Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

भूकम्प आउँदाआउँदै डेराबाट निकाल्ने घरबेटीलाई के कारवाही हुन्छ सरकार ?

\"Sunil०७२ बैशाख १२ र २९ को भुँइचालो पछी सबै हल्लिए, झुपडि, महल, श्रमिक, किसान, कुलिन, धनाढ्य आदि इत्यादि सबै । तर यसैबिच काठमाडौंका केही घर मालिकहरुले आप्रवासी (बहालवाला) हरु माथि लुट, अत्याचार र दमनको श्रृङ्खला सुरु गरे । यसैबिच धेरै घरधनीहरु काठमाडौंका मजस्ता शरणार्थीहरुलाई मानसिक यातना दिन तिर लागे, लागिरहे । यसो त काठमाडौंको मुटु कङ्क्रिटले बनेको, अझ भुँइचालोले कङ्क्रिट नै भत्काएर होला क्रुर बन्दै छ, बनिरहेको छ आप्रवासीहरुको लागि । भुँइचालो अघि पनि हामी (बहालवाला) हरुलार्इ आफू मालिक भएको छ्नक दिन रत्तिभर पछि नपर्ने केही मुटुभावनाविहिन (प्राणीहरु) मालिकहरु भुँइचालो पछि झन् आक्रामक रुपमा, योजनाबद्ध तरिकाबाट निर्ममताको चरम सिमा नाघ्न अग्रसर छ्न् । १२ गते पछि घरधनी र बहालवालाबिचमा आएका सुमधुर सम्बन्धले मिडियाका पेजहरु÷पर्दाहरु रङ्गीरहँदा मैले कहिले त्यो अनुभव गर्न पाइनँ । कुरा ०७२ जेठ ३० गते बिहानको हो । मेरो परीक्षा भएकोले म हतार–हतार गर्दै कलेज जान तयार हुँदै थिएँ ।  तल्लो तल्लामा बहालमा बस्ने दिदीको  फोन आयो । ‘माथि को हुनुहुन्छ ? घरबेटि अंकलको फोन आको छ’ भनेर बोलाउनुभयो । दिदी, भिनाजु, दाइ कोही नभएकोले म आफैँ हतार गर्दै तल गएँ, फोन रिसिभ गर्न । ‘हेलो’ को उत्तरमा घरधनीले तत्काल कोठा खाली गर्न निर्देशन दिए । अक्क न बक्क परेको मैले ‘आज मेरो परीक्षा छ बेलुका कुरा गरौंला’ भन्नसम्म भ्याएँ र उताको प्रतिक्रिया नसुनी फोन राखिदिएँ । उता फोन राखेँ, उता मेरो मनको विचलन भने उठ्यो । मनमा अनेक थरि कुरा खेल्न थाले । घरबेटीको कुरामा मैले नाईनास्ती गर्न पनि त सक्दिनथेँ ।   आखिर घर त उनकै हो नि ।  तर यसरी कसैलार्इ विपतको मौका छोपी अप्ठेरोमा पारेर कोठा तत्काल खाली गर भन्नु् नियम संगत पनि त भएन । अझ भनौं मानवीयता नै भएन । यस्ता अनेक तर्क, वितर्क मनभरि सल्बलाइरहे । घरबेटीको दुईवटा घरमध्ये एउटा भाडामा दिइएको थियो भने अर्कोमा उनी बस्थे । त्यस दिन उनले पटक–पटक फोन गरेर तत्काल फ्ल्याट खाली गर्र्ने कुरा गरिरहे, मानसिक पीडा दिइरहे । उनी हल्का चिनजानका  भएकाले अरु व्यवहारको कुरा छुट्टै भयो तर उनले यतिसम्म पनि गर्लान् भनेर मैले सपनामा पनि सोचेको थिइनँ । फोनमा गरेको कुराले सायद उनले बुझेका थिए, हामी चाँडै फ्ल्याट खाली गर्ने मनस्थितीमा थिएनौं । त्यसकारण उनी बेलुका आफैं आए र त्यहि कुरा दोहोराए । दिदीको मलिन अनुहार, दाइको उदास चेहराले हाम्रो तनाव प्रष्ट झल्काइरहेको थियो । यस्तो अवस्थामा कहाँ सर्नु ? कसरी पाउने फ्ल्याटजस्ता प्रश्नहरु हाम्रो अगाडि तेर्सिएका थिए । प्राकृतिक कम्पनबाट बाँचेका हामी बिपत्तिलाई अवसर बनाउने मानसिकताबाट उत्पन्न कम्पनबाट घाइते थियौं । त्यस दिनदेखि हरेक दिनको बिहान ६ देखि बेलुका ८ बजेसम्म कोठा कै जोहो गर्न कता कता मात्र भौंतारिएनौ ? बिच बिचमा फोनबाट आउने मानसिक यातनाको त झन् कुरै नगरौं । फोन आउँदा हामी चुपचाप एक–अर्काको मुख हेरेर बस्थ्यौँ । हामीलाई कोठा खाली गर्न लगाउनुको कारण थियो, हामी बसको घर विदेशीले मोटो रकममा बहालमा लिने हुँदा हामी निस्कनुपर्ने ! खुलेयाम पैसामा हाम्रा चयन किनिएको जस्तो, र्याल चुहाउँदै मृग लखेट्ने बाघ जस्तो लाग्थ्यो घरमालिक । धेरै साथीभाइ, इष्टमित्रहरु प्रशासनको सहयोग लिन आग्रह गर्थे । जुन समाधानको उपाए नहुदो रैछ  । मानवता नै हराएको आत्मा सबैभन्दा क्रुर हुँदोरहेछ । दिनभरि काठमाडौंका कुना–कुना भौंतारिएका हामी बेलुका डेरामा आउँदा नरकमा आएको भान गर्थ्यौ, घृणाका ज्वारभाटा दन्किन्थे मनभरि । तर, लाचार थियौं हामी । २ गते घरबेटी आफै आएर छेउको हामी बस्दै गरेको कोठामा सुत्न आइसके । हामी जिल खायौं, छ्ट्पटाहट भयो किन कि हरेक कुराहरु सिमा भन्दा कोशौ टाढा पुगिसकेका थिए । तैपनि घाईते आत्मा लुकाएर निष्कपट हाँसो हाँस्थ्यौं हामी, जसरी हामीलाई हरेर कुलिनताका सेता दाह्रा देखाएर हाँस्थे । अन्य मानिसलाई समेत बाहिरि नम्बरबाट फोन गर्न लगाएर  भोलि नै घर खालि गर भन्न पनि लगाए । हामी यता विवशता कै हाँसो हाँसिरह्यौं । यो मेरो जीवन कै पहिलो घटना थियो जहाँ म निक्रिष्टताको सिमा नाघेका मानिसहरुसँग विवशताको जवाफ पस्किएर मनभरि तेजाब छ्यापेर बसिरहेको थिए । अन्त्यमा, मेरो प्रकृतिसँग अनुरोधः एउटा त्यस्तो भुँइचालो ल्याइदेउ जसले आप्रवासी (बहालवाला)हरु माथि चलिरहेको केवल (दम्भ) ध्वस्त पारोस् । अनि मेरो कामना, जिन्दगीको कुनै प्रहरमा तिमी (घरमालिक) लाई सहयोग गर्न पाँऊ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE