Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

‘नेपाल सुरक्षित छः घुमौँ, मनोरञ्जन गरौं र सहयोग गरौं’

२ असार, काठमाडौं । बैंककस्थित नेपाली राजदूतावासले ‘नेपाल सुरक्षित छः घुमौँ, मनोरञ्जन गरौँ र सहयोग गरौँ’ नाराका साथ मुलुकको पर्यटन प्रवद्र्धनमा सघाउन अभियान थालेको छ । दक्षिण एसियाली मुलुकमा पर्यटक पठाउँदै आएका थाइल्यान्डका पर्यटन व्यवसायी तथा पत्रकारलाई राजधानी बैंककमा मङ्गलबार एक भव्य कार्यक्रम आयोजना गरी उक्त दूतावासले प्रवद्र्धनात्मक अभियान थालेको हो । थाइल्यान्डका विभिन्न सहर तथा त्यहाँबाट सहप्रमाणीकरण हुने सिङ्गापुर, लाओससहितका मुलुकमा त्यहाँका पर्यटन व्यवसायी र सञ्चारकर्मीसँग मिलेर अभियानलाई निरन्तरता दिइने थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए । भूकम्पबाट भएको क्षति, पर्यटकीय गन्तव्यहरूको वर्तमान अवस्था, नेपाल सरकार तथा पर्यटन उद्योगी–व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई भूकम्पअघिकै स्थितिमा पु¥याउन गरेका प्रयासबारे थाई पर्यटन व्यवसायी र पत्रकारलाई दूतावासले यथेष्ट जानकारी गराएको उनले बताए । ‘मङ्गलबारको अन्र्तक्रियात्मक कार्यक्रममा नेपालका पर्यटन गन्तव्यहरुमध्ये करिब १५ प्रतिशतमा मात्र क्षति भएको, खासगरी ११ जिल्ला भूकम्पबाट प्रभावित भएका, नेपाल भ्रमण गर्ने पर्यटकलाई भारी छुटका कार्यक्रम ल्याइएका, पर्यटकको सुविधा र सुरक्षाका लागि नेपाल सरकार, नेपाल पर्यटन बोर्ड तथा नेपालका पर्यटन व्यवसायीबाट हरसम्भव प्रयत्न हुने जानकारी गराउँदै ढुक्कसँग नेपाल भ्रमण गर्न र त्यहाँको यथार्थ जानकारी बाहिर ल्याउन थाई सञ्चारकर्मीलाई अनुरोध गरियो’, – राजदूत अधिकारीले भने । नेपाल भ्रमण गर्न चाहने पर्यटकलाई आवश्यक परेका बेला तत्काल प्रवेशाज्ञा जारी गरिने जानकारी पनि कार्यक्रममा दिइएको उनले बताए । अभियानअन्तर्गत उक्त दूतावासले यही असार ४ गते थाइल्यान्डको पर्यटकीय केन्द्र फुकेत, १२ गते लाओस र १७ गते सिङ्गापुरमा प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending