Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कीर्तिपुरका सम्पदाको क्षतिबारे वृत्तचित्र

\"kirtipur\"१० असार, काठमाडौं । कीर्तिपुर क्षेत्रमा भएका ऐतिहासिक सम्पदाहरुको क्षति सम्बन्धमा विस्तृत प्रतिवेदन एवम् वृत्तचित्र तयार गरिने भएको छ । काठमाडौंको प्राचीन बस्तीका रुपमा रहेको कीर्तिपुर क्षेत्रमा मल्लकालीन समयमा निर्माण गरिएका धेरै सम्पदाहरु भूकम्पले क्षतिग्रस्त भएपछि पर्यटन सूचना केन्द्र, कीर्तिपुरका तर्फबाट प्रतिवेदन र कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका तर्फबाट वृत्तचित्र तयार गर्न लागिएको हो । पर्यटन सूचना केन्द्र कीर्तिपुरका सचिव वीरेन्द्र शाक्यका अनुसार केन्द्रले कीर्तिपुर क्षेत्रमा क्षति भएका सम्पदाहरुको स्थलगत अवलोकन गरी त्यस सम्बन्धमा विस्तृत प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन लागिएको जानकारी गराउँदै उनले उक्त प्रतिवेदन सम्पदाको पुनःनिर्माणका लागि पुरातत्व विभागमा बुझाउने जानकारी गराए । भूकम्पको क्षति सम्बन्धमा कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजले कीर्तिपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको डकुमेन्ट्री तयार गरेको समाजका अध्यक्ष विजय महर्जनले जानकारी गराए । उनका अनुसार उक्त डकुमेन्ट्री चाँडै नै पुरातत्व विभाग तथा अन्य सम्बद्ध संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा प्रदर्शन गरिने छ । पर्यटन सूचना केन्द्र कीर्तिपुरका सचिव शाक्यका अनुसार भूकम्पले मल्लकालीन समय र त्यसभन्दा पनि अघि निर्माण भएको मानिने चोभारस्थित आदिनाथ मन्दिर, कीर्तिपुर डाँडाको चिलञ्चो विहार, उमामहेश्वर मन्दिर, पाँगाको नारायण मन्दिर, चोभारको जलविनायक मन्दिरलगायतका सम्पदामा क्षति पु¥याएको छ । आदिनाथ मन्दिरका टुँडालहरु खसेका छन् भने मन्दिरको पर्खाल चर्केको छ । काठमाडौंका चार विनायकमध्येको जलविनायक मन्दिर पूर्वतर्फ केही ढल्केको छ । भूकम्पले ती मन्दिरमा भौतिक संरचना क्षतिग्रस्त भएपनि त्यहाँको नियमित पूजा भने निरन्तर रुपमा चलिरहेको छ । भूकम्पले कीर्तिपुर डाँडामा अवस्थित अशोककालीन चिलञ्चो विहारमा क्षति पु¥याएको छ । विहारस्थित स्तुपाको मुखाकृति बिग्रेको छ भने चैत्य अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको छ । कीर्तिपुरडाँडाकै मल्लकालीन उमा महेश्वर मन्दिर, देय पोखरी अगाडिको नारायण मन्दिर भूकम्पले भत्काएको छ । बाघभैरव मन्दिरमा पनि आंशिक क्षति पुगेको छ । कीर्तिपुर नगरपालिका वडा नं ५ पालिफलमा मल्लकालीन महादेव मन्दिर, त्रिभुवन विश्वविद्यलाय परिसरस्थित शिवालय मन्दिरको सत्तललाई पनि भूकम्पले बाँकी राखेन । भूकम्पका कारण चम्पादेवीस्थित चम्पादेवी पाउ मन्दिरको मुख्य प्रवेशद्वार भत्कन पुगेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले जानकारी गराए । भूकम्पले केही सम्पदामा क्षति पारेपनि धेरै क्षति नभएको र यहाँबाट उपत्यकाको दृश्यावलोकनका लागि आउने पर्यटकको सङ्ख्या केही दिनयता क्रमिक रुपमा बढ्दै गएको स्थानीयवासी बताउँछन् । भूकम्प गएसँगै केही दिन पर्यटकको आगमनको क्रम शून्यप्रायः भए पनि पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटकको आगमनको क्रम दिनप्रतिदिन बढ्न थालेको स्थानीयवासी रमेश बज्राचार्यले जानकारी गराए । अवलोकन भ्रमणका लागि कीर्तिपुर क्षेत्र भूकम्पअघिकै जस्तो सुरक्षित रहेको उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies