Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बेरोजगारलाई रोजगारी

रूकुम । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका छ स्थानीय तहका ९३४ जनाले रोजगारी पाउने भएका छन् । चालू आर्थिक वर्षमै काम गर्ने गरी छनोट भएका बेरोजगारले करीब एक महीना रोजगारी पाउँदै छन् । जसका लागि जिल्लामा बजेट आइसकेको छ ।

छ स्थानीय तहका लागि रु दुई करोड सात लाखस बजेट जिल्लामा आएको हो । तीन नगर तथा तीन गाउँपालिकामा रहेका बेरोजगारलाई रोजगारी प्रदान गर्न भन्दै सङ्घीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उक्त बजेट जिल्लामा पठाएको छ ।

स्थानीय तहले भरेका बेरोजगार फार्मको आधारमा बजेट र काम पाउनेको सङ्ख्या तोकिएको बताइएको छ । सबैभन्दा बढी बजेट मुसीकोट नगरपालिकामा आएको छ । रु ४३ लाख बजेट पाएको मुसीकोटले १९४ जनालाई एक महीना बराबरको रोजगारी प्रदान गर्ने रोजगार संयोजक माया श्रीवास्तवले जानकारी दिइन् ।

रु ४० लाख बजेट पाएको आठबीसकोट नगरपालिकाले १८१ जना बेरोजगारलाई रोजगारी प्रदान गर्नेछ । चौरजहारी नगरपालिकामा रोजगारी प्रदानका लागि भनेर रु ३६ लाख बजेट प्राप्त भएको छ । यसबाट १६२ जना बेरोजगारले रोजगारी पाउने रोजगार संयोजक कृष्ण शर्माले बताए।

गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट सानीभेरीमा आएको छ । एक सय ४० जनालाई रोजगारी प्रदान गनुपर्ने दायित्व पाएको सानीभेरीमा रु ३१ लाख बजेट प्राप्त भएको छ । चालू आर्थिक वर्षमा बाँफिकोट गाउँपालिकाका १३१ जना बेरोजगारले रोजगारी पाउनेछन् ।

जसका लागि रु २९ लाख बजेट आएको छ । रु २८ लाख बजेट पाएको त्रिवेणी गाउँपालिकाले १२६ बेरोजगारलाई रोजगारी प्रदान गर्नुपर्नेछ । स्थानीय तहले गाउँगाउँ गएर भरेको बेरोजगार फार्मका आधारमा बजेट र सङ्ख्या निर्धारण भएर आएको स्थानीय सरकारले बताएका छन् । जिल्लाका ७३ वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू हुनेछ ।

जिल्लाका कतिपय स्थानीय तहले बजेट बाँडफाँट गरेर काम पनि शुरु गराइसकेका छन् । कार्यक्रमको कार्यविधिका आधारमा कार्यक्रम कार्यान्वयन गरिसकेको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले जानकारी दिए । आएको बजेटको योजना तर्जुमा गरेर काममा लगाइसकिएको उहाँको भनाइ छ ।

कार्यविधिमा गोरेटो बाटो मर्मत, सिँचाइ मर्मत, सडकको नाली बनाउने, खानेपानी मर्मतमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै श्रम गर्नुपर्ने जुनसुकै ठाउँमा पनि यो बजेट खर्च गर्न सकिने र बेरोजगार सूचीमा सूचीकृतलाई काम दिनुपर्ने उल्लेख छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending