आषाढ़ ९ गते, २०७२ बुधवार 24th June, 2015 Wed१४:०५:१८ मा प्रकाशित
९ असार, काठमाडौं । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले अडिसन सरेको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन सुरु हुने भएको छ । नेक्स्ट मोडल्स नेपालले मोडलिङ पेसालाई थप व्यवसायीक, एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्यले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगीताको पहिलो अडिसन आज ५ गते सम्पन्न भएको छ ।
काठमाडौँ आसपासका कुल द्दछण् भन्दा बढी सहभागीले सहभागिता जनाएका छन् । फेसन जगतका स्रस्टाहरु अन्र्तराष्ट्रिय डिजाइनर विश्व गौतम , कोरियोग्राफर रोजिन शाक्य , मिस नेपाल अर्थ २०१२ नगमा श्रेष्ठ, डा. आयुष्मान घिमिरे, सागर गुरुङ , मोडल तथा नायक बिष्णु अर्याल र फोटोग्राफर बिकाश रानाले तालिम चरण को लागि केहि प्रतिस्पर्धी छानिएको बताए । प्रतियोगिताको अर्को अडिसन असार १९ गते राजधानीमा आयोजना गरिने आयोजक नेक्स्ट मोडल्सले जानकारी गराएको छ ।
इन्डिया, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित सौदर्य प्रतियोगीता ‘मोडल हन्ट’ यस पटक नेपालमा पनि आयोजना गरिन लागिएको हो । नेपाली मुलका युवा युवतीहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तर्राष्ट्रिय स्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्ने उनको भनाई रहेको छ ।
१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवायुवतीहरुले प्रतियोगीतामा सहभागीता जनाउन सक्ने प्रावधान आयोजकले राखेको छ । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ ।
प्रतियोगीतामा शीर्षसहित आधा दर्जन उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको बिजेताले नगद १ लाख रुपैयाँ, चलचित्रका लागी मुख्य अभिनेता वा अभिनेत्रीको अवसर, केही म्युजिक भिडियो, विज्ञापन चलचित्र अभिनय अवसरका साथै अन्तर्राष्ट्रिय प्रतियोगीतामा भाग लिने अवसर पुरस्कारका रुपमा जित्न सक्नेछन् । प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउन २३ गते राजधानीमा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: