Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

आन्दोलन गर्न हामी वाध्य छौं

\"\"हामी आफैं पीडामा छौं । सरकारलाई गत चार महिनादेखि यस्तो अवस्था आउन सक्छ भनेर अवगत गराएका थियौं । अब अहिले आएर हाम्रा कुरा केहि पनि नसुनी एकाएक समायोजनमा लान खोजिएको छ । त्यसैले विरोध गरेका हौं । हाम्रो आन्दोलनका कारण जनताले सेवा पाउनु भएको छैन् । हामी त्यो विषयमा गम्भिर पनि छौं । तथापी गरिएको यो आन्दोलन जनताकै लागि उठाएको हो । सरकारबाट सकारात्मक पहल आयो भने जनतालाई नै फाइदा हुन्छ । यो परिस्थितिको जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्दछ । हामीले सबै विकल्पहरुको खोजी गरिसकेपछि नभएर आन्दोलनलाई अन्तिम विकल्पको रुपमा रोजेका हौं । हामीले निरन्तर र्याली, धर्ना, रक्तदान, शिविर सञ्चालन जस्ता काम गर्यौं । चिकित्सकले गर्ने पनि यस्तै प्रकृतिको आन्दोलन हो । तर सुनुवाई भएन । हाम्रो कुरा कसैले सुनिदिने अवस्था रहने । अहिले हामी स्वास्थ्य सेवा बहिस्कारमा छौं । तर यस्तो अवस्थामा पनि हामीले आकस्मिक सेवा छोडेका छैनौं । आकस्मिक सेवा दिनु हाम्रो नैतिक जिम्मेवारी पनि हो । हामीले हाम्रो धर्म छोडेका छैनौं । तर दुःखद अहिलेसम्म पनि सरकारी पक्षबाट हाम्रो आन्दोलन बारे केहि बोलिएकाे छैन् । केहि पहल गरिएको छैन् । सरकार किन यति संवेदनहिन भएको भनि सोध्न चाहन्छु । यो आन्दोलन अनिश्चितकालिन हो । सरकारले हाम्रो आन्दोलनको सुनुवाई गरेन भने हामी तुरुन्तै जागिर छोड्न पनि तयार छौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नयाँ डाक्टर ल्याउँछौं भन्नुभएको छ । यहि विषय सरकारले आधिकारिक ढंगले भन्यो भने हामी सामुहिक राजीनामा दिएर अगाडि बढ्न तयार छौं । हामीले गरेको यो निर्णायक आन्दोलन हो । सरकार संवेदनहीन नहोस । हामी चिकित्सक हौं । हामीले जनताको उपचारलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ । तर यहाँ हामीलाई विभेद गर्न खोजियो । चिकित्सकलाई अवैज्ञानिक र असमान समायोजन गरी स्थानीय तहमा कनिष्ठ कर्मचारी मातहत राख्ने व्यवस्था गर्न लागियो । हाम्रो वृत्तिविकासमा अप्रत्यक्ष अवरोध सिर्जना गर्न खोजियो । कर्मचारी समायोजनको विषय आउँदै गर्दा कोही विज्ञलाई पनि राखिएन । कसैको सरसल्लाह नलिई अवैज्ञानिक रुपमा ऐन ल्याउँदा हामी आन्दोलनमा उत्रिएका हौं । कर्मचारी समायोजन ऐनबाट दुर्गम, अतिदुर्गममा चिकित्सक नहुने तर केन्द्रमा थोपरिने अवस्था आयो । त्यहाँका जनताले चिकित्सकीय सेवा नपाउने अवस्था बन्दैछ । जस्तो धनगढी अस्पतालमा १५ जना चिकित्सकहरुले काम गरिरहेको अवस्था थियो । त्यहाँ संघीयताको मर्म अनुसार १५ जना थपेर २० जना बनाउनु पर्ने थियो । तर सरकारले १३ जनालाई केन्द्रमा बोलाएर अहिले २ जनाले मात्रै चलाउने अवस्था आएको छ । सुर्खेत अस्पतालमा पनि २० जना चिकित्सकको ठाउँमा जम्मा ५ जना बाँकी छन् । सबैलाई केन्द्रमा थुपारियो । धेरै चिकित्सक भएको प्रदेश नं. २ प्रदेश नं. ३ मा थुपारियो । यो प्रक्रिया कुनै वैज्ञानिक छैन् । यस्तो अवस्थामा हामीले जागिर खान पनि सक्दैनौं । हाम्रो मागमा पनि प्रधानमन्त्रीले प्रतिबद्धता जनाईसक्नु भएको थिथो । तर प्रतिबद्धता जनाउने व्यवहार भने ठिक उल्टो रुपमा गर्ने काम भयो । समायोजनमा कार्यक्रममा एउटा डाक्टर एउटा अस्पतालमा गएर काम गर्यो भने जिन्दगीभर त्यहिं रहने अवस्था छ । त्यसको अन्यत्र सरुवा पनि नहुने, बढुवा पनि नहुने जस्ताे छ । यसले हाम्रो बृद्धि विकासमा कति प्रभाव पार्ला आफैं सोच्नुहोस न ! चिकित्सकलाई निश्चित अवधि पछि सरुवा बढुवा गराउने प्रक्रिया ल्याएको भएका वैज्ञानिक हुने थियो । अहिले पनि चिकित्सक दुर्गममा जान चाहन्छन् । त्यहाँका जनतालाई सेवा गर्न चाहन्छन् । तर, सधैं एकै ठाउँमा भनिएको छ यो त ठिक भएन नी ! सरकारले दिने निर्देशन मान्नु पनि पर्छ । तर, यहाँ हामीसँग प्रधानमन्त्रीले एउटा सहमती गर्नुहुन्छ अर्को कानून हामीलाई लगाइन्छ । जसले हामीलाई अन्तिम आन्दोलनको रुपमा लिनुपर्ने अवस्था आएको छ । (बहसकर्ता : सरकारी चिकित्सक संघका अध्यक्ष हुन् )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies