Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

१६ बुँदे सहमति शक्तिकेन्द्रलाई झड्का : प्रचण्ड

\"Prachandaकाठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गतसाता भएको १६ बुँदे सहमति पार्टीहरुले आफ्नै खुट्टामा उभिएर गरेकाले त्यसले ‘हामीबिना नेपालमा केही हुनै सक्दैन भन्ने शक्तिकेन्द्रहरुलाई झड्का दिएको’ विश्लेषण गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकमा उक्त विश्लेषण गर्दै अध्यक्ष प्रचण्डले शक्तिकेन्द्रहरुको संलग्नताविनै १६ बुँदे सहमति भएकले त्यसको कार्यान्वयनमा गम्भीर अवरोधहरु खडा हुन सक्ने बताए । बैठकमा सहभागी १ नेताले अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै खबरडबलीसँग भने– ‘सहमतिको सरकार बन्न नदिन अहिलेको कोइराला सरकारलाई नै निरन्तरता दिने खेल सुरु भइसकेको छ, त्यसले संविधान पनि बन्न नदिने स्थिति सिर्जना गर्न सक्छ ।’ १६ बुँदे सहमतिले संविधान बन्ने वातारवण बनाएको ब्रिफिङ गर्दै प्रचण्डले त्यसलाई बिगार्ने खतरा रहेको हुँदा अबको एक महिना पार्टीको पूरै शक्ति सहमति कार्यान्वयनका निम्ति लागिपर्नुपर्ने उल्लेख गरे । अध्यक्ष प्रचण्डले एमाओवादीले आफ्ना एजेन्डा नछाडेको बताउँदै १६ बुँदेबारे समग्र पार्टीपंक्ति र आम जनतामा स्पष्ट पार्न जनतामाझ जान नेताहरुलाई निर्देशन दिए । संघीयतामा सीमांकन अहिल्यै हुनुपर्ने अडान राख्दा प्राप्त अहिले भएका उपलब्धिहरु समेत गुम्ने र पार्टीहरु नै नरहनेसम्मको अवस्था आउने खतरा देखिएकाले सम्झौता गरेर जानुपरेको बिफ्रिङ गर्दै प्रचण्डले भूकम्पपछि सेना, प्रहरी जनतामाझ पुगेको तर तिनको तुलनामा पार्टीहरु पुग्न नसकेकाले आफूलाई संकट पर्दा आउने त यिनै मात्र रहेछन्, पार्टीहरु किन चाहियो भन्ने बुझाइ जनतामा बढ्न सक्ने खतरा बढेकाले पनि आफूहरु यथासम्भव छिटो सहमतिमा पुग्नुपरेको विश्लेषण उनले सुनाए । १६ बुँदेपछि मधेशको ‘सेन्टिमेन्ट’ भड्कन सक्नेतर्फ नेतृत्वको बैठकमा सहभागी नेताहरुले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् । त्यसैले अहिलेको सहमतिबारे मधेशका जनतालाई स्पष्ट पार्न शीर्ष नेताहरु नै अभियानकै रुपमा मधेशमा जानुपर्ने प्रस्ताव नेताहरुले राखेका छन् । बैठकमा बोल्ने नेताहरुले राज्य र स्थानीय चुनावमा समानुपातिकको स्थिति के हुने भन्नेबारे सहमतिमा केही उल्लेख नभएकोबारे शीर्ष नेताहरुसँग प्रश्न गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy