Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

एसएलसीको नतिजा असार पहिलो साता

भक्तपुर, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गत वर्ष जेठ ३० गते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने भएको हो । कार्यालयले यस वर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लागेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्नेगरी अन्तिम तयारीमा लागेको बताए । उनले अति गोप्य कामहरु भइरहेको जानकारी दिँदै यी काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताए । परीक्षा गत चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो । यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिकाको नतिजा असारको दोस्रो सातामात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्वारेले भने, ‘प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यसको एकसातापछि मात्रै प्राविधिकतर्फको नतिजा सार्वजनिक हुनेछ ।’ प्राविधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशित गर्ने भएकाले एकसाता ढिलो हुने भएको उनको भनाइ छ । यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएको द्वारेले जानकारी दिए । यसवर्षबाट सुरु गरिएको प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy