालले स्वागत गरेको कार्यक्रममा पुस्तक छनोट समितिका सदस्य यादवराज उपाध्यायले आगामी असार २६ गते शनिबार हुने ५४औँ शृङ्खलामा नारायण ढकालको उपन्यास ‘वृषभ बध’माथि गुरुङ सुशान्तले परिचर्चा गर्नेे जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending