Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

तरकारी बेचेरै लाखौं कमाउँछन् किसान

\"Tarkari_\"१ असार, रत्ननगर (चितवन) । तरकारीको पकेट क्षेत्र मानिने चितवनका किसानले तरकारी बेचेरै वार्षिक लाखाैं आम्दानी गर्ने गरेका छन् । उनीहरुले आफू लाखौँं कमाउने मात्र हाेइन, तरकारी खेतीमा साना किसानलाई आकर्षित गर्दै बेरोजगारलाई रोजगारी समेत दिने गरेका छन् ।
किसान जीवसलाल राउत रौतहटबाट चितवन आउँदा खेतमा काम गर्ने मजदुर थिए तर आफैं तरकारी खेती गर्न थालेपछि भने उनी अरु मजदुरलाई काम दिन सक्ने मालिक नै भइसकेका छन् ।
“यता आउँदा खेतमा मजदुरी गरेर दिनको दुईसय रूपियाँ कमाउँथें” उनले भने– “अहिले आफ्नै तरकारी बेचेर वर्षको ४० लाख रूपियाँ कमाउँछु ।”
उनले गीतानगरमा १० बिगाहा क्षेत्रफलको खेतबारीमा एक्लै तरकारी खेती गरेका छन्, जहाँ १८ जना मजदुरले रोजगारी पाएका छन् । करेला, रामतोरिया, गोलभेँडा, लौका, चिचिन्डो, घिरौंला, काँक्राे, खुर्सानी, भन्टा, बोडीलगायतका तरकारी उनको खेतबारीमा फलिरहेका छन् । उनले तीन बिगाहामा त करेला मात्रै लगाएका छन् ।

“सुरुमा मजदुर थिएँ, अहिले मालिक भएको छु” उनले भने । उनी वि.सं. २०४६ मा रौतहटबाट काम खोज्दै चितवन छिरेका हुन् । खेतबारीमा काम गर्दागर्दै उनले एक–दुई कट्ठा जग्गा भाडामा लिएर तरकारी लगाउन थाले  । त्यसपछि बचेको पैसाले भाडाको जग्गा बढाउँदै गएपछि एक्लैले १० बिगाहाको तरकारी खेती गर्न सक्ने बनेको उनी बताउँछन् । उनले झैं आफ्नै तरकारी खेतीबाट नाम र दाम दुबै कमाएका अर्का किसान चन्द्रबहादुर अधिकारी आफू मात्र होइन, गाउँका अरु किसानलाई पनि खेतीमा सघाउँछन् । फूलबारी क्षेत्रमा उनले गरेको प्राङ्गारिक तरकारी खेती हेर्न स्वदेशका विभिन्न क्षेत्रबाट किसान आउने गर्छन् । “गाउँका २ सयभन्दा बढी किसानलाई सहकारीमा आबद्ध गराएर खेती गरिरहेको छु” उनले भने । सहकारीले लाखाैंको कारोबार गर्छ । मल, बीउ र तरकारी तथा अन्न उत्पादनमा कहलिएका उनले थुप्रै सम्मान र पुरस्कार पनि पाइसकेका छन् । चितवनको पश्चिमी भेग अहिले तरकारी खेतीका लागि फस्टाउँदै गरेको क्षेत्र हो । यहाँका किसान मौसमी–बेमौसमी तरकारी खेती गरेर आफू मात्र होइन, अरुको परिवारलाई पनि आम्दानीको बाटो देखाउने गर्छन् । विदेश जान लागेका युवा, विदेश गएर फर्किएका र नितान्त बेरोजगार रहेका युवालाई लक्षित गरेर नेपाल सरकारले चलाइरहेको अनुदान कार्यक्रममा उनीहरु पनि सहभागी छन् । वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेका अनुसार सरकारले मध्यपहाडका नौ तथा तराईका १६ जिल्लामा यो कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रमअन्तर्गत यहाँ ४७ बिगाहा क्षेत्रफलमा तरकारीखेती भइरहेको छ । जिल्लामा ६ हजार २ सय हेक्टरमा तरकारी खेती हुने गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending