Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सरकारका कारण गरिब विद्यार्थी स्तरीय शिक्षाको पहुँच बाहिर

\"\"अहिले राज्य गरिबलाई झनै गरिब अनि धनिलाई झनै धनि बनाउने अभियानमा अघि बढेको छ । सरकारले गरिबको निम्ति भनेपनि जनताको पक्षमा काम गरेको देखिएको छैन । आज सरकारको रबैयाले गुणस्तरीय शिक्षामा गरिब जनताको पहुँच नल्याउने अवस्था आएको छ । २०६२/०६३ मा विद्यार्थीहरुको तर्फबाट भएको आन्दोलनको उपलब्धि पनि अहिलेको सरकारले हेक्का राखेको छैन। जसरी शैक्षिक संस्थाले मनलागी आफ्नो अनुकुल शुल्क उठाएका छन् त्यसको विरुद्धमा नेपाल विद्यार्थी संघ आन्दोलनमा छ । शैक्षिक गुणस्तर, अनिवार्य र निःशुल्क शिक्षा, निजि तथा व्यापारिकरणको अन्त्य, शिक्षा क्षेत्रको भ्रष्टचारको न्यूनिकरण गर्न हामीले मुलुकभर संघर्षका कार्यक्रमहरु गरिरहेका छौं । जसरी शैक्षिक सत्र सुरुसँगै मनलाग्दी शुल्क उठाइएको छ, त्यसको विरुद्ध हामी आक्रामक ढंगले अगाडि बढ्नुको विकल्प छैन् । हामी कसैसँग यो विषयमा सम्झौता गर्ने पक्षमा छैनौं । विद्यार्थीबाट यसरी शुल्क उठाएर ढाड सेक्न पाईदैन । यहाँ एउटा एलिट वर्ग सन्तानलाई पढाउन जति पनि पैसा तिर्न तयार हुने, विदेश अध्ययन गर्न पठाउन तयार हुने अवस्था छ । तिनै वर्गको कारण आजको हाम्रो शैक्षिक अवस्था डामाडोल बनेको छ । सबै पार्टीका नेतृत्व तहका नेताहरु शिक्षालाई व्यापारिकरण अनि निजिकरण गर्न तर्फ लागेको पाइन्छ । कतिपय त त्यस्ता संस्थाका मालिक नै बनेका छन् । तपाईंले मेडिकल शिक्षा, टेक्निकल शिक्षा र अन्य शिक्षा क्षेत्रलाई नियाल्नुभयो भने भेट्नुहुन्छ । अर्को कुरा, अहिले सबै विद्यार्थी संगठनहरुको अधिवेशन भएको छैन । यो कतै नियोजित त होइन ? शैक्षिक क्षेत्रलाई डामाडोल बनाउन कतै नेतृत्व तह लागेका त होइनन् ? प्रश्न उब्जेको छ । यहाँ विद्यार्थी आन्दोलनले उठाएको मुद्दाहरुलाई गन्जागोलमा पार्न खोजिएको देखिन्छ । अहिलेका प्रधानमन्त्री कविता भन्ने जोक्स भन्ने कुरामा पोख्त हुनुहुन्छ तर हाम्रो कुरा सुनिरहनु भएको छैन । हामीले पटक–पटक शैक्षिक क्षेत्रको समस्याको विषयमा ज्ञापन पत्र, निवेदन पत्र बुझाएका छौं । संयुक्त विद्यार्थीको तर्फबाट हामीले संघर्षका कार्यक्रम गरेका छौं तर सुनुवाई भएको छैन। अब यसरी विद्यार्थी आन्दोलन चल्दैन । यसरी नै अगाडि बढाईरहने हो भने विद्यार्थी आन्दोलनले विस्फोटको रुप लिन्छ । (काफ्ले, नेविसंघका निवर्तमान महामन्त्री हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending