Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चुलो बनाएरै मासिक १ लाखभन्दा बढी कमाइ !

\"Chulo\"८ असार, कञ्चनपुर । सुधारिएको चुलो बनाएर कञ्चनपुरको देखतभूली– ९ कटानकी लक्ष्मी चौधरीले मासिक रुपमा १ लाखभन्दा बढी कमाई गर्दै आएकी छन् ।

दुई वर्षअघि तालिम लिएर दक्ष बनेकी चौधरीले निरन्तर सुधारिएको चुलो बनाउने कार्य गर्दै आएकी छन् । सुधारिएको चुलो बनाउने कार्यमा संलग्न उनले प्रतिचुलो बनाएबापत घरधनीबाट १ सय ५०, नगरपालिका/गाविस कार्यालयबाट ३ सय र संस्थाबाट १ सय गरी ५ सय ५० रूपियाँ  रकम पाउँछिन् । दैनिक ५ देखि ८ वटासम्म सुधारिएको चुलो निर्माण गर्दै आएको उनले बताइन् ।

कञ्चनपुरका नगरपालिका र गाविसलाई धुवाँरहित घोषणा गर्ने सरकारी योजनाअनुरुप सबैले सुधारिएको चुलो राख्न थालेकाले काम गर्न भ्याइनभ्याई भएको उनी बताउँछिन् । सुधारिएको चुलो बनाउने तालिम नलिँदा घरकै काम गरेर बस्नुपरेको विगत कोट्याउँदै उनले भनिन्– “घरको चुलोचौकामै सीमित हुँदा कमाइ थिएन । श्रीमानले मजदुरी गरेर ल्याएको पैसाले जेनतेन परिवार पाल्नका लागि खर्च चलेको थियो ।”

चालीस वर्ष नाघेकी चौधरी सुधारिएको चुलो बनाउने तालिम लिँदा यतिको कमाई होला भनेर नसोचेको बताउँछिन् । “पहिला घरखर्च श्रीमानको मजदुरीबाट चल्थ्यो अब मेरै कमाइले चल्न थालेको छ । बचेको रकम बैंकमा जम्मा गरी पक्की घर बनाउने योजना छ” उनले सुनाइन् ।

हालसम्म कृष्णपुर, दैजी, पीपलाडी, देखभूलीमा गरी ६ सयभन्दा बढी चुलो निर्माण गरेको उनले बताइन् । उनीसँगै सुधारिएको चुलो बनाउने तालिम लिएका तीसभन्दा बढी महिलाले चुलो बनाएर यथेष्ट आम्दानी लिँदै आएका छन् । निर्माण गरिएको सुधारिएको चुलोको विशेषतासँगै चुलो चलाउने तरिकाका बारेमा समेत घरधनीलाई महिलाले बताउने गरेका छन् ।

थोरै दाउरा लाग्ने, छिटो खान पाक्ने, धुवाँ नआउने भएकाले स्थानीय बासिन्दाको रोजाइमा सुधारिएको चुलो परेको चुलो बनाउँदै आएकी मञ्जु चौधरीले बताइन्– “अनिवार्य रुपमा सबैले सुधारिएको चुलो बनाउन थालेकाले दक्ष चुलो, स्टोभ मास्टरलाई कमाई गर्ने अवसर जुरेको छ ।”

“सुधारिएको चुलो बनाउने तालिम लिएका महिलाले मासिक रुपमा पचास हजारदेखि एक लाखभन्दा बढी कमाई गर्न थालेकाले यसलाई पेसाकै रुपमा रोज्न पुगेका छन्” उनले भनिन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending