Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

यार्सागुम्बामा शिक्षाको भविष्य खोज्दै डोल्पाका विद्यार्थी

[caption id=\"attachment_23648\" align=\"alignleft\" width=\"300\"]\"file file photo[/caption] डोल्पा, पछिल्लो समयमा यार्सागुम्बा स्कुले विद्यार्थी, असहाय, अनाथ, बालबालिकाका लागि पनि सहारा बन्दै गएको छ । विद्यार्थीको पढाइखर्चको आधारनै यार्सागुम्बा भएकाले यतिखेर डोल्पा, जाजरकोट, रुकुमलगायत जिल्लाका विद्यार्थी यार्साको खोजीमा हिमाली यार्सापाटनतिर लागेका छन् । यार्सा गुम्बा ठुला मान्छेको तुलनामा केटाकेटीले धेरै भेट्टाउने भएकाले पनि अधिकांश स्कुले बालबालिका पाटन जाने गर्दछन् । डोल्पालीहरू र छिमेकी जिल्लाबासीहरूको मुख्य आर्थिक उपार्जनको मुख्य स्रोतनै यार्सागुम्बा भएकाले पनि यतिखेर विद्यालयनै शून्य पारेर विद्यार्थी, शिक्षक पाटनतिर लाग्ने गर्दछन् । डोल्पा, जाजरकोटमा, रुकुमलगायत जिल्लामा यार्सासिजनको सुरुवात भएलगत्तै सबै विद्यालयहरू बन्द हुने गर्दछन् । यतिखेर जिल्ला शिक्षा कार्यालयले पनि अनौपचारिकरुपमा एक महिनाका लागि विद्यालय बन्दको अनुमति दिने गर्दछ । आफ्नो विद्यालय एक महिनाका लागि बन्द भएकाले यार्सागुम्बाको खोजीमा डोल्पाको रुपपाटन यार्सापाटनमा आएको रुकुम जिल्लास्थित आठबिसकोट दाजेका बबी विकले बताए । बाह्र वर्षीय उनी अहिले कक्षा ७ मा पढ्दैछन् भने उनका बुबाआमा दुवै नभएकाले यार्साको खोजीमा काकासँग आएका छन् । यार्सागुम्बा टिपेर कमाएको पैसा केही कापी कलम किन्न र केही सामानहरू किन्नमा खर्च गर्ने उनको भनाइ छ । आर्थिक अवस्था निकै कमजोर भएका उनी पहिलोपटक यार्सा टिप्न आएको र यसपालि एउटा पनि यार्सा नभेटिएकाले त्यसै घरफर्कन लागेको बताउँछन् । त्यस्तै, डोल्पा त्रिपुराकोटका बिर्खबहादुर कठायत पनि यसपालि यार्साको खोजीमा यार्सापाटनतिर लागेका छन् । उनको पनि आर्थिक अबस्था निकै कमजोर भएकाले हरेक वर्ष यार्सा टिपेरै पढाइखर्च उठाउने गरेको उनको भनाइ छ । [caption id=\"attachment_23652\" align=\"alignleft\" width=\"300\"]\"IF\" file photo[/caption] गत वर्ष यार्सा टिपेरै रु २५ हजार कमाई गरेका उनी यसपाली यार्सा टिपेर एसएलसी गरिसकेपछि जिल्ला बाहिर पढ्नजाने सोच बनाएको बताएका छन् । अर्की त्रिपुराकोट गाविस–२ की विष्णु रुपा विष्ट पनि यसपाला यार्साको खोजीमा पाटन लागेकी थिइन् । पाटन गएको पाँच दिनमै बिरामी परेपछि खालिहात घर फर्केको उनले बताइन् । अहिले ११ कक्षामा पढ्दै गरेकी उनले यसपालि स्वास्थ्यले साथ नदिएकाले यार्सा गुम्बाबाट एक रुपैयाँ पनि कमाई नभएको बताइन् । अर्का स्नातक तेस्रो वर्ष पढ्दै गरेका रत्नबहादुर विष्ट पनि यार्सा गुम्बाको खोजीमा पाटनतिर लागेका छन् । गत वर्ष २० दिनमै रु तीन लाख कमाएका उनी यसपाला पनि १० दिनमै रु पचास हजारको हाराहारीमा एकसय पचास बोट यार्सागुम्बा सङ्कलन गरिसकेको बताउँछन् । घरमा कसैको पनि रोजगार नभएका उनले यसरी कमाएको पैसा, भाइबहिनीको पढाई तथा घरायसी खर्चमा लगाउने गरेको बताए । यसरी यार्सागुम्बाकै खोजीमा बर्सेनि हजारौँ विद्यार्थीहरू हिमाली पाटन जाने गर्दछन् भने कसैले पाटनमै मुत्युवरण गर्ने गर्दछन् । यसरी मर्नेमा अधिकांश चिसोले र खानको सन्तुलन नमिलेर मर्ने गरेको स्थानीय त्रिपुरा मेडिकलका अहेव कबिप्रसाद उपाध्यायले बताए । यार्साको खोजीमा पाँच वर्षीय बालकदेखि माथिका सबै पाटनतिर लाग्ने गर्दछन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending