काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । ठाडै कारबाही गर्छ ।’
क्लबका सभापति ऋषि धमालको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आजको मितिसम्म सरकारी जग्गा कसैले कब्जा गरेको प्रमाण भए वर्तमान सरकार सरकारी सबै जग्गा बचाउ गर्ने प्रतिबद्धता सुनाए । उनले भने,‘अहिले सरकारी जग्गा सबै भूमाफीयाहरुले कब्जा गरे भनेर भयानक नै भयो भनेजसरी हल्ला फैलाईएको छ । यो सही होईन् ।’
नेता पौडेलले नेकपाका महासचिव विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकभन्दा बढि हल्ला गर्न आवश्यक नरहेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिवेला उहाँको पार्टी शक्तिशाली पनि थिएन् । सरकारमा पनि थिएन् ।’
यद्धपी व्यक्तिले जग्गा किनबेच गर्न पाउने उनको तर्क छ । उनले भने,‘उहाँले सरकारी हैसियतमा त्यो जग्गा किनेको होईन् । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पारदर्शी हुनुपर्छ ।’
वर्तमान सरकारले भ्रष्टाचार हुनै नदिने पनि पौडेलले विश्वास दिलाए । उनले भने,‘यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने अनुहार पनि नहेरी ठाडै कारबाही हुन्छ । यो कुरा आजपनि प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो संसदीय दलको बैठकमा भन्नुभएको छ।’
भ्रष्टाचार गरेको प्रमाणित भएकाहरु कोही पनि नबच्ने उनले उद्धघोष गरे । यद्धपी बिना कारण र प्रमाण कसैलाई पनि कारबाही नहुने उनले जिकिर गरे । बालुवटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता नरहेको पनि उनले दाबी गरे । उनले भने,‘यो विषयमा नैतिकताको आधारमा उहाँले राजीनामा दिने कुरा होईन, ८ आना जग्गा किन्नुभएको हो । उहाँले सरकारी स्रोत दुरुपयोग गरेर किन्नुभएको होईन् । व्यक्तिलाई जग्गा किनबेचको अधिकार छ ।’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: