चितवन, वैशाख १९ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका हरेक घरमा छिट्टै शुद्ध खानेपानी पुर्याइने बताएकी छिन् ।
बुधबार भरतपुर खानेपानी व्यवस्थापन बोर्डकाे अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भनिन्, ‘खानेपानी विस्तार हुँदै गइरहेको छ, शुद्ध खानेपानीको पहुँच महानगरवासीलाई सहजरुपमा उपलब्ध गराउन कुनै कसर बाँकी राख्ने छैन ।’ उनले भरतपुरमा काठमाडौंजस्तो पानी नपाउने अवस्था आउन नदिने बताइन् ।
अहिले भरतपुरमा ४३ प्रतिशत नागरिकमा शुद्ध खानेपानी पुगेको छ । महानगर प्रमुख दाहालले भनिन्, ‘बर्सेनि खानेपानीको पहुँच बढ्दै जान्छ ।’ खानेपानी वितरण र विस्तारमा केही समस्या सडक विस्तार, ढल व्यवस्थापन र विद्युत्को कारणले आएको उनले बताइन् ।
महानगरकी उपमेयर पार्वती शाहले शुद्ध पानी वितरण गर्दा सडक, विद्युत् र ढल व्यवस्थापनका लागि महानगरले नीति ल्याउने तयारी गरेको जानकारी दिइन् ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बोर्डले हालसम्म गरेका प्रगति बारेमा प्रकाश पारेका थिए । बोर्डले हालसम्म १ देखि १६ र २२ मा शुद्ध पानी दिदै आएको छ ।
३३ वटा डिप बोरिङ्गमार्फत दैनिक १२ घण्टा पानी दिँदै आएको छ । दैनिक औषत २ करोड ५ लाख लिटर पानी उत्पादन गरी वितरण गरेको बोर्ड प्रमुख प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी संजय बरालले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: