काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागू गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा, नेपाली काँग्रेस निकट लगायत ९ ट्रेड युनियनहरूले भृकुटीमण्डपमा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोजगारदाता र श्रमिकको सहमतिमै ल्याइएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई लागू गराउने बताएका हुन् ।
सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा दिन रोजगारदाताहरु तयार देखिएका छैनन्। ‘उद्यमीले आफ्नो लगानी सुरक्षित हुने गरी अनुकूल काम गर्नुपर्छ। मजदुरले प्रसन्न मुद्रामा काम गर्न पाउनुपर्छ। यसमा सरकारले संयोजन गर्नेछ,’ उनले भने, ‘मजदुरमाथि अन्याय गरेर समस्याको समाधान खोज्नुहुँदैन। न्याय दिएर समाधान गर्नुपर्छ।’
प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्दै गईरहेका बेला राष्ट्रिय जनता पार्टी राजपा, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा आफूलाई अचम्म लागेको प्रतिक्रिया दिए । मंचमा संगै रहेका राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोलाई प्रधानमन्त्रीले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै समर्थन फिर्ता लिने निर्णयमा पुनर्विचार गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले इतिहासमै यो सरकारले मजदुरको हितको लागि काम गरेको दाबी गरे। ‘कसैले नगरेको, नदेखेको र विगतका सरकारले कल्पना पनि नगरेको काम अहिलेको सरकारले गरेको छ,’उनको दाबी छ, ‘बाँच्न पुग्ने न्यूनतम तलब तोकिएको छ। ती तलब पाउने ग्यारेन्टी गर्न बैंकबाट दिइने व्यवस्था गरेको छ। ठगठाग गर्नेको ढोका बन्द भएको छ। सामाजिक सुरक्षा दिने व्यवस्था लागू भइसकेको छ।’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: