Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

‘नेपाल सुरक्षित छः घुमौँ, मनोरञ्जन गरौं र सहयोग गरौं’

२ असार, काठमाडौं । बैंककस्थित नेपाली राजदूतावासले ‘नेपाल सुरक्षित छः घुमौँ, मनोरञ्जन गरौँ र सहयोग गरौँ’ नाराका साथ मुलुकको पर्यटन प्रवद्र्धनमा सघाउन अभियान थालेको छ । दक्षिण एसियाली मुलुकमा पर्यटक पठाउँदै आएका थाइल्यान्डका पर्यटन व्यवसायी तथा पत्रकारलाई राजधानी बैंककमा मङ्गलबार एक भव्य कार्यक्रम आयोजना गरी उक्त दूतावासले प्रवद्र्धनात्मक अभियान थालेको हो । थाइल्यान्डका विभिन्न सहर तथा त्यहाँबाट सहप्रमाणीकरण हुने सिङ्गापुर, लाओससहितका मुलुकमा त्यहाँका पर्यटन व्यवसायी र सञ्चारकर्मीसँग मिलेर अभियानलाई निरन्तरता दिइने थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए । भूकम्पबाट भएको क्षति, पर्यटकीय गन्तव्यहरूको वर्तमान अवस्था, नेपाल सरकार तथा पर्यटन उद्योगी–व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई भूकम्पअघिकै स्थितिमा पु¥याउन गरेका प्रयासबारे थाई पर्यटन व्यवसायी र पत्रकारलाई दूतावासले यथेष्ट जानकारी गराएको उनले बताए । ‘मङ्गलबारको अन्र्तक्रियात्मक कार्यक्रममा नेपालका पर्यटन गन्तव्यहरुमध्ये करिब १५ प्रतिशतमा मात्र क्षति भएको, खासगरी ११ जिल्ला भूकम्पबाट प्रभावित भएका, नेपाल भ्रमण गर्ने पर्यटकलाई भारी छुटका कार्यक्रम ल्याइएका, पर्यटकको सुविधा र सुरक्षाका लागि नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा नेपालका पर्यटन व्यवसायीबाट हरसम्भव प्रयत्न हुने जानकारी गराउँदै ढुक्कसँग नेपाल भ्रमण गर्न र त्यहाँको यथार्थ जानकारी बाहिर ल्याउन थाई सञ्चारकर्मीलाई अनुरोध गरियो’, – राजदूत अधिकारीले भने । नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई आवश्यक परेका बेला तत्काल प्रवेशाज्ञा जारी गरिने जानकारी पनि कार्यक्रममा दिइएको उनले बताए । अभियानअन्तर्गत उक्त दूतावासले यही असार ४ गते थाइल्यान्डको पर्यटकीय केन्द्र फुकेत, १२ गते लाओस र १७ गते सिङ्गापुरमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy