Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यहाँ पुरुषहरु लगाउँछन् बुर्का, महिला गर्छन् राज

\"veil\"११ असार, नाइजेरिया । महिला अधिकारको विषयमा जहाँ आधुनिक समाजमा अहिले पनि बहस चलिरहेको छ त्यहि सहाराको रेगिस्तानमा बस्ने तुरेज मुस्लिम आदिवासी महिलाहरु निकै आनन्दले जीवनयापन गरिरहेका छन् । यहाँ पुरुषको तुलनामा महिलाहरुलाई सबै आवश्यक अधिकार दिइएको छ । उनीहरु पैतृक सम्पत्तिको बराबर हकदार हुन्छन् । तुरेज आदिवासी शताब्दिदेखि उत्तर–अफ्रिका रेगिस्तानमा आफ्नो दैनिकी गुजारा चलाइरहेका छन् । आधुनिकताको नाममा उनीहरुसँग केही पनि छैन । न सडक, न बिजुली  न त ठूला–ठूला बिल्डिङ । तर यहाँका मुस्लिम पुरुषहरुको सोच आधुनिक शहरमा बस्ने पुरुषहरुको भन्दा निकै उच्च स्तरको छ । पुरुषको लागि बुर्काः उनीहरुले यस्ता थुप्रै तरिका अपनाएका छन् जुन साधारण  मुस्लिम समाजमा देख्न पाइँदैन । यहाँ पुरुषहरु आफ्नो अनुहार ढाक्छन् जबकी महिलाहरु खुलेआम घुम्छन् । पुरुषहरु भन्छन्, ‘महिला राम्रा हुन्छन् त्यसकारण हामी उनीहरुको रुप हेर्न मन पराउँछौं । ’ यहाँ पुरुषका साथै महिलाको आफ्नै टेन्ट र पशु हुने गर्दछ । छोरीको सम्बन्धबिच्छेद पछि हुन्छ पार्टीः साधारण समाजको ठिक उल्टो छोरीको सम्बन्ध बिच्छेद पछि आमा–बुवा दुखी हुनुको साटो ‘डिभोर्स पार्टी’ मनाउँछन् । विवाह पहिले नै को सँग के हुन्छ भनेर निश्चित गरिन्छ त्यसकारण डिभोर्स भएपछि पनि उनीहरुबीच विवाद हुँदैन । छोराछोरी महिला सँगै रहन्छन् । पुरुषहरु आफ्नै घर फिर्ता हुनुपर्छ । सम्बन्धविच्छेद पनि पुरुषसँग ऊँट मात्र हुन्छ । पैतृक सम्पत्तिमा हकः यो आदिवासी जाती पछिल्लो एक हजार वर्षदेखि सहारामा फिरन्ते जीवन बिताएर जीवनयापन गरिरहेका छन् । महिलाले पैतृक सम्पत्तिमा बराबरीको हक प्राप्त गर्छन् । विवाह पछि पनि महिला आफ्नो बुवाको सम्पत्ति राख्न सक्छन् । धेरैजसो महिलाहरुको विवाह २० वर्ष पछि नै हुन्छ । आइएसको डरः यो समूदायको जीवन जनावरमा नै निर्भर हुने गर्दछ । जनावरको दुध, मासुको उनीहरु ब्यापार गर्ने गर्दछन् । यहाँका महिलाहरु राजनीतिक पार्टीको सभामा पनि जाने गर्दछन् । यद्यपी, उनीहरु कुनै पनि राजनीतिक गतिविधिको हिस्सा छैनन् । पुरुषहरु आफ्नो घरमा आफ्नी आमा र श्रीमतीसँग बिचार–विमर्श गर्छन् । यद्यपी, यो इलाकामा पनि उग्रवादी इस्लामिक संगठनले आफ्नो पाइला टेक्न सुरु गरिसकेका छन् । मालीमा बस्ने तुरेज आदिवासीहरुलाई आइएसआइएससँग डर छ भने उत्तरी नाइजेरियामा आदिवासीहरुलाई बोको हरामको खतरा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies