Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

१६ बुँदेबाट किन पछि हट्दैछन् गच्छदार ?

\"INDIA-NEPAL-DIPLOMACY\"१० असार काठमाडौं ।  मधेसी राजनीतिका चतुर खेलाडी विजय गच्छेदार यतिबेला गुमनाम छन् । मधेसमा अस्ताउँदै गरेको राजनीतिक प्रभाव र एक्लीदै गएका उनी अहिले मिडयामा अक्सर मात्रै देखिन्छन् । दलहरुबीच भएको १६ बुँदे सहमतिमा हस्ताक्षेर गरेका उनी पछिल्लो समय सोही सहमतिको करेक्सन गर्नुपर्ने तर्क गर्न थालेका छन् । बुधबार चारदलबीच भएको छलफलमा उनले संविधान निर्माण अघि नै नामांकन र सिमांकन गरि संघीयताको विषय टुङ्ग्याउनु पर्ने तर्क गरे । दलहरुबीचमा गत जेठ २५ गते मध्येरातमा   सिंमाकनका लागि  संघिय आयोग गठन गरी नामांकन प्रदेश सभाबाट गर्ने गरी आठ प्रदेशमा सहमति भएको थियो । सो सहमतिमा उनी आफैले हस्ताक्षेर समेत गरेका थिए ।  तर गच्छदारले बुधबारको बैठकमा भने सिमांकनको टुङ्गो लगाएर जाँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतमा रहेको असन्तुष्टी समाधान हुने तर्क गरेका थिए । उनले यसो भन्नुको कारण उनी मधेसको राजनीतिमा एक्लीएको महसुश सहितको अभिव्यक्ती थियो भन्न थालिएको छ । तर उनको भनाईलाई शिर्ष नेताहरुले गम्भिरतापूर्वक नलिएपछि सो विषयमा छलफल नै हुन पाएन । यसरी आफैले हस्ताक्षेर गरेको सहमतिलाई घुमाउरो तरिकाले विरोध गर्न थालेका गच्छदारको पछिल्लो गतिविधि प्रति विभिन्न आशंकाहरु हुन थालेको छ । दक्षिणी तर्क दलहरुबीच भएको १६ बुँदे सहमतिको भारतले खुलेरै विरोध गरिरहेको छ । खासगरि भारतीय चहानामा चल्ने मधेस केन्द्रीत दलहरुलाई उसले प्रयोग गरिरहेको छ । पछिल्लो समय सर्वोच्च अदालतले १६ बुँदे कार्यान्वयन नगर्न दिएको फैसालालाई समेत कतिपयले भारतीय चलखेलको चस्माले हरिरहेका छन् । गच्छदारलाई भारत निकट मधेसी नेता मानिन्छ । बुधबारको चारदलको बैठकमा गच्छदारले भारतीय प्रस्ताव राखेको केही मधेसी नेताकै तर्क छ । ‘पछिल्लो समय १६ बुँदेमा हस्ताक्षेर गरेपछि गच्छदार प्रति भारत रुष्ट छ’, एक मधेसी बुद्धिजिवि भन्छन्, ‘रुष्ट बनेको भारतको चित्त बुझाउने कोसिसमा उनले यस्तो प्रस्ताव गरेका हुन्  ।’ मधेसमा धराप बन्दै उनको राजनीति गच्छदारको मोर्चामा यतिबेला चार दल छन् । अनिल झा नेतृत्वको सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र  सरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय समाजवादी पार्टी उनको मोर्चामा छन् । उनीहरु संख्यात्मक हिसाबले बलियो भएपति मधेस मुद्दामा निकै कमजोर छन् । उनीहरुबीच केही दिन अघि चार दलबीच भएको १६ बुँदे संझौताको विषयमा छलफल भएको थियो । सो छलफलमा संघियताको विषय टुङ्ग्याउन बन्ने आयोग र संविधानसभाको समयअवधि एकै साथ सकिनुपर्ने निष्कर्ष निस्केको थियो । छलफलमा सिमांकन र नामांकनलाई टुङ्ग्याएर मात्रै संघियतामा जानुपर्ने नत्र मधेसमा मोर्चाको अस्तित्व बारे प्रश्न उठ्ने निष्कर्ष निकालिएको थियो । संविधानसभामा मधेस केन्द्रित दलमध्ये संख्यात्मक हिसाबले बलियो भएपनि उनी एक्लो छन्   । पछिल्लो समय उनको पक्षमा बोल्ने बुद्धिजीवी वा पत्रकार समेत भेटिदैनन् । लामो समय मधेस केन्द्रित दलबारे कलम चलाउँदै आएका एक पत्रकार गच्छदार मधेस मुद्दामा निकै कमजोर बनेको निष्कर्ष सुनाउँछन् । ‘मुद्दाका हिसाबले उपेन्द्र यादव निकै बलिया पनि छन् । उनको प्रभाव पनि मधेसमा धेरै छ ।’ उनी भन्छन्, ‘ विजय गच्छदारको मधेसमा प्रभाव नै छैन ।’ अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल बीचको एकताले गच्छदालाई झनै कमजोर बनायो  । संविधानसभामा पाँचौं शक्तिमा रहँदै आएका गच्छदारको मोर्चालाई चुनौती दिँदै संख्यात्मक हिसाबले समेत उपेन्द्रले जितेपछि उनी यतिबेला नयाँ मोर्चा बनाउने कसरतमा छन् । त्यसो त उनलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत निष्काशन गरिसकेको छ । चार दलबीचमा भएको सहमतिमा हस्ताक्षेर गरेका भन्दै मोर्चाले गत जेठ २७ गते  उनलाई मोर्चाबाट हटाएको थियो । उनको पछिल्लो प्रस्तावलाई  मधेसी मोर्चामा पुन घुस्ने योजनाको रुपमा समेत मधेसी नेताहरु नै बताउँछन् । ‘मधेसी मोर्चाबाट एक्लीएपछिको प्रस्ताव हो त्यो ।’ एक नेता भन्छन्, ‘ प्रस्ताव गरेजस्तो गरेर ठिक्क पारेर उनी मधेसी मोर्चा ताक्दैछन् ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy