एक जनाले चढाए १ रुपैयाँ ३३ पैसा
६ लाख दर्शनार्थीले चढाएको भेटी ८ लाख मात्र, एक जनाको भागमा १ रुपैयाँ ३३ पैसा
कोषका सदस्य सचिव भन्छन्, –सबैले भेटी चढाउँदैनन
वर्षमा दुई लाख पनि दुई वर्षमा १० करोड पनिएक वर्षमा दुई लाख पनि र दुई वर्षमा १० करोड रुपैयाँ भेटी संकलन भएको तथ्यांक कोषसँग नै छ । सरकारले पशुपति मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८ लागू गरेपछि २०६९ असारमा गरिएको हिसाबमा तीन महिनामा २ करोड ५६ लाख २६ हजार रुपैया“भन्दा बढी संकलन भएको थियो । २०७० साउनमा भेटी सार्वजनिक गर्दा दुई वर्षको आम्दानी दश करोड ६९ लाख १८ हजार रुपैया भन्दा बढी संकलन थियो । कोषका अनुसार २०७० असारसम्म विषेश पूजाबाट मात्रै ४ करोड २८ लाख भेटी संकलन भएको थियो । ठूला पर्व बाहेक पशुपतिमा दिनह“ तीस भन्दा बढी विषेश पुजा गरिन्छन् । यस्ता पूजामा दर्शनार्थीले कम्तिमा प्रतिपूजा २० हजार भेटी चढाउने गरेका छन् । यही हिबासले पनि दिनकै भेटी ६ लाख हुन आउछ । पशुपतिका हनुमान, नवग्रह, उन्मुक्तभैरव, चौसट्ठी लगायतका मन्दिरबाट यसरी भेटी संकलन हुने गरेको छ । नियमावली आउनु अघि २०६७ सालसम्म एक वर्षको भेटी दुई लाख हुने जनाउने गरिन्थ्यो ।
२०७० साउनमा भेटी सार्वजनिक गर्दा दुई वर्षको आम्दानी दश करोड ६९ लाख १८ हजार रुपैया भन्दा बढी संकलन थियो । कोषका अनुसार २०७० असारसम्म विषेश पूजाबाट मात्रै ४ करोड २८ लाख भेटी संकलन भएको थियो ।महाशिवरात्री, तीज, साउने सोमबार, विशेष पूजा, पर्यटक प्रवेश शुल्क, भारतीय दर्शनार्थीले गर्ने ठूला दान पशुपतिका मुख्य आयस्रोत हुन् । तर, भारतीय भट्टको मनोमानी चल्दा २०६८ अघि पशुपतिमा पत्याउनै नसकिने गरी भेटी सार्वजनिक गरिन्थ्यो । पर्यटक शुल्क र पार्किङबाट मात्र वर्षेनी २८ करोडभन्दा बढी आम्दानी हुन्छ । कोष अन्तर्गत विभिन्न ठाउँमा रहेका जग्गाभाडाबाटसमेत पैसा उठ्ने गरेको छ । त्यतिबेला लाखौ भक्तजनले दान र सहयोग गरेको रकम पारदर्शी बनाउन गरेको प्रयास राम्रो देखिएको थियो । दुई वर्षमा जम्मा भएको भेटी तीन महिनामै संकलन भएको थियो । २०६८ चैतमा नियमावली लागू भएपछि दुई वर्षमा भेटी, दान र दक्षिणबाट उठेको थियो । नियमावलीपछि २०६८ चैत २६ गते भेटी सार्वजनिक गरिएको थियो । पहिलो दिन नै एक लाख १३ हजार ६६ रुपैया“ भेटी संकलन भएको थियो । कहिले वर्षहरुको दुई लाख र कहिले एक दिनको एक लाखभन्दा बढी भेटी संकलन भएको तथ्यांक आपैंmमा मेल खाँदैनन् । त्यतिखेर तीन महिने अनुपातमा भेटी संकलन भए एक वर्षमा १० करोड भन्दा बढी भेटी संकलन हुने विकास कोषका पदाधिकारीहरुले नै दाबी गर्दै आएका छन् । नियमावली आउनु अघि भारतीय मूल भट्टकै मनोमानी पशुपति मन्दिरमा चल्ने गरेको थियो । उनकै स्वविवेकमा पशुपति मन्दिर व्यवस्थापनका लागि पैसा उपलब्ध गराइने चलन थियो । नियमावली अघि भेटीको हिसाब राख्न खातापाता नै थिएन । नियमावली आएपछि मात्र भेटी सार्वजनिक गर्न थालिएको हो । पशुपति र वासुकी मन्दिरमा गरिने पूजाबाट मात्र करिब डेढ करोडभन्दा बढी संकलन हुने गरेको छ । मूल मन्दिरबाट धेरै र वासुकी मन्दिरबाट अलि कम भेटी उठ्ने गर्छ । पशुपतिमा तीज, महाशित्ररात्रीमा लाखौ भक्तजन ओइरिन्छन् । कोषले नै ८/१० लाख भक्तजन आएको उल्लेख गर्ने गरेको छ । कोष अन्तर्गत ११६ कर्मचारी, मूल भट्ट, भट्ट, सरक्षाका लागिसुरक्षकर्मी , मन्दिरको सरसफाई, मर्मत सम्भारको लागि रकम खर्च हुने गरेको छ । भेटी संकलन कहिले कत्ति आथिर्क बर्È ०६८/६९ मा २ करोड ८० लाख ३९ हजार आर्थिक वर्ष ०६९/७० मा ७ करोड ८८ लाख ७९ हजार कोष दुरुपयोगमा एमाले नेतासहित दुई पूर्व सचिव कोषको बालुवाखान ठेक्का प्रकरणमा ४६ करोड ५७ लाख अनियमितता गरेकोमा मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको कोष दुरुपयोग गरेको अभियोगमा गत माघको पहिलो हप्ता कोषका दुई पूर्व सदस्यसचिव र कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । कोषको स्वामित्वमा रहेको बालुवा खानी ठेक्मा प्रकरणमा कोषका पूर्व कर्मचारी र ठेकेदार संलग्न भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । कोषको अन्तर्गतको बालुवाखानी ठेक्कामा । ४६ करोड ५७ लाख रुपैयाँ अनियमितता भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । कोषका तत्कालीन सदस्य सचिवहरु निर्मल कुइकेल र शुसिल नाहाटा मुद्दा दायर गरिएका उच्च अधिकारी हुन् । कुईंकेल एमाले काठमाडौं जिल्ला अध्यक्षसमेत हुन् । एमालेले नै उनलाई कोषको सदस्य सचिवको लागि सिफारिस गरेको थियो । स्थानीय व्यक्ति भएको हुनाले पनि उनी पशुपति मन्दिर, यस अन्तर्गतको कोषबारे विशेष जानकार मानिन्छन् । कुर्ईकेल एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं ४ बाट उम्मेदवार बन्दै कुईंकेल कांग्रेसका गगन थापासँग पराजित भएका थिए । कोषका निर्देशक राजकुमार रेग्मी, काठमाडौं जिविसका पूर्व स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठसहितविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । सुशील नाहटालाई सचिवको लागि कांग्रेसले सिफारिस गरेको थियो । बालुवा खानी अनियमितता प्रकरणमा जिविसका पूर्व अधिकृतको पनि संलग्नता पाइएको छ । स्रोतका अनुसार अख्तियारले जिविसका तत्कालीन योजना अधिकृत भिष्म मल्ललाई प्रतिवादी बनाएको बुझिएको छ । केही ठेकेदारहरुको पनि प्रत्यक्ष संलग्नता रहेको भन्दै प्रतिवादी बनाइएइको थियो । बच्चुराम दाहाल, मिठाराम दाहाललाई प्रतिवादी बनाइएको हो ।
प्रतिकृया लेख्नुहोस्: