Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

बाबुरामलाई प्राधिकरणको नेतृत्व नदिने खेल यस्तो छ

\"baburam_pradhikaran\"६ असार, काठमाडौं । सत्तापक्षीय दुई ठूला पार्टी नेपाली कांग्रेस–एमालेले भूकम्पबाट हुन गएको क्षतिको पुनर्निर्माणका लागि गठन हुन लागेको प्राधिकरणको नेतृत्व एमाओवादीलाई दिन नचाहेको आरोप एमाओवादी नेताहरुले लगाएका छन् । ठूला चार राजनीतिक दलबीच २५ जेठमा भएको १६ बुँदे सहमतिसँगै शक्तिशाली पुनर्निर्माण प्रधिकरण गठन र त्यसको नेतृत्वको बारेमा भद्र सहमति भएको  थियो ।
यसअघि अर्थमन्त्री र पछि प्रधानमन्त्री हुँदा प्रभावकारी काम गर्दै जनताबाट विश्वास जितेका भट्टराई लोकप्रिय हुने डरकै कारण कांग्रेस एमाले उनलाई नेतृत्व दिन तयार नभएको बुझाई एमाओवादीको छ ।
त्यस्तो शक्तिशाली प्रधिकरण गठन भएको खण्डमा आफू सदस्य भएर बस्न तयार रहेको आशय एमाओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बताउँदै आएका थिए । एक अनलाइनलाई अन्तर्वाता दिदैं भट्टराइले भनेका थिए– ‘ अहिले नै त्यस्तो प्राधिकरणमा म हुन्छु कि हुँदैन भनेर सोच्ने बेला आएको छैन् । त्यस्तो संकल्पसहित राष्ट्रिय सरकार बन्दा त्यस्तो प्राधिकरणको सदस्य भएरै काम गर्न मलाई आपत्ति छैन । मलाई सिन्द्धान्ततः अप्ठ्यारो छैन र अप्ठ्यारो मान्नु पनि हुँदैन । इतिहास निर्माणमा सहभागी हुने मान्छेले आफूले जहाँ भूमिका निर्वाह गर्दा सहज हुन्छ, आवश्यक हुन्छ, आफ्नो जुन क्षमता वा रुची छ त्यो प्रदर्शन गर्न सक्नुपर्छ । ’ दलहरुबीच भएको भद्र सहमतिका आधारमा यसरी गठन हुने प्रधिकरणको नेतृत्वमा नेता भट्टराई सर्वस्वीकार्य जस्तै थिए । तर, सहमतिबाट यहाँसम्म आइपुग्दा सरकारको नेतृत्व गरिरहेको नेतपाली कांग्रेसले प्रधिकरण गठनलाई सामान्यकरण गरेको माओवादी नेताहरुको बुझाइ छ । माओवादी नेता जनार्दन शर्मा भन्छन् ‘सामान्य एउटा विभाग वा आयोग जस्तो गरी कांगे्रसले सोचेको छ । हामीले भनेको शक्तिशाली पुनर्निर्माण प्रधिकरण हो ।’ कांगे्रसले यसअघि यो विषयमा सहमत भएपनि पछि आएर बखेडा झिकेको समेत उनको बुभाइ छ । तर, कांग्रेस असार १० गते आयोजना गरिएको दाता सम्मेलन अगावै प्राधिकरण गठनको तयारीमा छ । आयोग गठन संसदलाई छलेर अध्यादेशमार्फत ल्याउने तयारी गरेपछि एमाओवादी असन्तुष्ट छ । प्रधानमन्त्रीकै अध्यक्षता हुने गरी अध्यादेशमार्फत प्रधिकरण निर्माण गरिहाल्ने पक्षमा सरकारमा कांग्रेसले तयारी अघि बढाएको छ । शनिबार बिहानसम्म शक्तिशाली पुनर्निर्माण प्राधिकरण गठन र संसदप्रति उत्तरदायी प्रधिकरणको पक्षमा रहेको एमाले समेत शनिबार बेलुकी आइपुग्दा कांग्रेसकै पक्षमा उभिन पुगेको छ । बिहान भएको स्थायी समिति बैठकले संसदलाई छल्न नहुने भन्दै संसद सुरुभएपछि प्राधिकरण गठन गर्नुपर्ने निर्णय गरेको थियो । तर, बेलुका बसेको स्थायी समिति बैठकले १० असारको दाता सम्मेलन अगावै गठन गर्न सहमत भयो । सरकारवादी दल प्रधिकरणको विषयलाई सामान्यकरण गर्ने र एमाओवादीलाई  नेतृत्व नदिने खेलमा लागेको बुझाइमा एमाओवादी नेतृत्व छ । एमाओवादीले भनेजस्तो शक्तिशाली प्राधिकरण गठन हुने र त्यसको नेतृत्वमा इच्छा देखाइरहेका नेता भट्टराईले नेतृत्व पाउने अवस्थामा जनता माओवादीको पक्षमा हुनसक्ने विश्लेषणका आधारमा कांग्रेस–एमालले शंसकित भएको दाबी एमाओवादीको छ । यसअघि अर्थमन्त्री र पछि प्रधानमन्त्री हुँदा प्रभावकारी काम गर्दै जनताबाट विश्वास जितेका भट्टराई लोकप्रिय हुने डरकै कारण कांग्रेस एमाले उनलाई नेतृत्व दिन तयार नभएको बुझाई एमाओवादीको छ । वर्षौसम्म साँघुरो रहेका सडकलाई खुलाई काठमाडौंका सठक फराकिलो बनाउन महत्वपूर्ण भूमिका निभाएका कारण पनि कांग्रेस–एमाले भट्टराईलाई प्राधिकरणको नेतृत्व दिएर फेरि लोकप्रिय बन्न दिने अवस्थामा नभएको माओवादी बुझाई छ । संसदको अधिवेशन सुरु हुने समय हुनै लाग्दा अध्यादेशमार्फत पस्ताव ल्याउने र प्रधानमन्त्रीलाई नेतृत्व दिने कांग्रेसको दाउले पनि प्राधिकरणको नेतृत्व एमाओवादी नेता बाबुराम भट्टराइलाई नदिने पक्षमा रहेको प्रष्ट हुने एमाओवादी भनाई छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy