Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

मनास्लु पदमार्गका सबै होटल बन्द

\"manaslu\"१२ असार, गोरखाबजार । आन्तरिक तथा विदेशी पर्यटकको आवागमन ठप्प भएपछि गोरखाको मनास्लु पदमार्गको दायाँबायाँ खुलेका सबै होटल बन्द भएका छन् । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि मनास्लु पदमार्गमा पर्यटक छैनन् । भूकम्प गएको दुई महिना बितिसक्दा पनि अबरुद्ध मनास्लुको पूरा बाटो अझै खुलाउन सकिएको छैन । थुमी गाविसको सोती बजारदेखि सिर्दिवास गाविसको फिलिम बजारसम्म पहाडका ढिस्काहरू झरेर अवरुद्ध गोरेटो बाटो खुलाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा बाटो खुलाएको हो । डेढ महिना लगाएर सयौँ पहिरो पन्छाएपछि गोरेटो बाटो बनाउन सकिएको सिर्दिवास–१ सल्लेरीका राजकुमार गुरुङले जानकारी दिए । सोती बजारदेखि सिर्दिवाससम्मको मनास्लु पदमार्गको वैकल्पिक मार्गको रुपमा केरौजा हुँदै गोरेटो बाटो खोलिएको हो । यो बाटोमा होटलहरू छैनन् । ‘लापु गाविसको लापुवेसी, माछाखोलाको तातोपानी क्षेत्रमा झरेको ठूलो पहिरो हटाउन नसकेपछि वैकल्पिक मार्ग खोलेका हौँ’ गुरुङले भने, ‘मनास्लु पदमार्ग अवरुद्ध छ । तर, सिर्दिवाससम्म नयाँ बाटो खोलेका छौँ ।’ लापुवेसी, माछाखोला, तातोपानीदेखि सिर्दिवासको जगतसम्म करिब ८० वटा होटल सञ्चालनमा थिए । ‘पदमार्गको दायाँबायाँ खुलेका अधिकांश होटल भत्केका छन्’ गुरुङले भने, ‘होटल व्यवसायी त्रिपालमुनि बसेका छन् ।’ खच्चड हिड्ने, मानिस आवतजावत गर्ने बाटा पहिरोले अवरुद्ध भएपछि नभत्किएका होटलमा पनि खाद्यान्नलगायत सामग्री छैन । सिर्दिवासका होटल व्यवसायी कुमारी गुरुङले भने, ‘पदमार्गको वैकल्पिक बाटो खुलेपनि जोखिम मलेर हिड्नुपर्छ ।’ पहिरो पन्छाएर खुलाइएको बाटोमा साथीलाई राखेर बाटो पार गर्नुपर्ने अवस्था रहेको कुमारीको भनाइ छ । पछिल्लो समय पर्यटकको चाप बढ्दै गएपछि मनास्लु पदमार्ग छेउ करोडौँ लगानीमा ठूला होटल सञ्चालनमा आएका थिए । आरुघाटबजारदेखि थुमीको आर्खेतबजार, सोतिबजार, लापुवेसी, माछाखोला, तातोपानी, जगत, फिलिम क्षेत्रमा सानाठूला होटल सञ्चालनमा थियो । यी होटलहरूमा पर्यटकहरू भरिभराउ हुन्थे । अन्नपूर्ण पदमार्गमा सडक सञ्जाल पुगेपछि पदयात्रीहरूको रोजाइमा मनास्लु पदमार्ग परेको थियो । मनास्लु पदमार्गमा कतैपनि सडक पहुँच छैन । बिही, प्रोक, ल्हो, छेकम्पार, सामागाउँ क्षेत्रमा सञ्चालनमा रहेका होटलहरू पूर्णरुपमा बन्द छन् । सामागाउँ गाविसमा हालै सञ्चालनमा आएको रु चार करोड लगानीमा बनेको ठूला होटलहरूमा पनि पाहुना छैनन् । होटलको सञ्चालक लक्ष्मी लामाले भने, ‘स्थानीयको घर भत्केको छ । जस्तापाता र खाद्यान्नको पर्खाइमा छन् । यस्तो बेला होटल चल्ने कुरै भएन । विदेशी पर्यटक कोही छैनन् । नेपाली सेना र सशस्त्रको टोलीलाई सामागाउँसम्मको बाटो खुलाउन त्यसतर्फ खटाएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताए । सेना, सशस्त्रको टोलीले नै यसअघि फिलिमसम्मको वैकल्पिक मार्ग खुलाएको थियो । ३१ जना सशस्त्र र ४० जनाभन्दा बढी सेनाको टोली अवरुद्ध सिर्दिवास क्षेत्रमाथिका पदमार्ग खुलाउन परिचालन गरिएको छ । बर्सेनि पर्यटक आवागमन बढेपछि आर्थिक क्षेत्र बलियो हुँदै गएको सम्भावना देखेर सञ्चालनमा रहेका होटलहरू अहिले बन्द हुँदा व्यवसायी र होटल मजदुर मारमा परेका छन् । पदमार्गमा रहेका १५० बढी होटलमा पाँच सयभन्दा बढी होटल मजदुर कार्यरत छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending