Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

चितवनको तिरो तिर्न धादिङ जानुपर्ने !

८ असार, रत्ननगर (चितवन) । सामान्यतः जुन जिल्लामा जग्गा छ, त्यही जिल्लामा जग्गासम्बन्धी कारोबार हुन्छ । तर, चितवनको केही गाउँका बासिन्दाले भने अर्कै जिल्लामा जग्गाको तिरो तिर्दै आएका छन् । चितवनको विकट काउले गाविसका विभिन्न गाउँमा यस्तै बाध्यता रहेको छ । पटकपटक आग्रह गर्दा पनि सरकारले नमिलाइदिएको काउले– ९ बाँसपुरका खेमबहादुर गुरुङले बताए । उक्त गाउँमा १९ घरधुरी छन्, ती सबैले जग्गाको कारोबार धादिङ जिल्लाबाट गर्दै आएका छन् । २०३६ सालदेखिकै समस्या भए पनि अहिलेसम्म समाधान नभएकोमा स्थानीयवासी पीडित छन् ।

पञ्चायतकालमा अगुवा बनेका धनबहादुर गुरुङ र लीलाबहादुर बस्नेतकै कारण आफूहरु यस्तो समस्यामा परेको स्थानीयवासी बताउँछन् । \'उनीहरुको व्यक्तिगत रिसइबीले तिरो तिर्न धादिङ जानुपर्ने बाध्यतामा पारेको थियाे, अहिलेसम्म समाधान हुन सकेको छैन\'– स्थानीय सोमबहादुर गुरुङले भने– \'उ बेला गाउँलेलाई दुःख दिने नियतमा यस्तो गरिएको हो ।\' पञ्चायतकालमा हालीमुहाली गर्नेहरुको झगडाले नियतबस यस्तो गराइदिएको र अहिले दुःख आफूहरुले पाएको स्थानीय अगुवाहरु बताउँछन् । मतदाता नामावली चितवनकै छ, नागरिकता चितवनकै छ । भूमि पनि चितवनमै पर्छ । चितवनकै उम्मेदवारलाई उनीहरु भोट हाल्छन् । सबै काम चितवन जिल्लाबाटै हुन्छ तर जग्गा कारोबारमा भने धादिङ जानुपर्ने उनको भनाइ छ । \'हामीलाई साह्रै दुःख भो, सरकारले अाफ्नै जिल्लाबाट जग्गासम्बन्धी काराेबार हुने व्यवस्था मिलाइदिनुपर्यो\'– सोमबहादुरले भने । वर्षाैंदेखि स्थानीयको समस्या रहे पनि अहिलेसम्म समाधान हुन नसकेको काउले गाविसको स्वास्थ्य चौकीका इन्चार्ज धनकुमार खड्काले बताए । उनी भन्छन्– \'धादिङको सीमानामा पर्ने ती गाउँमा समस्या छ ।\' यहाँको बाँसपुर, गोगनपानी, भंगटेघारी, छापडाँडा, ठूलोपाखा र सिमलडाँडाका बासिन्दा जग्गाको कारोबार गर्न धादिङ पुग्छन् । यस क्षेत्रमा करिब दुई सय ५० घरधुरी रहेको अनुमान गाउँलेको छ । पटक पटक नेता आउँदा र सरकारी कर्मचारी आउँदासमेत नसुनेको भन्दै अब धर्ना बस्न जाने तयारी गरेको स्थानीयवासीको भनाइ छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies