Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

सञ्चित कोष दुई खर्ब घाटामा

आम्दानी नौ खर्ब ६ अर्ब, खर्च १० खर्ब ९३ अर्ब
काठमाडौं । संघीय सरकारको सञ्चित कोष (ट्रेजरी) ठूलो घाटामा देखिएको छ। महालेखा नियन्त्रकको प्रारम्भिक प्रतिवेदनले आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारको ट्रेजरी अवस्था दुई खर्ब १० अर्ब रुपैयाँ घाटामा छ। सरकारको यथार्थ खर्चमा नगद मौज्दात भए पनि संघीय सरकारबाट तल्लो तहको सरकारमा फन्ड ट्रान्सफर भएपछि संघीय सरकारको खर्चमा देखिन्छ। ‘यो हाम्रो बजेटको लेखा प्रणालीमा समस्या पनि हो।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - दोहोरो एकाउन्टिङका कारण संघीय सरकारले तल्लो तहका सरकारमा फन्ड ट्रान्सफर गरेपछि ट्रेजरीमा ठूलो घाटा देखिन्छ’, पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले भने, ‘तल्लो तहका सरकारबाट रकम खर्च नभए पनि संघीय सरकारको भने खर्चमा देखिन्छ।’ संघीय सरकारले पनि राष्ट्र बैंकले तयार गर्ने नगद प्रवाहमा आधारित ब्यालेन्स हेरेर यस्तो घाटा पूर्तिमा चासो दिएको पाइँदैन। यस्तो घाटा पूर्तिका लागि संघीय सरकारले आन्तरिक ऋण उठाएर भए पनि पूर्ति गर्नुपर्छ। तर, अघिल्लो आर्थिक वर्षमा सरकारले अनुमान गरेअनुसार आन्तरिक ऋण उठाएन।

घाटा पूर्ति नगर्दा संघीय सरकारको बजेट घाटा उच्च देखिन्छ र नकारात्मक सन्देश प्रवाहित हुन्छ। ‘राष्ट्र बैंकले क्यास ब्यालेन्सलाई आधार मान्ने हो भने यो ठूलो समस्या भएन तर सरकार ठूलो बजेट घाटामा रहेको भन्दा नकारात्मक सन्देश प्रवाहित हुन्छ’, प्रधानले भने। महालेखा परीक्षक कार्यालयले भने संघले प्रदेशमा र प्रदेशले स्थानीय सरकारमा ट्रान्सफर गरेर खर्च देखाउने पद्धति नै गलत भएको बताएको छ। संघ र प्रदेशले ट्रान्सफर गरेकै आधारमा खर्च लेख्छन्। स्थानीय सरकार र प्रदेशले पनि विभिन्न कोष खडा गरेर त्यसमा रकम ट्रान्सफर गरेर खर्च देखाइदिने गरेको तर यथार्थमा खर्च नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

महालेखाको आइतबारसम्मको प्रतिवेदनअनुसार आयतर्फ सरकारको नौ खर्ब ६ अर्ब संकलन भएको छ। तर खर्चतर्फ १० खर्ब ९३ अर्ब रुपैयाँ भएकाले ट्रेजरी अवस्था ऋणात्मक बन्न पुगेको हो। यसमा दातृ निकाय सहयोगमा कार्यान्वयन भएका आयोजनामा दाताले ठेकेदारलाई दिएको सोझै भुक्तानी भएको रकम समावेश छैन। गत आर्थिक वर्षमा दाताबाटै ठेकेदारमा सोझै भुक्तानीबापतको रकम २४ अर्ब रुपैयाँ रहेको महालेखा नियन्त्रक स्रोतले जनाएको छ।

राजस्वतर्फ संघीय सरकारको सर्वसञ्चित कोषबाट प्रदेश र स्थानीय तहमा आन्तरिक अन्तःशुल्क र मूल्य अभिवृद्धि करको तीस प्रतिशत रकम ९स्थानीय र प्रदेशमा आधा–आधा० जम्मा हुने व्यवस्था छ।

आयतर्फ कुल राजस्व सात खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको छ भने वैदेशिक अनुदानमा २१ अर्ब सात करोड रुपैयाँ उठाएको उल्लेख छ। सोहीअनुसार कुल गैरवित्तीयतर्फको आय सात खर्ब ६० अर्ब रुपैयाँ संकलन भएको छ।

यस्तै खर्चतर्फ प्रदेश तथा स्थानीय तहका सरकारलाई हस्तान्तरण हुने रकम पनि यसमा समेटिएको छ। पुँजीगत, चालू ९वित्तीय हस्तान्तरण समेत० गरी सात खर्ब ४१ अर्ब रुपैयाँ खर्च भएको छ।

वित्तीय व्यवस्थाअन्तर्गत आन्तरिक ऋण भुक्तानी, वैदेशिक ऋण भुक्तानी, ऋण लगानी र सेयर लगानी गरेर एक खर्ब ४१ अर्ब रुपैयाँ खर्च देखिएको छ।

यसरी गत आर्थिक वर्षमा कुल १० खर्ब ९३ अर्ब रुपैयाँ खर्च भएको छ। विवरणअनुसार गत वर्षको संघीय सरकारको ट्रेजरी घाटा दुई खर्ब १० अर्ब रुपैयाँ छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE