Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बलात्कारको आरोप लागेका यी बलिउड स्टार

\"main-rape\"८ असार, नयाँ दिल्ली । समय–समयमा बलिउड स्टारहरु चर्चामा छाउने गर्दछन् । कहिले सही काम गरेर त कहिले गलत  क्रियाकलापमार्फत  । आफ्ना पार्टनरलाई दुव्र्यवहार गरेको कुरादेखि अन्डरवल्र्डसँगको हिमचिमसम्म, बलिउडका अभिनेता, निर्देशक वा गायक, थुप्रै पटक यस्तो गतिविधिमा पक्राउ परेका छन् । आज हामी तपाईंलाई यस्ता बलिउडका सेलिब्रिटीको बारेमा जानकारी दिँदैछौं जसमाथि शारिरिक शोषणको आरोप लागिसकेको छ । यीमध्ये कसैमाथि लागेको आरोप सही साबित भएको छ भने कोही निर्दाेष ठहरिएका छन् । अझ कसैको त निर्णय नै हुन बाँकी छ । \"1१. शाइनी अहुजाः फिल्म ‘ग्याङ्गस्टर’ बाट चर्चित भएका बलिउड अभिनेता शाइनी अहुजामाथि आफ्नै घरको सहयोगीमाथि बलात्कार गरेको आरोप थियो जसका कारण उनलाई पुलिसले पक्राउ गर्यो । शाइनीमा लागेको आरोपका कारण पूरै देश र फिल्म जगत अचम्मित भयो । यो घटनालाई पुलिसले छानबिन गर्न तीन महिना लाग्यो । त्यसपछि उनलाई सात वर्षको जेल सजायँ र तीन हजार रुपैयाँ जरिवाना लगाइयो । \"2२. आदित्य पंचोलीः बलिउडका नायक आदित्य पंचोलीले पनि आफ्नो घरेलु कामदारमाथि बलात्कार गरेको आरोप थियो । यति मात्र होइन, उनीमाथि उनकी पूर्व प्रेमिका पूजा बेदीकी घरेलु कामदारमाथि पनि बलात्कार गरेको आरोप लागिसकेको छ । खबरका अनुसार उनले आफ्नी १५ वर्षीय घरेलु कामदारलाई फिल्ममा मौका दिने बहानामा उनीसँग शारिरिक सम्बन्ध बनाएका थिए । \"3३. इन्द्र कुमारः बलिउड नायक इन्द्र कुमारमाथि २३ वर्षीया एक मोडललाई बलात्कार गरेको आरोप लगाइएको थियो । उनीविरुद्ध वरसोवा पुलिस स्टेशनमा एफआरआई पनि दर्ता भएको थियो । बलात्कार हुने महिलाले आफू इन्द्रको प्रेमिका भएको ठोकुवा गर्दै इन्द्रले आफूलाई चुरोटले पोल्ने गरेको समेत बताएकी थिइन् । पछि पुलिसको छानबिनमा इन्द्र दोषी ठहरिएका थिए । \"4४. मधुर भण्डारकरः राष्ट्रिय पुरस्कार बिजेता निर्देशक मधुर भण्डारकरमाथि अभिनेत्री प्रिती जैनले बलात्कारको आरोप लगाइन् । जसका कारण पुलिसले उनलाई पक्राउ गर्यो । तर उनीविरुद्ध कुनै ठोस् प्रमाण फेला नपरेका कारण उनलाई अदालतले छोडिदियो । \"5५. अंकित तिवारीः फिल्म ‘आशिकी २’ को ‘सुन रहा हे’ गीतबाट अवार्ड जितने गायक अंकित तिवारीमाथि उनकै प्रेमिकाले बलात्कारको आरोप लगाइन् । अंकितकी प्रेमिकाका अनुसार उनले विवाहको प्रलोभन देखाएर उनीमाथि शारिरिक सम्बन्ध राखेको तर पछि विवाह गर्न उनले अस्विकार गरेका थिए । \"6६. सुभाष कपूरः नायिका गितिका त्यागीले निर्देशक सुभाष कपुरमाथि बलात्कारको आरोप लगाएकी थिइन् गितिकाले उनको घर गएर उनको श्रीमतीकै अगाडि उनलाई झापड हानिन् । उक्त भिडियो सोसल नेटवर्किङ साइटमा यो भिडियो पनि सेयर गरिन् । https://www.youtube.com/watch?v=S7SmP6FqlrE
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies