Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

प्रधानमन्त्री राहत कोषमा विभिन्न संस्थाद्वारा आर्थिक सहयोग

\"PMकाठमाडौं, भूकम्प पीडितहरुको सहयोगको निमित्त प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थाहरुले सहयोग गरेका छन् । प्रधानमन्त्री निवास बालुवामटारमा शनिवार बिहान आयोजित कार्यक्रममा सिंगापुर गोर्खा कम्युनिटी, सिक्किम हेल्पिङ्ग ह्याण्ड्स र सैलुङ्ग बचत तथा ऋण सहकारी संस्थाले सहयोग रकम प्रदान गरेका छन् । सिंगापुरमा रहेका नेपालीहरुको संस्था सिंगापुर गोर्खा कम्युनिटी, ब्रिटिस गोर्खा नेपाल मानभवन,जावलाखेलले भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९० लाख ८३ हजार २ सय ७६ रुपैया २२ पैसा बराबर १ लाख १९ हजार २ सय ३ दशमलव १० सिंगापुर डलर सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कम्युनिटीका गंगाबहादुर पुनले सो रकम प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सिक्किम हेल्पिङ्ग ह्याण्ड्स गान्तोक सिक्किमले पनि ८ लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । सो रकम संस्थाका प्रचार सचिव याङ्छु टी लेप्चाले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । संस्थाले नेपाल रेडक्रस सोसाइटी मार्फत २ ट्रक राहत सामग्री भूकम्प पीडितहरुलाई सहयोग गरेको पनि जनाएको छ । आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पुरानो वानेश्वर भिमसेनगोला अवस्थित सैलुङ्ग बचत तथा ऋण सहकारी लिमिटेडले पनि डेढ लाख रुपैया सहयोग गरेको छ । बालुवाटारमै आयोजित अायाेजित अर्काे कार्यक्रममा संस्थाका अध्यक्ष परशुराम राईले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy