Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बलिउडका जोडीः पहिले एकअर्काबिना बाँच्नै सकेनन्, पछि एकअर्कासँगै बाँच्न सकेनन्

\"1११ असार, नयाँ दिल्ली । बलिउड जोडीको प्रेम कहानी सुन्नमा निकै रोचक लाग्छ। यिनीहरु पनि साधारण मानिसहरुजस्तै भेट्छन्, आँखा जुध्छ, नजिक हुन्छन्, उनीहरुबिच प्रेम हुन्छ र अन्त्यमा विवाह । सबैकुरा ठिक चलिरहेकै हुन्छ तर हरेक मानिसहरु जस्तै उनीहरुको ‘ह्याप्पी इन्डिङ’ हुँदैन । आज हामी तपाईंलाई बलिउडका यस्ता जोडी बारे बताउँदै छौं जो धेरै वर्षसम्म विवाहित भए तर अन्त्यमा सम्बन्ध बिच्छेद भयो । उनीहरु अलग भएको कुराले उनका परिवार, आफन्त, साथीभाइमात्र दुखी भएनन्, उनीहरुका प्रशंसकहरु पनि उनीहरु छुटेको खबरले दुखी भए । आखिर कसले पो चाहन्छ र, एक अर्काका लागि बनेका जोडी एक–अर्कासँग छुट्टिएको हेर्न । आउनुहोस्, थाहा पाऔं, यस्ता कुन जोडी हो जसले सम्बन्धबिच्छेद गरेर एकअर्काबाट टाढा भए । \"1१. करिष्मा कपुर र सञ्जय कपुरः करिष्माले सन् २००३ मा व्यवसायी सञ्जयसँग विवाह गरेकी थिइन् । सञ्जयले आफ्नी पहिलो श्रीमतीसँग सम्बन्धबिच्छेद गरेर करिष्मासँग विवाह गरेका थिए । तर उनीहरुको विवाह धेरैदिनसम्म टिक्न सकेन र ११ वर्षपछि सन् २०१४ मा दुबै एकअर्काबाट छुट्टिए । करिष्मा र सञ्जयका दुई सन्तान, छोरी समायरा र छोरा कियान छन् । करिष्माले सम्बन्धबिच्छेद पछि आफू र आफ्नो बच्चाहरुको जीवनको लागि ७ करोड रुपैयाँको माग गरेकी थिइन् । \"2२. ऋतिक रोशन र सुजैनः ऋतिक र सुजैनलाई बलिउडका पर्फेक्ट कपलको रुपमा हेरिन्थ्यो । सन् २००० मा ऋतिक र सुजैनको विवाह भएको थियो । उनीहरुका दुई छोराहरु रेहान र रिदान छन् । तर उनीहरुको सम्बन्धको अन्त्य पनि त्यति राम्रो भएन । सन् २०१३ मा ऋतिक र सुजैनले आफूहरु सम्बन्धबिच्छेद गर्ने कुरा सोसल मिडियामार्फत साझा गरेका थिए । र सन् २०१४ मा उनीहरु अलग भए । मिडियाको खबर मान्ने हो भने सुजैनले एलिमिनीको रुपमा ऋतिकबाट ४ सय करोड मागेकी थिइन् । यी दुबैको प्रेम कहानी कुनै फिल्मको लभस्टोरीभन्दा कम छैन । दुबै भेटे, प्रेम भयो, विवाह गरे र जिन्दगीको एक मोडमा अलग भए । \"3३. आमिर खान र रिना दत्ताः आमिर खान र रिना दत्ता बाल्यकालका साथी हुन् । रिना आमिरको हरेक सुख–दुखमा साथ हुन्थिन् । सन् १९८६ मा दुबैले विवाह गरे तर धेरै दिनसम्म यो कुरा सबैसँग लुकाएर राखेका थिए । अन्त्यमा दुबैले सन् २००२ मा अलग हुने निर्णय लिए । आमिर–रिनाका दुई बच्चा छन् – जुनैद र इरा । दुबै रिनासँग बस्छन् ।   \"4४. सेफ अली खान र अमृता सिंहः अमृता सेफभन्दा १२ वर्ष जेठी थिइन् तर उनको प्रेममा सेफ यति धेरै लुप्त भए कि उमेरको पर्वाह नगरि उनीसँग विवाह गरे । १३ वर्ष सँगै बसिसकेपछि दुबैले एक–अर्कासँग अलग हुने निर्णय लिए । सेफ र अमृताका दुई बच्चा छन् – सारा र इब्राहिम । मिडियाका अनुसार उनीहरु अलग हुनुका कारण सेफ इटालियन मोडल रोजासँग नजिक हुनु थियो ।   \"5५. चित्रांगदा सिंह र ज्योती रंघावाः चित्रांगदाले सन् २००१ मा रंधावासँग विवाह गरिन् तर उनको यो सम्बन्ध धेरै दिनसम्म टिक्न सकेन र सन् २०१४ मा दुबै एक–अर्काबाट अलग भए । चित्रांगदा र रंधावामा एक छोरा, जोरावर छन् जो चित्रांगदासँग बस्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies