Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

तारेभिर पहिरो पिडित भन्छन्, 'भूकम्पले घरमा बस्न दिएन, पहिरोले बारीमा'

\"tarevir\"काठमाडौँ, काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा शनिबार बिहान देखि पहिरो जान थालेको छ । पहिरोका कारण ७० घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन् । \'ठूला ढुङ्गा खसेर पहिरो जान थालेपछि घरमा बस्न नसकिने अवस्था भएको छ, भूकम्पले एक महिना जति घर बाहिर बारीमा बसियो, पहिरोले बारीमा पनि बस्न नसकिने अवस्था आएको छ\' – स्थानीयवासी सम्पूर्ण लामाले भने । पहिरो गएको खबर पाउनासाथ सभासद् रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका कार्यकारी अधिकृत रामचन्द्र तिवारी एवम् राजनीतिक दलका नेता कार्यकर्ता अवलोकनका लागि तारेभिर पुगेका थिए । त्रसित स्थानीवासीले बस्ती सार्ने पहल गरिदिन अनुरोध गरेको सभासद् फुयाँलले राससलाई जानकारी दिए । \'जोखिममा रहेको ७० घरपरिवारलाई गोठसल्लाघारी वनमा राख्ने पहल गर्दैछौँ, संयोगले मानवीय क्षति नभए पनि अवस्था गम्भीर भएकाले नगरपालिका र राजनीतिक दलका नेताको आकस्मिक बैठकले बस्ती सार्ने निर्णय गरेका हौँ\' – सरकारले गठन गरेको बस्ती स्थानान्तरण समितिको संयोजकसमेत रहेका सभासद् फुयाँलले भने । नेपाली काँग्रेस ३ नं क्षेत्रका सचिव एवम् स्थानीयवासी श्रीकृष्ण ज्योति स्थानान्तरण गरिने घरपरिवारका मानिसलाई राहतसहित बस्ने खाने व्यवस्था गर्न सरकारसँग माग गरिएको बताउछन् । \'पहिरो गएको स्थानमा डरलाग्दो दृश्य देखिएकाले भौगर्भिक अध्ययनका लागि खानी तथा भूगर्भ विभागलाई छिटो अध्ययन गर्न आजै खबर गरेका छौँ, ठूला धाँजा फाटेको र दैनिक वर्षा हुन थालेकाले वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था छ\' – उनले भने । वैशाख १२ गतेको भूकम्पका दिन सामान्य पहिरो गए पनि धाँजा फाटेका स्थानमा शुक्रबार रातिको वर्षाले पहिरो गएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । पहिरो बढ्दै गएमा नगरपालिकाका ७ र ८ नं वडाका २०० घर परिवारसम्मलाई असर पुग्ने स्थानीयवासी ज्योतिले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending