Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

स्टेरिङ घुमाउदै जनसेना भएर बन्दुक चलाएका हात

\"janasena\"पूर्व जनमुक्ति सेनाका लडाकु हुन भोजबहादुर थापा \'कुमार\' । तत्कालिन नेकपा माओवादीले शूरु गरेको जनयुद्धमा सामेल भएर देशलाई मुक्ति दिने सपना सहित बन्दुक समाएका कुमारका हात अहिले गाडिको स्टेरिङ समाउछन् । थापा भन्छन \'पहिले पनि जनताको सेवाको लागि मुक्तिको लागि युद्धमा लागियो अहिले पनि जनताको सेवाको लागि ट्याक्सी चलाएको छु ।\' उनको आफ्नै ट्याक्सी हो चालक पनि आफै मालिक पनि आफै । थापा \'भन्छन यो मेरो जीवन नाफाको जीवन हो ।\' २०५८ सालमा कक्षा १० मा पढ्दा खेरी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा सामेल हुँदै विद्यार्थी राजनीति शूरु गरेका थिए । त्यति बेला देशमा जनयुद्ध विस्तारै चर्किदै थियो । माओवादीसँग देशलाई बदल्ने ठूला ठूला सपना र योजना थिए । थापालाई पनि त्यो योजनाले तान्यो र २०५८ सालमा भूमिगत भए । उनी भूमिगत हुँदा उनलाई देशको लागि लड्नु पर्छ र आवश्यकता परेको बेलामा सहिद पनि बन्न पर्छ भन्ने बाहेक अरु केही थाहा भएन र सोचनन् पनि । अखिल (क्रान्तिकारी) म्याग्दीको दुई पटकसम्म जिल्ला अध्यक्ष भएर काम गर अनि जनमुक्ति सेनामा पनि । विद्यार्थी संगठनमा रहँदा पनि आवश्यकता अनुसार लडाईमा जानु पथ्र्यो । उनको माओवादी राजनीतिमा सबै महत्वपूर्ण क्षण भनेको बेनीको आक्रमण हो । त्यतिबेला सहिद भईयो भनेर पनि बाचेको जीवन हो यो, उनले भने । तत्कालिन शाहि सेना र प्रहरीसँग उनको पटक पटक जम्का भेट भयो । ल अब त मरियो भन्ने हुन्थ्यो तर बाचिन्थ्योु थापा भन्छन । स-साना युद्धहरुमा धेरै ठाउँमा सहभािग भए थापा । हेर्दा हेर्दै धेरै साथीहरु गुमाए उनले । ति साथीहरुको सम्झना अझ पनि झलझली आउँछ उनको मानस्पटलमा । \'आज छुटेको साथीसँग भोलि पल्ट भेट हुदैन्थ्यो । उसले सहादत प्राप्त ग¥यो रे भन्न खबर मात्र आउथ्यो ।\' भावुक मुद्रामा उनी बोले । उनीसँग सहकार्य गरेका धेरै साथीहरु अहिले जिउँदो छैनन्, छन् त केवल उनको सम्झनामा । थापा अझै सम्झनछन् साथीहरु भेट भएमा उनीहरुले मजासँग हासो ठट्टा गर्थे । रमाईलो गरी सँगसँगै खाना खान्थे । उनीहरुको एउटै बोली हुन्थ्यो भोलि त के हो के हो आज त पेटभरी खाउँ साथी हो । संयोग भनौ या नियती त्यस्तै हुन्थ्यो हिजो संगै खाना खाएर छुटेको साथीको लास फेला पथ्र्यो अझ कति सहादत भए भन्ने खबर हुन्थ्यो अरु केही पनि थाहा नहुने । उनलाई मर्न देखि कहिल्यै डर लागेन, मरिन्छ भन्ने जान्दा जान्दै पनि देशका लागि भनेर युद्धमा होमिएका थिए । धरै रात उनले जंगलमा विताए, भोको पेट बसे, अझ कतिपय स्थानमा त पानी समेत पीउन पाएनन् तर पनि उनीहरु दुखि थिएनन् कारण उनीहरु देश र जनताको लागि युद्ध भूमिमा थिए । २०६३ मंसिर मंसिर पाँच गते तत्कालिन माओवादी पार्टी र नेपाल सरकारवीच भएको विस्तृत शान्ति सम्झौता पछि उनी जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनासँग समायोजन हुनका लागि माओवादी क्याम्प गए । चितवनमा रहेको तेश्रो डिभिजन बसन्त स्मृति विग्रेडको २ नम्बर बटालियनमा रहेर लेखापालको रुपमा झन्डै पाँच वर्ष काम गरे । क्याम्प रहँदै २०६४ सालको चूनावमा जिल्ला आएर खटे । पार्टी विजयी पनि पनि भयो । उनीहरुलाई लागेको थियो अव त हाम्रो, हाम्रा शहिदहरुको सपना पूरा हुने भयो । उनीहरुकै पार्टी नेपालको सबै भन्दा ठूलो पार्टी बन्यो, सरकार बन्यो तर उनीहरुको सपना माथि विस्तारै तुसरापात हुन थाल्यो । जुन सपना साँचेर उनीहरु युद्धको मैदानमा होमिएका थिए त्यहि सपना चकानाचुर हुने अवस्था सिर्जना भयो । १० वर्षे युद्धमा योग्य बनेका उनका सहपाठीहरु अयोग्य बन्न थाले । छाति, उचाई केही नपापीकन जनमुक्ति सेना बनेकाहरुको छाति नाप्न थालियो । जव २०६३ सालमा विस्तृत शान्ति सम्झौता भयो अनी उनको हतियारले विश्राम पायो । २०६८ साल चैत्र २८ गते जनमुक्ति सेनालाई नेपाली सेनामा रुपान्तरण गरियो । जनमुक्ति सेनाको नाम निसान नै मेटिने गरी सम्झौता भयो । सिँगो देशलाई परिवर्तन गर्ने, हाक्ने, गरिब, मजदुर सत्ता ल्याउने सपना बाडेको पार्टी नै टुक्रा टुक्रा बनेपछि उनीहरुमा राजनीतिक वितृष्णा जाग्यो । उनी राजनीति गर्ने उद्देश्य सहित स्वच्छिक अवकाश रोजेर क्याम्पबाट पुनः म्याग्दी फर्कीए । तर पार्टी विभाजित भएपछि सबैको सपना तुहियो । सबैमा वितृष्णा जाग्यो अरु के के भए तर थापा भने “गुरुजी” भए । कसको विचार सहि भन्ने कसलाई सहयोग गर्ने उनीहरु अन्यौलमा परे अनि “न्युटल” बस्ने निर्णय गरे । अनि नयाँ जीवनको शूरुवात गरे १५ लाखको लगानीमा ट्याक्सी किनेर । अहिले उनले मासिक ५० हजारसम्म आम्दानी गर्छन । गाउँका मानिसहरुले फोन गरेर बोलाउछन उनी आफ्नो गाडि जाने ठाउँसम्म पुग्छन । कमरेडबाट “गूरुजी” भएका थापा आफै मालिक आफै श्रमिक हुन । उनी ट्याक्सी चालकसँगै म्याग्दी ट्याक्सी व्यवसायी समितिको सह(सचिव समेत हुन । व्यवसायिक हितमा समेत लागेका छन् थापा । पार्टी फेरी एक ठाउँमा आएर सहि दिशा लिएमा राजनीतिमा पुनः फर्कने उनको उद्देश्य छ । राजनीतिबाटै समाज परिवर्तन हुने भएकोले नेतृत्वले पुनः जनताको बीचमा आएर जनताको समस्या समाधानमा लागे आन्दोनमा लाग्ने बताउँछन । पढ्ने बेलामा बन्दूकका घोडा दबाएका थापा अहिले गाडिको हर्न थिच्दै छन् । जनतालाई यो समाजबाट नयाँ समाजमा लैजाने बाचा गरेका थापा अहिले बेनी-दरबाङ ल्याउने र लैजाने गर्दैछन् र पनि उनी ट्याक्सीको स्टेरिङ घुमाएर आफ्नो जीवन व्यतित् गर्दैछन् र यसैमा खुसी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies