Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

फोन गरेर बोलाइएका चौधरी बेपत्ता, अपहरण गरिएको आशङ्का

४ असार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर–७ सिंहपुरका अन्दाजी वर्ष ३५ का घुम्मन चौधरी तीन दिनदेखि बेपत्ता छन् । चिनजानका व्यक्तिले फोन गरेर बोलाइएका चौधरी घर नफर्केपछि आफन्त र प्रहरीले चौधरीको खोजी गरे तर फेला परेन । फोनकर्ताले चौधरीलाई बुधबार राति १२ बजे अत्यन्त जरुरी काम परेकाले भेट्न भनेपछि उनी घरबाट निस्केका थिए । चौधरीका परिवारका अनुसार उनले फोनकर्तालाई टाढा भेट्न नसकिने तर राजमार्गसम्म भेट्न सकिने बताएपछि उनलाई राजमार्गमै भेट्न भनिएका थियो । चौधरी राजमार्गमा फोनकर्तालाई भेट्न गएपछि घर फर्केर आएन । उनको अपहरण भएको आशङ्का गरिएको छ । चौधरीले केही दिनअघि मात्रै रु १२ लाखमा जग्गा बिक्री गरेकाले जग्गा बिक्री गरेको रकम हात पार्न उनको अपहरण गरिएको हुनसक्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । प्रहरी स्रोतका अनुसार घटनामा प्रयोग भएको मोबाइल फोनका मालिक कृष्णपुरकै परमानन्द भट्टलाई पक्राउ गरी अनुसन्धान कार्य सुरु गरिएको छ । भट्टले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा अपरिचित व्यक्तिहरुले पेस्तोल कञ्चटमा लगाएर मोबाइल फोन खोसेर लगेको बताएको स्रोतले राससलाई जानकारी दिएको छ । फोन खोसेर लैजाने व्यक्ति को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले चौधरी बेपत्ता भएको घटना निकै गम्भीर भएकाले अनुसन्धान र खोजी कार्यलाई गहन रुपमा अगाडि बढाइएको बताए । ‘घटना निकै गम्भीर प्रकृतिको भए पनि चाँडै अपराधी पत्ता लगाएर सार्वजनिक गर्छौं,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending