Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

अब मर्सको परीक्षण १५ मिनेटमै

\"Mers४ असार, फुजोउ । चीनले मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामको भाइरसबाट सङ्क्रमितहरुको परीक्षण १५ मिनेटमै गर्न सकिने प्रविधिको विकास गरेको छ । कोरियाली स्वास्थ्य अधिकारीहरुले उक्त सङ्क्रमणको प्रभाव घट्दो मात्रामा रहेको पाइएको बताइरहेका बेला यता चिनियाँ स्वास्थ्य अधिकारीहरुले सो प्रविधिको विकास भएको बताएका छन् । हङकङ् र सियामेन विश्वविद्यालयका अनुसन्धानदाताहरुले गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको बताइएको छ । उनीहरुले गतवर्षदेखि नै यसको अनुसन्धान थालेका हुन् । यो प्रविधि सहज र पहूँचयोग्य रहेको पनि उनीहरुको भनाई छ । अनुसन्धानदाताहरुका अनुसार यसले एक पटकमा धेरै जना बिरामीको पनि परीक्षण गर्न मिल्नेछ । यो सजिलो र पहूँचयोग्य भएकोले एक दिनमा एकजना चिकित्सक एवम् ल्याबका प्राविधिकले कम्तीमा पनि एक हजार जनाको परीक्षण गर्न सक्ने बताइएको छ । दक्षिण कोरियामा यो सङ्क्रमणका बिरामीको सङ्ख्या १६६ पुगेको बताइएको छ । यस सङ्क्रमणबाट २४ जनाको ज्यान गएको कोरियाली स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । करिब तीन हप्ताअघिमात्र चारजनामा यसको सङ्क्रमण देखिएको थियो । त्यसयता यसको सङ्क्रमण त्यहाँ दिन प्रतिदिन बढ्दो मात्रामा रहेको पाइएको छ । यस सङ्क्रमणलाई थप फैलिन नदिनका लागि सरकारले कैयौँ सतर्कता अपनाएको बताएको छ । तर पनि दिनहुँ नयाँ बिरामी भने भेटिएकाले सरकरी पहल प्रभावकारी हुन नसकेको आरोप पनि छ । सन् २०१२ मा यो सङ्क्रमण साउदी अरेबियामा देखिएको थियो । यसका कारण संसारमा अहिलेसम्ममा कम्तीमा पनि एक हजार जना सङ्क्रमित भएका र त्यसमा परी अरु करिब ४०० जनाभन्दा बढीको ज्यान गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies