Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

लोकतन्त्र भनेको व्यवस्था परिवर्तन मात्रै होइन – धनराज गुरुङ्

\"\"लोकतन्त्र प्राप्तीको दशक भित्र हामीले ठूला–ठूला राजनीतिक परिवर्तन गरेका छौं । एउटा व्यवस्था फालेर हामीले अर्को नयाँ व्यवस्था ल्यायौं । संविधानसभा मार्फत संविधान पनि निर्माण गर्यौं । संघीयतासहितको संरचनामा आधारित राज्यका अंगहरुको निर्माण गर्ने काम पनि भयो । सबैको साझा बुझाईलाई समेट्न धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतका एजेण्डाहरु पनि स्थापित भए । तथापि हाम्रो प्रवृत्ति भने बदलिएन । व्यवस्था बदलियो तर हामी बदलियनौं । जसको परिणाम हामी सबैको माझ छ । संविधान हामीले नै बनायौं भनेर गर्व गरिरहँदा समृद्धितिरको यात्रामा जान नसकेको तितो यथार्थ छ । कारण पुरानै परिपाटीले काम गरेको छ । सरकार बनाउने गिराउने अनि फेरि बनाउने प्रक्रियाहरु चलिरहे । सरकार बनाएकाको पनि देश र जनताप्रतिको समर्पण देखिएन् । सिंहदरबार पुगेका राजनीतिक नेताहरु जोसुकै भएपनि पुरै बदलिएको देखियो । यो पार्टी वा त्यो पार्टी भन्ने रहेन । सबै सत्तामा पुगेपछि जनताप्रति उत्तरदायि भएनन् । व्यक्तिगत स्वार्थ केन्द्रित राजनीति गरेको देखियो । भ्रष्टाचार, अनियमितता उस्तै गरि विकास भईरहे । चाहे पञ्चायत, बहुदल या अहिलेको लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा पनि काम गर्ने परिपाटि उस्तै देखियो । भ्रष्टचारको अवस्था उस्तै छ । यो लोकतन्त्रमाथिको दुभाग्र्य हो । अझैपनि कति जनता भोका, नाङ्गा अनि गरिबीको अवस्थामा छन् । गरिबिको कारण उपचार नपाएर मर्नु पर्ने अवस्था पनि छ । लोकतन्त्र भनेको व्यवस्था परिवर्तन मात्रै होइन भोको पेट बस्ने भोकाको लागि लोकतन्त्र खानेकुरा हो । उपचार नपाउने जनताको लागि लोकतन्त्र उपचार हो । तर त्यस्तो काम गर्न हामी चाहेनौं कि जस्तो देखियो । सबै आत्मरतिमा रमाउने स्थिति देखिन्छ । अवस्थालाई हेर्दा शासक र प्रशासक दुवै मिलेर भ्रष्टाचार गरिरहने व्यवस्था त कतै बनेको होइन ? भन्ने प्रश्न आउँछ । लोकतन्त्र त हामीले ल्यायौं सँगसँगै कतै भिमकाय अपराध पनि ल्यायौं कि भन्ने पनि प्रश्न उठ्छ । पछिल्लो समय दिनदहाडै राज्यसत्ता नै लागेर नागरिकता बेचेको देख्दा लोकतन्त्र के हो भनेर आफैंप्रति प्रश्न उब्जछ । विदेशी नागरिक नागरिकता लिन लाइनमा बसेको देख्दा बडो अनौठो लाग्छ । सत्तापक्षले गरेको गलत कामकारबाहीको समेत आज विरोध भएको छैन् । यो देशमा प्रतिपक्ष नै छैन जस्तो छ । नागरिकताको विधेयक मुलुकको हितको विपरित हुँदै गर्दा पनि विरोध हुन सकेको देखिएन । हाम्रो स्वाभिमान माथि नै प्रश्न उठेको छ । हाम्रो स्वाभिमान माथि नै अतिक्रमण गर्ने नागरिकता विधेयकहरु कता बन्छन् र नेपालको संसदले पास गर्छ ? के हामीले बुझेको लोकतन्त्र यस्तै हो र ? के लोकतान्त्रीक व्यवस्थामा स्वाधिनता भन्ने हुँदैन ? जबसम्म स्वाधिनता सहितको राष्ट्रिय अखण्डता सहितको सार्वभौम लोकतन्त्र हुँदैन तबसम्म यस्तो समस्या आइरहन्छ । फेरि अर्को कुरा लोकतन्त्रको विकल्प हुँदैन । लोकतन्त्र भनेको राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमिकतासहितको हुनुपर्दछ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । मुख्य कुरा नेताहरु लोभी पापी हुँदा समस्या आएका हुन् । कुनै पनि काम पारदर्शी छैनन् । न त कामप्रति कोही जवाफदेही नै छन् । पुल बनाउन पाएको छैन भत्किएको छ । पिच सकिएको छैन उप्किएको छ । देखादेखी भ्रष्टचार छ । के यस्तै हो त लोकतान्त्रिक मुल्य मान्यता ? म फेरि पनि भन्छु, खाना नपाउनेलाई खानाको व्यवस्था गर्ने, औषधी उपचार नपाउनेलाई औषधी व्यवस्था गर्ने, शिक्षा नपाउनेलाई शिक्षाको व्यवस्था गर्ने गरेमा मात्र जनताको लागि लोकतन्त्र आएको हुन्छ । जबसम्म लोककल्याणलाई आत्मसाथ गरेर लोकतन्त्रको विकास गरिन्न तबसम्म सबै व्यवस्था खोक्रो नै हुन्छ । त्यसको लागि राज्यका सबै संरचना चुस्त, दुरुस्त हुनुपर्यो । सबै काम पारदर्शी हुनुपर्यो । सबै जवाफदेही बन्नु पर्यो । जनताको नाममा, लोकतन्त्रको नाममा राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमिकतामाथि नै प्रश्न उठ्ने स्थिति आउनु भएन । ( गुरुङ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies